मेडिकेड कार्यक्रम अमेरिकी सरकारले जनतालाई दिएको एक प्रकारको सुविधा हो। मेडिकेड कार्यक्रमले न्युन आय भएका परिवारका साथै परिवारका बालबच्चा र अपांग व्यक्तिलाई औषधोपचारमा सहयोग गर्छ। यो सुविधाअन्तर्गत तपाईले नगद पाउने हैन। नगद तपाईको स्वास्थोपचार गर्ने संस्था वा व्यक्तिमा सिधै जान्छ।

यो सुविधासम्बन्धी नियम राज्यपिच्छे भिन्नै हुनसक्छन्। सिंगो राष्ट्र र राज्यले यो सुविधाको व्यवस्था गर्छ भने सुविधा कसरी दिने भन्ने निर्णय राज्यले गर्छ। यो सुविधा चाहने परिवारले केही नियम पुरा गर्नुपर्छ। यो सुविधा पाउन तपाईसँग सोसल सेक्युरिटी नम्बर, तपाई अमेरिकी नागरिक वा त्यसै बराबरको मान्य व्यक्ति हुनुपर्छ। कसले कसरी सहायता पाउँछ?

बालबच्चा सम्पादन गर्नुहोस्

बालबच्चालाई यो सुविधा उनीहरूको अवस्था हेरेर दिइन्छ, बाबुआमाको अवस्था हेरेर होइन।

गर्भवती र सुत्केरी सम्पादन गर्नुहोस्

तपाई गर्भवती हुनुहुन्छ भने यो सुविधा पाउनुहुन्छ। बच्चा जन्मेपछि आमा र बच्चा दुवैलाई सुविधा दिइन्छ।

वृद्ध, दृष्टिविहिन र /वा अपांग सम्पादन गर्नुहोस्

६५ वर्षभन्दा बढीको, दृष्टिविहिन र/वा अपांग हुनुहुन्छ र आम्दानी कम छ भने यो सुविधा पाउन निवेदन दिन सक्नुहुन्छ।

दीर्घरोगी हुनुहुन्छ र अस्पतालकै सेवा लिनु पर्नेछ भने पनि यो सुविधाका लागि निवेदन दिन सक्नुहुन्छ।

घरमै उपचार चाहिने वा सामुदायिक स्याहार पाउन योग्य वृद्ध, दृष्टिविहिन र/वा अपांग हुनुहुन्छ भने निवेदन दिन सक्नुहुन्छ।

मेडिकेडका निम्ति तपाईँ योग्य हुनुहुन्छ भने तपाईँको परिवारका सबै योग्य सदस्यले स्थायी मेडिकेड परिचयपत्र पाउनुहुनेछ। उक्त कार्ड सुरक्षित स्थानमा राख्नुपर्छ।