भैरवकुण्ड नेपालको रसुवा जिल्लामा अवस्थित ऐतिहासिक पानीको भण्डार हो। गोसाइँकुण्ड कै नजीकमा पर्ने यस कुण्ड गोसाईंकुण्डको निकासवाट निस्केको पानीवाट दहको रूप लिई वनेको छ। यस कुण्ड गोसाईंकुण्ड जत्तिको फराकिलो रूपमा नभएपनि यस कुण्डमा रहेको पानी गाढा निलो र कालो देखिने यो कुण्डको विशेषता रहेको छ। गोसाईंकुण्डको स्नांन पश्चात यस कुण्डलाई नहेर्नु भन्ने जनधारणा रहेको छ। यस कुण्डमा नुहाउँने तथा पूजाआजा गरिने चलन भने पाइदैन।