भीमबहादुर थापा


भीमबहादुर थापा निकै प्रशिद्ध नेपाली कलाकार, सैनिक कार्यक्रमका रेडिओ प्रस्तोता अनि दोस्रो बिश्वउद्ध लडेका वीर पनि हुन. तलका हरफहरू कान्तिपुर् अनलाईनबाट जस्ताको तस्तै सारिएका हुन.

कुनै समय यस्तो थियो, भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मानिस भन्ने गर्थे, "को त्यही सैनिक कार्यक्रममा रूपक भन्ने सेनानी भीमबहादुर ?" आजको पुस्ताले यस नामलाई कसरी सम्झिन्छ कुन्नि ? तर, २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची-कालीको सीमालाई नाघ्दै सम्पूर्ण नेपालीहरूको मनमा बास बसेका यी ८४ वर्षे आज पनि पुराना मान्छेका मस्तिष्कमा न्यानो स्मृति भएर बाँची नै रहेका छन्। यिनका रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थे। सोमबार र बिहीबार बिहान ९ बजे नित्य प्रसारण हुने यो कार्यक्रम सुन्न सबै आतुर हुन्थे। काम र पढाइमा घरबाट निस्कन हतारो हुँदा पनि मानिसहरू मुखमा गाँस हाल्दै सुवेदार भीमबहादुरको रेडियो रूपक सुन्थे।

१३ वर्षको उमेरमा यिनी ब्रिटिस सेनामा भर्ना भएर दोस्रो महायुद्ध लडे। त्यतिखेर यिनी खोटाङको रावा, लामीडाँडामा गाईभैँसी चराउँदै लर्केजोवनसँग बरालिँदै थिए। एकदिन रभुवाको माघेसंक्रान्ति मेलामा गाउँले ठिटीहरूसँग नाचिरहेका बेला गोडामा छालाका बुटजुत्ता लगाएका, नाडीमा चम्किने घडी बाँधेका र शिरमा छत्रे टोपी लगाएका दुई जना युवकले उनलाई लाहुर जान फकाए। सुकोदामका लागि छटपटिनुपर्ने अवस्थामा महिनाको ३५ रूपियाँ भारु पाइने अवसर सामुन्नेमा उनैलाई खोज्दै उभिँदा किन नाइँ भन्ने ? उनी पनि डफ्फाहरू पछ्याउँदै देहरादुन छाउनी पुगे। सन् १९४२बाट '४४ बीचको महासमरमा उनले जुन दृश्य देखे र आफूलाई पनि ती दृश्यहरूमा जसरी एकाकार गराए, त्यसको स्मृतिले आज पनि उनका शरीरका रौँहरू ठाडा हुन्छन्। उनी मान्छे मार्न नै खटिएका थिए। त्यसैले खालि 'मार कि मर'को 'आदेश' पालन गर्नु दिनचर्या भएको थियो। उनलाई कुखुरा मार्नुभन्दा पनि सजिलो मान्छे मार्नु रहेछ जस्तो अनुभूति हुन्थ्यो। युद्धभूमिमा 'प|mन्टलाईन'मा उभिएर शत्रुहरूतर्फ बन्दुक सोझ्याउँदा उनलाई महाभारतको कुरुक्षेत्र सम्झना हुन्थ्यो। तर, त्यहाँ उनलाई गीता सुनाउने कृष्ण थिएनन्। आफ्नै बुद्धि, विवेक र आँटले शत्रुहरूको छातीमा बन्दुकका गोली बर्साउनुपथ्र्‍यो। मार्नुपथ्र्‍यो।

गोली लागेर शरीरबाट भलभली रगत बगिरहेको हुन्थ्यो। खुट्टाहरू धर्खररिहेका हुन्थे। आँखाहरू जीवनको भिक्षा मागिरहेका हुन्थे। तर, निस्ठुरी भएर आँखा चिम्म गरी त्यसैमाथि फेर गोली हान्नुपथ्र्‍यो। "रगतको गन्धले शरीरमा झन् शक्ति र जोस थप्थ्यो। यस क्रममा मैले कति जनालाई मारेँ ठ्याक्कै गन्ती भन्न सक्तिनँ तर दुई हजारभन्दा माथिकै संख्यामा मारयिो होला भन्ने अनुमान गर्छु।" भीमबहादुर थापा लामो विगतलाई सम्भिmन्छन् र भन्छन्, "एक म्यागजिनमा २५ गोली जाने स्वचालित राइफलबाट निस्केको गोली खेर जाने कुरै भएन।"

