"भोजराज पोखरेल" नेपालका पूर्वप्रशासक एवं निर्वाचन आयोग (नेपाल) का पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्। उनले १३ कात्तिक २०६३ देखि २० जेठ २०६६ सम्म निर्वाचन आयोगको नेतृत्व गरेका थिए।[१] तीन वर्षपहिला पनि उनलाई सोही पदमा नियुक्तिका लागि सिफारिस भए पनि राजाले अस्वीकार गरेको बताइएको थियो। उनको नियुक्तिअघि संसदीय सुनुवाइ भएको थियो। २०६२/६३ को आन्दोलनको बलमा पुनर्स्थापित प्रतिनिधि सभाले संसदीय सुनुवाइमार्फत् संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको अनुमोदन गरेको नेपालकै इतिहासमै यो पहिलोपटक थियो।[२]

भोजराज पोखरेल
प्रमुख निर्वाचन आयुक्त
कार्यकाल
१३/०७/२०६३–२०/०२/२०६६
पूर्वाधिकारीश्री केशवराज राजभण्डारी
उतराधिकारीनीलकण्ठ उप्रेती

उल्लेख्य काम सम्पादन गर्नुहोस्

पहिलो संविधान सभा निर्वाचन, २०६४ उनकै पालामा सम्पन्न भएको थियो।[३] गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनले नेपालको शान्तिप्रक्रियामा पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए।

प्रकाशित कृति सम्पादन गर्नुहोस्

उनको ‘नेपाल भोट्स फर पिस’ शीर्षकको पुस्तक प्रकाशित छ।[४]

  1. https://election.gov.np/np/page/former-election-commissioners
  2. https://www.bbc.com/nepali/news/story/2006/10/061030_cec_appointed
  3. https://election.gov.np/source/Resources%20Other/%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8.pdf
  4. https://www.setopati.com/bichar/3487/