नेपालमा धर्ती दिवस लाई भूमिराज भनेर मनाइन्छ।

भूमिराजलाई नेपालमा वर्षको सबैभन्दा लामो दिन मानिन्छ। नेपालमा वर्षभरीको लामो दिनको रूपमा असार ८ गते र सबैभन्दा छोटो दिन पुष ८ गतेलाई मान्ने प्रचलन छ । यस अनुसार वर्ष भरिकै लामो दिन असार ८ गते हो । यस दिनलाई भूमिराज भनेर नेपाली किसानहरू भूमिलाई पूज्ने गर्दछन् । त्यसले यसदिन पृथ्वी रजस्वला भएकी हून्छिन भनेर जमीन नखोस्रने , नखन्ने र नजोत्ने प्रचलन छ । तर युवापुस्ताले भने यसलाई मान्न छाडेका छन् ।

नेपालमा यो दिन १४ घण्टाको हुने बताइन्छ । सुर्योदय र सुर्यास्तलाई आधार मान्दा आज सवैभन्दा लामो समयको दिन भएको खगोलियन विदहरूको भनाई छ । प्रत्येक वर्ष दक्षिणी गोलार्द्धमा छोटो दिन र उत्तरी गोलार्द्धमा लामो दिन हुने गरेको छ ।

असार ८को लामोदिनसगै भोलीपल्टदेखि भने रात लामो हुदै जाने छ भने दिन क्रमसः छोटिदै जाने छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले असार ८मा लामो दिन हुने गरेको पाईन्छ । अन्तराष्ट्रिय समय अनुसार जुन २०, २१ या २२ तारिख मध्ये कुनै एक दिन लामो हुने गरेको छ । पुस ८ गते ९डिसेम्बर २१०तारिखमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले उक्त दिन भने छोटो भई रात लामो हुने गरेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

साभारः उदघोष दैनिक,विराटनगर (असार ८, २०६९ साल )