गाईभैँसी चराउँदाचराउँदै उम्केको १३ वर्षे किशोर। गाउँतिर 'ओठ निचोर्दा दूध आउने' भन्थे। तर, वर्माको लडाइँमा पुगेर त यिनले धेरैको सातो उडाए। मर्नुअघि मान्छेका आँखामा जुन बीभत्सता देखिन्थ्यो, त्यसले उनको पनि अन्तरआत्मालाई पीडा हुन्थ्यो। तर, उनी मान्छे मार्न बाध्य थिए। आफूले नमारे उसले माथ्र्‍यो। त्यसैले थापालाई मान्छे मारेर कहिल्यै पछुतो भएन। कसैलाई मार्नैपर्ने नियति भएको थियो। युद्धको नियम नै पनि यही हो। मार, मार र माररिहू अनि मात्र युद्ध जितिन्छ। त्यसैले शत्रुहरूको छातीमा गोली ठोक्नु उनका लागि केटाकेटीमा आफूले खेलेको आँखा छोप्ने खेलजस्तो मात्र थियो।

भोक लाग्दा गाँस पाइँदैनथ्यो। थकाइ लाग्दा बास पाइँदैनथ्यो। तिर्खा लाग्दा पानी पाइँदैनथ्यो। जुद्धशमशेरले बि्रटिस सरकारलाई सहयोगस्वरूप पठाएका कालीबहादुर पल्टनका १२/१३ सिपाहीहरूले धेरै छाक खान नपाएर आफ्नै बुट पानीमा भिजाएर पेट शान्त पार्ने कोसिस गरेको पनि उनले देखेका छन्। त्यसभन्दा पनि बीभत्स दृश्य उनले देखेका छन्। उनकै पल्टनमा सामेल नेपाली सिपाहीहरूमध्ये दुई जनाको गोली लागेर पेटबाट भलभली रगत बग्न थाल्यो। उनीहरूलाई उपचारको कुनै प्रबन्ध मिलाउन सकिने अवस्था थिएन। अनि उनले बाध्यतावश आँखा चिम्लेर छातीमा गोली ठोके। तिनीहरूलाई मोक्षको बाटोमा डोर्याए। "घाइतेलाई जिउँदो नछाड्नु भन्ने आदेश थियो, बाध्य भएर मार्नुपर्‍यो।" सायद यो उनको पल्टने जीवनको सबैभन्दा त्रासद घटना थियो।

थापाका दुईवटा व्यक्तित्व पालैपालो हिँडे जीवनमा। उनी युद्ध सकिएर विसं २००२मा नेपाल पसे। त्यसबेला नेपालमा २४ पल्टन थियो। एक पल्टनमा पाँच सय सैनिक हुन्थे। विश्वयुद्धबाट फर्केका नेपाली सैनिकलाई दुई-तीन तह प्रमोसन दिएर नेपाली सेनामा राखिने भयो तर तलब जम्माजम्मी नौ रूपियाँ मात्र। त्यसैले उताको भारु ३५को तुलनामा यो त साह्रै कम्ती थियो।

नखाऊँ भने फेर िगाईभैँसी चराउन जान सक्ने कुरा थिएन। त्यसैले नहुनु मामाभन्दा कानु मामा बेस भनेर चित्त बुझाए। त्यसबेलाको जमाना सस्तो थियो। पाँच रूपियाँले गाँस-बासको राम्रै जोहो हुन्थ्यो। प्रतिमहिना चार रूपियाँ जोगाएर घर पठाउँथे।

पछि साथीभाइहरूसँग हिमचिम बस्दै जाँदा पैसा बचाउने नयाँ उपाय पनि सिके। त्यसबेला वीरधारामा मात्र पानी आउँथ्यो। यस्ता धारा सीमित थिए र राती १२ बजेपछि मात्र खुल्थे। त्यसैले मध्यरातमा चेलीबेटीहरू पानी भर्न जान असुरक्षित अनुभव गर्थे। र, दिनमा दुई गाग्री पानी ल्याइदिने सर्तमा डेरा सित्तैँमा दिइन्थ्यो। पछि यही सिको गरेर उनी पनि डेराभाडा मुक्त भएर झन् किफायती रूपमा बस्न थाले।

काम केही थिएन। हजारौँ गोली पड्काएर आएको सैनिक यहाँ कमलकोटीले गुँड लगाएको बन्दुक भिरेर टुँडिखेलमा कबाज खेल्न थाल्यो। त्यो पनि एक घण्टालाई मात्र। त्यसपछि दिनभर फुर्सद। बन्दुक पनि बोकेर आउनु पर्दैनथ्यो। टुँडिखेलमा थुपारएिकामध्येबाट एउटा छान्यो र गड्याप्प बुट बजारेर सलामी ठोक्यो। अनि फुत्त फ्याँकेर डेरामा गयो र जाउलो च्यापेर आफ्नो मनलाग्दो गर्‍यो। उनी यति फुर्सदिला भए, टुँडिखेलमा पलेँटी कसेर मुखमा सुर्ती हाल्दै तरुनीका गफमा रुमल्लिन्थे। त्यस समयतिर फर्केर हेर्दा थापालाई अहिले पनि एक किसिमको मात लाग्छ। "हामी सुर्ती पड्काउँदै गफ चुट्थ्यौँ," उनी भन्छन्। तर, फेर िउनको हातबाट कहिल्यै बन्दुक पड्किएन।

