मानव संसाधन व्यवस्थापनका कार्यहरू
मानव संसाधन व्यवस्थापन भन्नाले सङ्गठन भित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, कार्यविधि एवं अभ्यास लाई जनाउँछ । मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र अनुरक्षण प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो । यो सङ्गठनमा निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापक हरूले गर्ने नियमित कार्य हो ।
मानव संसाधन व्यवस्थापनका निम्न कार्यहरु हुन्छन :
प्राप्ति
सम्पादन गर्नुहोस्प्राप्ति कार्यले ठीक व्यक्तिको ठीक ठाउँमा र ठीक समयमा प्रवेश निश्चित गर्छ । यसमा निम्न क्रियालापहरु पर्छन्:
मानव संसाधन योजना
सम्पादन गर्नुहोस्- मौज्दात मानव संसाधनको स्थिति आँकलन गरिन्छ ।
- आवश्यकताको पूर्वानुमान गरिन्छ ।
- आपूर्तिको पूर्वानुमान गरिन्छ ।
- योजना तर्जुमा
कार्य विश्लेषण
सम्पादन गर्नुहोस्- कार्य विवरण द्वारा कम, कर्तब्य , अधिकार , जिम्मेवारी थाहा हुन्छ । के कस्तो काम गर्नु पर्छ भन्ने बारे यसले परिभाषित गर्छ ।
- कार्य योग्यता विवरण द्वारा व्यक्तिमा काम गर्न चाहिने योग्यता र गुणहरु थाहा हुन्छ ।
भर्ना
सम्पादन गर्नुहोस्यसले विज्ञापन र अन्य उपायहरु द्वारा खाली पदहरूमा योग्य उम्मेदवार हरूलाई निवेदन हाल्न आकर्षित गर्छ । यो आन्तरिक वा बाह्य स्रोतबाट हुन सक्छ । यसबाट ठीक व्यक्ति, ठीक पदका लागि ठीक समयमा प्राप्त गरिन्छ ।
छनौट
सम्पादन गर्नुहोस्निवेदन हाल्ने उम्मेदवारहरू मध्येबाट योग्य व्यक्तिहरूको छनोट गर्छ । यसका लागि निवेदन मुल्यांकन , छनौट जाँच , अन्तर्वार्ता, स्वास्थ्य परीक्षण आदि गरिन्छ । यसद्वारा ठीक कामका लागि ठीक व्यक्ति छनौट गरिन्छ ।
पदस्थापन
सम्पादन गर्नुहोस्छानिएको व्यक्तिलाई उचित पद र ठाउँमा पदस्थापन गरिन्छ । यसका लागि कर्मचारीको रुची र योग्यतालाई ध्यानमा राखिन्छ ।
सामाजिकीकरण
सम्पादन गर्नुहोस्सङ्गठनिक संस्कृतिमा अनुकुलताक लागि छानिएको व्यक्ति'लाई अभिमुखीकरण गरिन्छ । यसले नयाँ कर्मचारीलाई कार्य वातावरण तथा सङ्गठनिक मूल्य मान्यता बारे जानकारी दिन्छ ।