भाेग्यप्रसाद भण्डारी
भोग्यप्रसाद भण्डारी नेपाली भाषाका एक उदार र हृदयी कवि हुन् । कवि भोग्यप्रसाद भण्डारी धार्मिक एवं आध्यात्मिक चिन्तनमा तल्लीन रहन्थे । धार्मिक तथा सामाजिक सेवामा समर्पित कर्मठ समाजसेवी व्यक्तिका रूपमा परिचित कवि भण्डारीको जन्म वि.संं. १९८६ साल आषाढ १२ गते सोमबारका दिन धनकुटा जिल्लाको ताँखुवा गाउँविकास समिति, वडा नंबर ०१ स्थित सिधुवा भन्ने ठाउँमा भएको हो । पिता नरपति र माता हरिकला भण्डारीका नौ सन्तानहमरूध्ये दोस्रो सन्तान (माइला छोरा) का रूपमा उनको जन्म भएको देखिन्छ । [१]
सामान्य जानकारी
सम्पादन गर्नुहोस्गहूँगोरो वर्ण, ठूलो अनुहार र मोटो शरीर भएका कवि भण्डारीको बाल्यकाल आफ्नै जन्मथलोमा सुखमय व्यतित भएको पाइन्छ । आमा हरिकलाको मातृवात्सल्य एवं परमपूज्य पिताजीको उचित रेखदेखका साथै दाजु, भाइ, दिदी र बहिनीका बीचमा सुमधुर प्रेमलाई बढाउँदै पारिवारिक स्नेह र ममतामा बडो रमाइलोसँग बतिेको पाइन्छ । समयको तरङ्गसँगै अध्ययन गर्ने क्रममा पिता नरपति भण्डारीले उत्तरमध्यमासम्म अध्ययन गरेका र हिन्दू वेदान्तदर्शनबाट प्रभावित भई प्रसिद्ध विद्वान् भएका नाताले कवि भण्डारीले पिताजीबाटै अक्षरारंभ गरेको बुझिन्छ । घरेलु र आनुवंशिक प्रभावले संस्कृत शिक्षामा प्रवेश गर्ने क्रममा औपचारिक रूपमा रुद्री र चण्डीको अध्ययन गरिसकेको बुझिन्छ । [२] साहित्यकार भोग्यप्रसाद भण्डारीमा पनि आफ्नै किसिमको साहित्यको साहित्यिक विशेषता पाइन्छ । उनी विविध प्रकारका उतार—चढाव र समस्याहरूसँग लड्दै खारिएको चम्किलो स्वर्ण जस्तै अस्तित्वबोध गराउने संघर्षशील साहित्यकारको रूपमा चिनिन्छन् । जीवनका सम्पूर्ण क्रिया—प्रतिक्रिया, छाया र प्रकाशलाई माध्यम नै साहित्य हो भन्ने मनसाय रहेका भण्डारी साहित्यकार हुनु कुनैपनि प्रकारको कृपा र वरदान होइन भन्न सकिन्छ । साहित्य—सर्जक बन्न कार्यनिष्ठता र लगनशीलता नै आवश्यक एवम् आधारभूत तङ्खव हुन् भन्ने कुरामा कवि विश्वस्त देखिन्छन् । साहित्य—सिर्जनामा उन्मुख हुँदै वि.सं. २०१६ मा नेपाल नामक पत्रिकामा उनको ‘‘सेतो’’ शीर्षकमा छापिएको बुझिन्छ । यसरी विभिन्न पत्रपत्रिकामार्फत धेरै फुटकर कविता प्रकाशन गरेका कवि भण्डारीले आफ्नो कवित्व शक्तिलाई परिपक्व बनाउँदै लगेको देखिन्छ । पुस्तककार कृतिहरु चाहिँ २०४२ साल पछाडी प्रकाशित भएका देखिन्छन् । साहित्य—सिर्जनाको ऊर्वरकाल भने २०४१ देखि २०५१ सालसम्म एकदशक मात्रै देखिन्छ । २००५—०६ सालदेखि २०१२—१३ सालसम्म आफ्नो अध्ययन कार्यलाई औपचारिक रूपमा समाप्त गरी प्राध्यापन पेशामा संलग्न भएका भण्डारी अध्यापन कार्यसँगै साहित्य सिर्जनातर्फ उन्मुख भएको पाइन्छ ।
साहित्य योगदान