यो ताल धेरै लामो समयसम्म चलेन। उनी नाचगानमा पनि ओस्ताद भएकाले मोहनशमशेरको आठपहरयिा -बडीगार्ड)मा छानिए। त्यहाँ सरुवा भएपछि उनलाई रूपियाँको खोलो नै बग्न थाल्यो। दसैँ र तिहारमा खर्च भनेर पाँच-पाँच सय रूपियाँ दिइन्थ्यो। जन्मोत्सव र कसैको जायजन्म भयो भने फेर ित्यति नै बक्सिस थाप्थे। थापालाई पैसाको कुनै अभाव भएन। बेलाबेला साथीहरूले सिकाएको नीति लागू गर्थे र मोहनशमशेरलाई बिन्ती गर्थे, "प्रभु ! मेरो डेरा चोरी भयो, सर्वस्व लग्यो !" अनि 'प्रभु'बाट तुरुन्त आदेश हुन्थ्यो, "यसलाई दुई सय रूपियाँ दिनू !" यसरी उनले चार-पाँचचोटि नै डेरा चोरी गराएर हर्जाना थापे। पछि मोहनशमशेर पनि आजित भए र भने, "अब तिमी यस्तो चोरी हुने ठाउँमा नबस, डेरा सर !" अनि, त्यसपछि चाहिँ उनले यस्तो खर्च मागेनन्। भन्छन्, "डेराको सिरखिुरी जोड्दा पाँच रूपियाँको जायजेथा पनि थिएन तर मैले दुई सयका दरले धेरैपटक पैसा थापेँ।" यसरी पैसाको खोलो बगाउने अरू राणाहरू थिएनन्। हरशिमशेरकामा आठपहरयिा हुनेलाई पनि राम्रै थियो तर उनी महिनाको एक मुरीका दरले धान दिन्थे, नगद दिँदैनथे।

दाम त कमाए भीमबहादुर थापाले। तर, ००८ सालमा जब रेडियो नेपालबाट सैनिक कार्यक्रम चलाईदिनुपर्‍यो भन्ने बेहोराको पत्र आयो अनि उनको जीवनले नौलो कोल्टे फेर्‍यो। नामसँगै कमाउने क्रम पनि सुरू भयो। उनलाई 'शाही सैनिक कार्यक्रम'को जिम्मा लगाइयो। उनी नौ जनाको टोली बनाएर रेडियो छिरे र बन्दुक समाउने हातले ३७ वर्ष निरन्तर कलम चलाए। नाटक लेखे, लेखरचना लेखे र लेखे रूपक। उनको नाम उच्चारण हुनासाथ उनको परचिय स्वतः खुल्थ्यो, 'रूपक चलाउने सेनानी भीमबहादुर'। उनले रूपक लेखेनन् मात्र, प्रस्तुत गरे पनि। उनी रेडियो रूपकले यति लोकपि्रय बने, कालान्तरमा उनको परचिय नै यही बन्यो। र, उनी रेडियो रूपकका पर्याय हुनपुगे।

उनका जीवनमा अनेकौँ मोडहरू आए। मोडहरूसँगै सानातिना प्रतिकूलताहरू नथपिएका होइनन्। तर, भौतिक दुःख भन्ने उनले अनुभव गर्न पाएनन्। रेडियोदेखि सानो पर्दा र ठूलो पर्दाका अनगन्ती चलचित्रमा काम गरेर प्रसिद्धि र सम्मानको जीवन बिताए, बिताइरहेछन्। तर यात्रा, जीवनको उत्तरार्धमा छ। त्यसैले उनी अब परमार्थको चिन्तनमा छन्। बिहानै मठमन्दिरको चक्कर लगाउँछन्। उनलाई थाहा छ, जानेर कसैलाई दुःख दिएनन्। युद्ध भनेको मान्छे मार्नु नै हो। मारे। त्यो उनको कर्तर्व्य थियो। तर, त्यसो भनेर परमात्माले कहाँ मान्लान् र ? मारेको त हो नि ! त्यसैले उनी धर्मकर्ममा निष्ठाका साथ लागेको छन्। लर्केजोवनमा तरुनीसँग पनि जिस्िकए। "अहिले त म यस्तो छु, जवान हुँदा कस्तो थिएँ होला, अनुमान गर्नुस्," उनी ठट्यौलो शैलीमा भन्छन््, "केटीहरू मलाई देखेर हुरुक्क हुन्र्थे, भँगेरा चारोमा झुम्मिएझैँ झुम्मिन्थे।" त्यो उमेरमा, त्यो बैँसमा उनले पनि रमाइलो गरे। उनलाई त्यसको हिसाब पनि मिलाउनु छ। उनले त्यसको मोक्षप्राप्तिका लागि पनि बाटो बनाउनुपर्छ। अब उनले गर्न बाँकी काम खालि यत्ति हो। उनी यतिखेर परत्रको गन्तव्यमा पुग्न भक्तिधारामा डुबेर गोरेटो निर्माण गररिहेछन्।