मामिनुल इसलाम (जन्म: १२ डिसेम्बर १९८८) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् जो हाल ढाका आबहानी लिमिटेड र बङ्गलादेश राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिबाट खेल्ने गर्छन्। उनले हालसम्म दुई क्लबबाट चार लिग उपाधिहरू जितेका छन्। मामिनुलले आफ्नो फुटबल कार्यकाल ब्रदर्स युनियन फुटबल क्लबबाट शुरूवात गरेका थिए। एक वर्ष सम्म अर्को फुटबल क्लबमा आवद्ध भएका मामिनुल अन्ततः सन् २००८-०९ र सन् २००९-१० संस्करणका लागि ढाका आबहानी लिमिटेडमा स्थानान्तरण भएका थिए भने यी दुवै संस्करण ढाका आबहानी लिमिटेडले जित्न सफल भएको थियो। मामिनुल सन् मा भारतमा आयोजना हुन लागेको पहिलो फुटबल लिग हिरो इण्डियन सुपर लिगमा खेल्नका लागि शेख जामाल धानमण्डीबाट कर्जामा एथलेटिको डि कलकत्तामा आवद्ध भएका थिए। शेख जामाल धानमण्डीमा पुन फिर्ता भएपछि उनी आफ्नै गृह सहरको एक फुटबल क्लब चिटागोङ आबहानी लिमिटेडसँग जोडिएका थिए। चिटागोङ आबहानी लिमिटेडमा दुई संस्करण खेलेका मानिनुल अन्तत सोही वर्ष ढाका आबहानी लिमिटेडमा आवद्ध भएका थिए।

मामिनुल इसलाम
Mamunul Islam
व्यक्तिगत जानकारी
पुरा नाम मामिनुल इसलाम मानु
जन्म मिति (1988-12-12) १२ डिसेम्बर १९८८ (उमेर ३५)
जन्म स्थान चट्टग्राम, बङ्गलादेश
उचाइ १.७३ मी (५ फिट ८ इन्च)[१][२]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति, दायाँ अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
ढाका आबहानी लिमिटेड
सङ्ख्या
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२००८ ब्रदर्स युनियन
२००८–२००९ ढाका आबहानी लिमिटेड
२००९–२०१० मोहमेदान स्पोर्टिङ क्लब
२०१०–२०११ शेख जामाल धानमण्डी क्लब
२०११–२०१२ मुक्तिजोद्धा सङ्सद केसी
२०१२–२०१३ शेख रसल केसी
२०१३–२०१५ शेख जामाल धानमण्डी क्लब
२०१४एथलेटिको दे कोलकाता (ऋण)[१] (०)
२०१६–२०१८ चट्टग्राम आबहानी लिमिटेड
२०१८– ढाका आबहानी लिमिटेड
अन्तर्राष्ट्रिय करियर
२००९–२०१४ बङ्गलादेश (२३ वर्ष मुनी) १४ (२)
२००९– बङ्गलादेश ५८ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:१६, ५ मे २०१३
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५ अक्टोबर २०१९

कार्यकाल सम्पादन गर्नुहोस्

ढाका आबहानी सम्पादन गर्नुहोस्

मामिनुलले आफ्नो फुटबल कार्यकाल ढाका आबहानीबाट मध्य मध्यपङ्क्तिको रूपमा शुरूवात गरेका थिए भने उनले फुटबलमा प्रशिक्षण आबहानी युवा एकेडेमीबाट लिएका थिए। एक वर्ष सम्म अर्को फुटबल क्लबमा आवद्ध भएका मामिनुल अन्ततः सन् २००८-०९ र सन् २००९-१० संस्करणका लागि ढाका आबहानी लिमिटेडमा स्थानान्तरण भएका थिए भने यी दुवै संस्करण ढाका आबहानी लिमिटेडले जित्न सफल भएको थियो।

शेख जामाल डिसी सम्पादन गर्नुहोस्

सन् २०१०-११ संस्करणको बङ्गलादेश फुटबल प्रिमियर लिगको संस्करण खेल्नका लागि मामिनुल ढाका आबहानी लिमिटेडबाट शेख जामाल धानमण्डी क्लबमा आवद्ध भएका थिए। पहिलो संस्करणमा शेख जामाल फुटबल क्लब लिग विजेता बन्न सफल भएको थियो भने आर्को संस्करणमा पनि मामिनुल त्यहि क्लबबाट खेलेका थिए।

शेख रसल केसी सम्पादन गर्नुहोस्

मामिनुल पछि शेख जामाल धानमण्डीबाट शेख रसल केसीमा स्थानान्तरण भएका थिए भने त्यो वर्षको फेडेरेसन कप र स्वतन्त्र कप शेख रसल केसीले जित्न सफल भएको थियो।

शेख जामाल डिसी सम्पादन गर्नुहोस्

सन् २०१३-१४ संस्करणमा मामिनुल पुन शेख जामाल धानमण्डी क्लबमा आवद्ध भएका थिए भने त्यस वर्षको बङ्गलादेश प्रिमियर लिगको संस्करणमा शेख जामाल धाजमण्डी क्लब मामिनुलको कप्तानीमा मैदान उत्रिएको थियो भने त्यो वर्षको संस्करण शेख जामाल धानमण्डीले जित्न सफल भएको थियो।

चिटागोङ आबहानी लिमिटेड सम्पादन गर्नुहोस्

शेख जामाफ धानमण्डी क्लबमा थोरै समयम विताएका मामिनुल अन्तत आफ्नै गृह सहरमा रहेको एक आधिकारिक फुटबल क्लब चिटागोङ आबहानीमा ६५ लाख रकममा आवद्ध भएका थिए जुन उनले दुई संस्करणका लागि खेल खेलेका थिए भने उनले उक्त टोलीमा आवद्ध भएको पहिलो संस्करणमा कप्तान पद सम्हालेका थिए।

इण्डियन सुपल लिग सम्पादन गर्नुहोस्

मामिनुलले सन्.... मा पहिलोपटक आयोजना हुन लागेको पहिलो संस्करणको इण्डियन सुपर लिगमा एथलेटिके डि कलकत्ताका लागि खेल खेलेका थिए जहाँ उनी शेख जामाल धानमण्डी क्लबबाट ३ महिनाको कर्जामा उक्त क्लबमा आवद्ध भएका थिए। पहिलो संस्करणको इण्डियन सुपर लिगमा भाग जनाउने उनी दक्षिण एसिया अन्तर्गत भारत बाहिरका पहिलो खेलाडी समेत बन्न सफल भएका थिए। सन् २०१४ को आइएफए सिल्ड कपमा उनले भारतीय फुटबल प्रेमीलाई प्रभावित गर्न सफल भएका थिए भने उनको टोली शेख जामाफरल धानमण्डीले (भारत बाहिरका तीन फुटबल टोलीको भाग लिन पाउने प्राबधानना शेख जामाल धानमण्डी क्लब पनि परेको थियो) फाइनल सम्मको यात्रा तय गरेको थियो। त्यस प्रतियोगिता पछि मामिनुललाई भारती फुटबल क्लब आवद्ध हुन थुप्रै मौका पाएका थिए तर उनले इण्डियन सुपर लिग खेल्नका लागि कुनै पनि मौका पाएनन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "मामिनुल इसलाम", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच २६ डिसेम्बर २०१८ 
  2. मामिनुल इसलाम प्रोफाइल सकरवेमा अन्तिम पहुँच मिति: २६ डिसेम्बर २०१८

बाह्य कडीहरू सम्पादन गर्नुहोस्