मुन्धुम "मनदार" मुन्धवाम [१] याकथुङ (लिम्बु) तथा अन्य किरात जन्य जातिहररुको ब्रह्माण्ड-विश्व तथा जीवन दृष्टिकोण लगायत धर्तीमा मानव जीवनका सबै पक्षहरूको ज्ञानगुनहरूको संग्रह हो । मुख्यरुपमा मुन्धुममा १) ब्रह्माण्ड-विश्व र जीवन दृष्टिकोण तथा दार्शनिक पक्षहरू रहेकाछन्, २) ब्रह्माण्ड-विश्व र जीवन दृष्टिकोण तथा दार्शनलाई जनजीवनमा कार्यान्वयन गर्ने या दैनिक प्रचलनमा भनिने सुनिने कथा(भाश्य)हरू यसमा निहित रहेका छन्, ३) जन्मदेखि मृत्यू सम्मको जीवन चक्रका बिभिन्न चरणहरू(विवाह, गर्भ रहँदा, ऋृतू अनुसार र मर्दा) याकथुङ लगायत किरात जातिले सम्पादन गर्ने कर्मकाण्डहरू र तिनका विधीविधानहरू यसमा संग्रहित छन्, ४) परिवार, समाज र नातागोता व्यवस्थापन गर्ने नियम-संहिताहरू यसमा तोकिएकाछन्, ५) शारिरिक र मानसिक रोगव्याधीको उपचार (जडीवुटीको प्रयोग गरेर, उचित खानेकुरा खाएर, देवीदेउतालाई फकाएर र भूतप्रेत या लागुहरूलाई फेदाङबा-माङदेम्बा (धामी-झाँक्री जस्तै) लगाएर मन्साउँने-फकाउँने पन्साउँने गरी मानसिक उपचार गरेर) गर्ने विधीविधान र प्रकृयाहरू, आदि आदिका ज्ञानगुन, वीधिविधान, प्रकृया तथा प्रणलाीहरू मुन्धुममा संग्रहित रहेकाछन् । मुन्धुम पहिले मौखिक परम्परामा बाँचेकोले समय अनिसार फेरबदल तथा थपथाप गर्दै नयाँ नयाँ ज्ञानगुन र विधीहरू समाजले नै अध्यावधिक गर्दै सुधार गर्दै ल्याएको र मौखिक परम्परामा बाँचेको हुनाले स्थान र ठाउँ अनुसार थोरबगुत विविधता सहित याकथुङ लगायत किरात जन्य समाजहरूमा कायम रहेको छ । जसलाई पछिल्लो समयमा (विशेष गरेर ईमानसिंह चेम्जोङ र वैरागी काइँला लगायत जस्ता संकलकहरूको प्रयासले) लिखित रुपमा सबै पक्षका मुन्धुमहरू अभिलेखिकरण गरिँदै आएको छ । याकथुङ लगायत किरातजन्य जातिहरूको मुन्धुम कुनै एक लेखकले लेखेको नभएर सभ्यताको सुरुदेखि जनजनको अनुभवहरू संग्रहित गरिएको लोक साहित्य पनि हो, सामाजिक संबिधान र समाजिक ऐन-कानुन पनि हो, तेस्ते जीवन-परिवार-समाज-नातागोता व्यवस्थापनको नियम विधान-संहिता-विनियम पनि हो र उपचार तथा आचारविचार समेतको विधीविधान संग्रह हो । यसरी, मुन्धुम जनजनले अनुभवको आधारमा विकास गरेको शास्त्र हो जसले फेरि जनजनकै जीवन व्यवस्थापन गर्ने निर्देशिकाको काम गर्दछ । अहिलेको अर्थमा सन्सारका सबैभन्दा महत्वपूर्ण प्राचीन कालका र नेपाल देशको जग बसाल्ने सभ्यता (ब्राह्मणहरूको विदेह, क्षेत्री शाक्यहरूको कपिलवस्तु, सिन्जाखोला र जुम्लाका खस र काठमाण्डूको किरात सभ्यताहरू) मध्ये एक प्राचीन काठमाण्डूको किरात सभ्यताको तथा हाल नेपालको पहिचानको तत्वहरू मध्ये एक रहेको मौलिक सम्पदा हो - मुन्धुम ।

