महेन्द्रकोट
महेन्द्रकोट कपिलवस्तु जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो।
महेन्द्रकोटसम्पादन
महेन्द्रकोट गा वि स कपिलवस्तु जिल्लाको उत्तर पट्टि भलवार्ड गा वि सको पश्चिम र दुविया गा वि स को पूर्व दिशामा अवस्थित छ। यस गा वि समा ९ वटा वार्ड छन्। जुन निम्न अनुसार छन्ः
वार्ड नं. | टोल |
---|---|
१ | कपासी, फच्कैया |
२ | बसन्तपुर, शान्तिपुर (झगडहवा) |
३ | भेलाई |
४ | चफेला |
५ | टिक्कर |
६ | वीरपुर |
७ | पत्थरकोट |
८ | उदाहरण |
९ | चंघाट |
लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको महेन्द्रकोट गा वि स वार्ड नं. २ मा अवस्थित यस टोलको पूर्व पट्टि बसन्तपुर गाँउ पर्दछ। त्यस्तै पश्चिक पट्टि कपासी, मोर्मी गाँउ पर्दछ। त्यस्तै गरी दक्षिण पट्टि कपासी, फच्कैया गाँउ पर्दछ र उत्तर पट्टि भेलाई पर्दछ जहाँ महेन्द्रकोट गा वि स को कार्यालय, श्री सिद्धार्थ स्मारक उ. मा. वि र सनराईज सामुदायिक बोर्डिङ् स्कुल रहेका छन्। शान्तिपुर टोलका अधिकांश युवा वैदेशिक रोजगारका लागि विभिन्न देशहरूमा गएको पाईन्छ।
कृषिसम्पादन
यस टोलको मुख्य पेशा कृषि हो। यहाँका प्राय वासिन्दा खेतिपातिमै आबद्भ छन्। यहाँको मुख्य बाली धान हो। धान बाहेक यहाँ गहुँ, तोरी, मसुरो, छिटा, केराउ आदि पनि लगाईन्छ। वर्षको बाह्रै महिना खेति गर्न सकिने यस ठाउँमा सीँचाईको समस्या पनि उत्तिकै छ। पानीको अभावमा किसानहरू वर्षेनी कष्ट बेहोर्न बाध्य छन। गाउँमा न्यून आय स्तर भएका धरै भएकाले यस गाउँका मानिस व्यापार व्यावसायमा त्यति चाँसो नदेखाएको पाईन्छ।