भैरव नृत्य नेवार जातिको परम्परागत तथा सांस्कृतिक नृत्य हो।

पोखराको भैरव नृत्य सम्पादन गर्नुहोस्

करिब दुई सय वर्ष लामॊ इतिहास बोकेको बाह्र भैरव नृत्य रात परेपछि भैरव जाग्छ भन्ने धार्मिक विश्वासका साथ धुमधामका साथ मनाउने गरिन्छ। स्थानीय टोलबासिले डाकेको ठाँउमा देवि देवताका रूपमा सिँगारिएका पुग्छन् र करिब पांच घण्टासम्म लगातार रूपमा नाच्दछन्। आफ्नो टोलमा नाच प्रर्दशन गर्न चाहने टोलका स्थानीयहरूले नाच्ने ठाउँ पूजाको लागि उचित व्यवस्था नाच समूहलाई खानपिनको व्यवस्था गर्नुपर्ने हुन्छ। भैरव नृत्यको सुन्दर पक्ष भनेको नृत्यमा जातभातको कुनै भेदभाव गरिन्न। नृत्यमा १२ जना यूवाहरू काल भैरव, महाकाली, ईन्द्रयणी, बाराही, कौमारी, विष्णुवी, ब्रम्हायणी, गंगा, गणेश, दागीनी, भूःत्चा र कवाङको रूप धारणगरी नाच्ने गर्दछन्। पोखराको भिमसेनटोल स्थित भिमसेन मन्दिरबाट यो नाच सुरु हुन्छ। भक्तपुरमा सुरु भएको यो नाच विक्रमसम्बत २०२९ सालबाट पोखरामा सुरु भएको हो। यो नाच नाचेपछि अनिष्ट नहुने शान्ति छाउने जनविश्वास रहेको छ। पहिले प्रत्येक बाह्र वर्षमा देखाइने यो नाच केही वर्षदेखि भने ६\६ वर्षमा देखाउन थालिएको छ।