मिनु गुरुङ

नेपाली बक्सर खेलाडी

मिनु गुरुङ नेपाल की एक महिला बक्सर हुन्। मिनु गुरुङले १३औँ दक्षिण एसियाली खेलकुदमा महिला बक्सिङ ५४ ५४ केजी वर्गमा स्वर्ण पदक जितेकी छिन्। उनी करिब ९ वर्ष त्रिभुवन आर्मि क्लबमा आवद्ध रहेकी थिइन्। मिनु गुरुङ आफ्नो दाजु वीर बाहादुर गुरुङको सहायताबाट पाइला टेकेर खेलकुद क्षेत्रमा आएकी हुन्। सुरुमा उनी कराटेमा आकर्षित थिइन् तर उनका बरिष्ठ र प्रशिक्षकहरूले उनको आक्रमकता देखेर बक्सिङमा जान सुझाव दिएका हुन्। १३औँ दक्षिण एसियाली खेलकुद महिला बक्सिङमा जितेको स्वर्ण पदक उनले आफ्नो आमालाई समर्पण गरेकी थिइन्। यस अघि १२ औँ एसए खेलकुदमा कांस्य पदक विजेता हुन पनि सफल भएकी थिइन्।[१] उनलाई उज्बेकिस्तानका प्रशिक्षकले पनि राम्रो आकार दिनको साथसाथै मानसिक रूपमा पनि सुदृढ पार्न धेरै मद्दत पुर्‍याएको थियो। उनी ३ वर्ष अगाडिको खेलमा भारतीय मुक्केवाजसँग पराजित भएकी थिइन् तर यस पटक भने मानसिक रूपमा तयार थिइन्, जसबाट उनले स्वर्ण पदक प्राप्त गर्न सफल भइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Boxer Gurung", अन्तिम पहुँच जनवरी ११, २०२०