भीम विराग (वि.सं. १९९१ - वि.सं. २०६८) नेपाली गीतकार हुन्। उनको खास नाम भीमबहादुर महर्जन हो।

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म वि.सं. १९९१ माघ १५ गते माईस्थान, वीरगञ्जमा भएको हो। विराग पत्रकारका रूपमा पनि चिनिन्छन्। उनले आइ.ए. सम्म पढेका छन्। उनी आफ्ना लोकप्रिय कविता र गीतका लागि चिनिन्छन्।

कृति सम्पादन गर्नुहोस्

उनका प्रकाशित कृतिहरू

  • दुखेको इन्द्रेनी (गीतसंग्रह, वि.सं. २०२०)
  • अतृप्त स्पर्श (गीतसंग्रह, वि.सं. २०४३)
  • तातो सुस्केरा (कविता सङ्ग्रह, वि.सं. २०३२)
  • आठटुक्रे बादल (कथा सङ्ग्रह, २०३५)
  • इन्द्रेणी (वि.सं. २०२५)
  • भीम विरागका कविता (कवितासङ्ग्रह, वि.सं. २०५४)
  • अज्ञात प्रारम्भ (खण्डकाव्य, वि.सं. २०५६)
  • भीम विरागका गीत-गजल (वि.सं. २०५७)
  • स्वरसम्राटको सम्झना (संस्मरण सङ्ग्रह, वि.सं. २०५७)
  • मोहभंग (महाकाव्य, वि.सं. २०५९)

उनले नारायणी साप्ताहिकबिगुल साप्ताहिक सम्पादन गरेका छन्।

उनका विभिन्न पत्रपत्रिकामा कविता, लेख, निबन्ध, कथा प्रकाशित छन्।

पुरस्कार/सम्मान सम्पादन गर्नुहोस्

निधन सम्पादन गर्नुहोस्

उनको वि.सं. २०६८ फागुनमा निधन भयो।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्