मुन्धुम बिरुपक्ष्य किरातेश्वर महादेव पशुपतिनाथ
झाँक्री
उधौली

थुन्ग्सप मुन्धुम सम्पादन गर्नुहोस्

थुन्ग्सप मुन्धुम - एकत्रित, संरक्षित र लेखन को कला को रूप मा मुंह र लोकगीत को शब्द द्वारा पारित गरियो छ । यो एक महाकाव्य बनाइएको थियो र सामसा, धार्मिक कविहरू र बार्डहरूले गीतहरूको रूपमा पढे। शुरुमा किरात पुजारीहरूले सामसा भन्निछ जहाँ समले गीत र बा भनेको अर्थ (एक पुरुष) सम भुझिन्छ। [२]

पेय्सप मुन्धुम सम्पादन गर्नुहोस्

पेय्सप मुन्धुम धर्मको बारेमा एक लिखित पुस्तक हो। यो चार भागहरु - सोक्सोक मुन्धुम, यहांग मुन्धुम, साम्जी मुन्धुम र साप् मुन्धुममा विभाजित छ। सोक्सोक मुन्धुम ब्रह्माण्डको निर्माण को कथाहरू, मानिसजाति को शुरुवात, पाप को कारण र प्रभाव, दुष्ट आत्माहरू सृष्टि, जस्तै ईर्ष्या, ईर्ष्या र क्रोध र मृत्यु को कारण र प्रभाव को बुद्ध आत्माहरू बचपन।

यहाङ्ग मुन्धुमले मानवजातिको पहिलो नेताको कथा समावेश गरेको छ जसले मानव जीवनलाई जीवित जीवनको चरणबाट प्रबुद्ध जीवनको लागि र आध्यात्मिकतामा दर्शन प्रदान गरेर उनीहरूलाई नियन्त्रण गर्ने माध्यमबाट सुधार गर्न कानुन बनाएको छ। यस पुस्तकमा, नेताले विवाह, मध्यस्थता, शुद्धीकरण र धर्मको नियम बनाएका छन्। मानव जातिको विनाशको कथा एक सजावट र किरात मानिसहरूको बीचमा धेरै भाषाहरूको अस्तित्वको कारण, परमेश्वरको उपासना गर्न मौसमी पूजाको सामाजिक परम्परा, बाल जन्म र शुभकामनामा मृत्युका नियमहरु लाई लिम्मोहंग मुन्दुममा उल्लेख गरिएको छ। [३] किरात भाषामा "बेत" बित अनुसार लिम्बू जातिले मुन्धुम, सुनुवारले मुग्दार "मुग्दुम्व", याक्खाले मुन्तुम र राई जातिले सामान्यतया वान्तावा, चाम्लिङ र लोहोरुङ मुन्दुम भन्छन्। राईभित्रका अन्यभाषी जस्तै पुमाले मुत्दुम, याम्फुले मिन्दुम, कुलुङले रिद्दुम, दुमी, साम्पाङ, मेवाहाङले मुद्दुम भन्छन्। जे भए पनि यी शब्दको मूल चाहिँ क्रि मूलको शब्द ‘मुन्थुम’ लाई मानिँदै आएको छ, जसको अर्थ ‘अन्धकारलाई पोको पार्नु वा अज्ञानतालाई हटाएर ज्ञानको उज्यालो ल्याउनु’ हो। मुन्दुम एक आध्यात्मिक लय र शास्त्रीय रूप हो। मुन्धुम धर्मी र स्वास्थ्य र शिक्षा एक विशेष किरात धार्मिक गुरु या किरात को " कुल सम" मुल-नासु "कुल किर (क्रि)" गुरु द्वारा प्रयोग गरिन्छ। मुन्दुम धेरै पुरातन देशी किट भाषा र लयमा लेखिएको छ[४]। मुन्धुम अध्ययन गर्न व्यक्तिले लिम्बु , याखा, सुनुवारराई आदि जातिको किरात भाषाको अध्ययन गर्नु पर्छ। मुन्दुमले पृथ्वीमा उत्पत्ति भएका चीज बस्तु जस्तै, हावा, पानी, आगो, जीवन, औषधि, ईश्वर, अनुष्ठान, जन्म, विवाह, मृत्यु जस्ता सबै कुरालाई समेट्ने गर्दछ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

जातिहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://annapurnapost.com/news/muuuundhuuuum-mnthn-98978
  2. https://www.nepal24hours.com/np/archives/8144 वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
  3. http://gorkhapatraonline.com/news/27156
  4. http://www.kiratnews.com/मैले-बुझेको-युमा-धर्म/[dead link]