मुख मैथुन

यौन गतिविधि जसमा मुखबाट प्रयोग गरेर यौनाङ्गहरू उत्तेजित पार्ने कार्य गरिन्छ

मुख मैथुन :मुख, जिब्रो, ओँठ,दाँत आदि अङ्गहरूको सहायताबाट यौन साथीलाई यौन सन्तुष्टि दिनको लागि गरिने यौनकार्य कार्य हो । कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन । ती नामहरू निमित्त (हातले लिङ्गलाई समातेर ओठमा राखेर वा मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) हुन ।

एक औपचारिक कार्यक्रममा गोप्य तरिकाले मुखमैथुन गराइरहेकी महिलाको चित्रण