मार्क रफालो
मार्क एलन रफालो (/ˈrʌfəloʊ/; जन्म नोभेम्बर २२, १९६७) एक अमेरिकी अभिनेता र निर्माता हुन्। उनले सन् १९९० को दशकको सुरुवातमा अभिनय गर्न सुरु गरेका थिए र केनेथ लोनर्गनको नाटक 'दिस इज अवर युथ' (सन् १९९८) र नाटक चलचित्र 'यु क्यान काउन्ट अन मी' (सन् २०००) मा आफ्नो कामको लागि पहिलो मान्यता प्राप्त गरेका थिए। उनले प्रेमप्रसङ्गयुक्त हास्यहरू '१३ गोइङ अन ३०' (सन् २००४) र 'जस्ट लाइक हेभन' (सन् २००५) र थ्रिलरहरू 'जोडिएक' (सन् २००७) र 'सटर आइल्यान्ड' (सन् २०१०) मा अभिनय गरेका थिए; र 'अवेक एन्ड सिङ!'को ब्रोडवे पुनरुद्धारमा सहायक भूमिकाको लागि सन् २००६ मा टोनी पुरस्कार नामाङ्कन प्राप्त गरेका थिए। उनले 'डार्क वाटर' (सन् २०१९) मा पनि अभिनय गरिसकेका छन्। उनले मार्भल सिनेमेटिक युनिभर्सका सुपरहिरो चलचित्रहरू 'द एभेन्जर्स' (सन् २०१२), 'एभेन्जर्स: एज अफ अल्ट्रन' (सन् २०१५), 'थोर: राग्नारोक' (सन् २०१७), 'एभेन्जर्स: इन्फिनिटी वार' (सन् २०१८), र 'एभेन्जर्स: इन्डगेम' (सन् २०१९) मा ब्रुस ब्यानर / हल्क खेल्नका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका थिए।
मार्क रफालो Mark Ruffalo | |
---|---|
![]() सन् २०१७ सान डिएगो कमिक-कनमा रफालो | |
जन्म | मार्क एलन रफालो नोभेम्बर २२, १९६७ केनोशा, विस्कान्सिन, संयुक्त राज्य अमेरिका |
पेशा |
|
कार्यकाल | सन् १९८९–वर्तमान |
कार्य | पूर्ण सूची |
जीवनसाथी | सनराइज कोइग्नी ( वि २०००) |
सन्तान | ३ |
पुरस्कार | पूर्ण सूची |
हस्ताक्षर | |
![]() |
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा मार्क रफालो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |