मरुतगण हिन्दू धर्मावलम्बीहरूका एक प्रकारका देवता हुन । मरुतको अर्थ वायु हो । यिनीहरू अदृश्य मानिएका छन् । दक्षकन्या मरुतवतीका सन्तान भएकाले यिनीहरूको नाम मरुतगण (वायुहरू) भएको हो । मरुतगणलाई देवताका राजा इन्द्र देवका सहयोगी लडाका देव भनिन्छ । मरुतहरू रिसाहा छन् । बाघ जस्तो गर्जेर बिजुली झैं आक्रमण गर्छन् । सुनको रथमा हिंड्छन्, सुनका हतियार बोक्छन् । ब्रह्मलोक, इन्द्रलोक, अन्तरिक्ष, पूर्व, पश्चिम उत्तर, दक्षिण गरी सात दिशामा विचरण गर्छन् भन्ने मानिन्छ । मरुतहरू ४९ मानिएका छन् , यिनका नामहरू यस प्रकार छन्– सत्त्वज्योति आदित्य, सत्यज्योति, तिर्यग्ज्योति, संज्योति, ज्योतिष्मान, हरित, ऋतजित, सत्यजित, सुषेण, सेनजित, सत्यमित्र, अभि मित्र, हरि मित्र, कृत, सत्य, धु्रव, धर्ता, विधर्ता, विधारय, ध्वान्त, धुनि, उग्र, भीम, अभियु, साक्षिप, ईदृक, यादृक, प्रतिदृक, ऋक, समिति, संरम्भ, ईदृक्ष, पुरुष, अन्यादृक्ष, चेतस, समिता, समिदृक्ष, प्रतिदृक्ष, मरुति, सरत, देव, दिश, यजुः, अनुदृक, साम, मानुष, र विश । मरुत्हरुमा मरीचिलाई प्रमुख (गीता १०.२१) भनिए तापनि पुराणहरूमा यो नाम उपलब्ध छैन । त्यसैले गीतामा मरीचिको अर्थ समस्त मरुतगण तेज मानिन्छ ।