सम्पादन गर्नुहोस्विशेष गरी नेपाली साहित्यको पद्यविधा कवितामा कलम चलाउने भण्डारीले गद्य कवितातर्फको कलम शून्यप्रायः नै देखिन्छ । प्राध्यापन पेशामा संलग्न कवि भण्डारीले जीवनमा इमानदार भई उत्तरदायित्वको पूर्ण पालना गरेको पाइन्छ । यसरी कर्मलाई ईश्वर मानेर आफ्नो कर्तव्य पालन गर्ने कवि भण्डारीले जीवन—जगतलाई कर्तव्यपरायणताको पाठ सिकाएका छन् । नेपाली साहित्यमा विशेष गरी कविताविधालाई साहित्य साधनाको कार्यक्षेत्र बनाउन संस्कृत साहित्यका विद्वान् कालीदास, जगन्नाथ र माघको प्रभाव रहनुका साथै लेखनाथीय शैलीबाट पनि प्रभावित भई कविता पद्यविधालाई नै स्वीकारेका हुन् भन्न सकिन्छ । अतः कवि भण्डारी नेपाली साहित्यमा गद्यबाट नभई पद्यबाट नै परिचित छन् । यसरी हेर्दा उनको साहित्यकार व्यक्तित्वको अध्ययन गर्दा एउटै विधा पद्य कवि व्यक्तित्वका रूपमा गर्नु युक्तिसंगत हुन्छ ।
साहित्यिक यात्रा
सम्पादन गर्नुहोस्भण्डारीको कविता यात्राको थालनी पिण्डेश्वर महाविद्यालयमा प्राध्यापन पेशामा हुँदादेखि नै भएको पाइन्छ । वि.सं. २०१६ सालमा नेपाल नामक पत्रिकामा ‘‘सेतो’’ शीर्षकमा प्रकाशित कविता नै उनको पहिलो कविता हो । कविता लेखनमा उनमा सृजनशील प्रतिभा र असल साधनका गुणहरूका साथै लेखनाथको प्रभाव पनि देखिन्छ । कवि भण्डारीका जेठा छोरा गोपालप्रसाद भण्डारीका अनुसार धरानको गीताभवनमा एकपटक स्वामी ईश्वरानन्दका आएका थिए, उनका बोलीचालीलाई तुरुन्तै अनुष्टुप छन्दमा परिणत गरेका थिए, यसबाट कविमा रहेको आसुकवित्वको बारे पनि प्रष्ट हुन्छ । कवि भण्डारीमा शीघ्र रूपमा कविता रच्नसक्ने क्षमता थियो । यही आसुकवित्वको प्रतिफलस्वरुप कविका धरान खण्डकाव्यका साथै प्रचलित लोकलयमा आधारित गेयरामायण र षडानन्दचरित महाकाव्यको रचना गरी नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएको पाइन्छ । फुटकर कवितादेखि खण्डकाव्य हुँदै महाकाव्यसम्मको सिर्जना र साहित्यकारमा उनले दिएको योगदानले कवि भण्डारीको कवि व्यक्तित्व वा काव्यकारिता बारे परिचय पाइन्छ । कवि भोग्यप्रसाद भण्डारीको व्रकाशित कृति २०१६ सालमा नेपाल पत्रिकामा छापिएको सेतो शीर्षकको कविता नै हो । यसै वर्ष अर्थात २०१६ सालदेखि कविता प्रकाशनको थालनी गरेका भण्डारीले विभिन्न समयमा पत्रपत्रिकाहरूमार्फत् आफ्ना लेख तथा रचना गरी प्रकाशन गरेको पाइन्छ । नेपाल, पीपल, स्पन्दन, प्रतिभा आदि पत्रिकाहरूमा उनका रचना प्रकाशित भइरहन्थे । प्रत्येक वर्ष मनाइँने मोती जयन्तीमा पनि कविले कविताहरू सुनाउने गरेको पाइन्छ । खाली समयलाई सदुपयोग गर्ने भण्डारीले निरन्तर लेखिरहेको र लेखिएका कतिपय रचनाहरू प्रकाशन नभई त्यसै फालिएका वा हराउने गरेको पनि बुझिन्छ । यसबाट कविका केही रचनाहरू पाण्डुलिपिमै सीमित भएका पनि बुझिन्छ [१] । गद्य साहित्यमा सकभर कलम नचलाएका कवि भण्डारीले पद्यात्मक विधामा नै रचना गर्ने गरेका उनका केही कृतिहरू हेर्दा तथा तत्कालीन उनका सहकर्मीहरूबाट बुझिन्छ ।
प्रकाशित कृतिहरू
सम्पादन गर्नुहोस्समग्रमा कवि भण्डारीका पुस्तकाकार प्रकाशित कृतिहरू निम्नानुसार रहेको पाइन्छ —
- . श्रीविष्णुमहिम्नस्तोत्र र गङ्गालहरी (स्तुतिकाव्य—भावानुवाद) वि.सं. २०४१ ।
- . षडानन्दचरित महाकाव्य २०४३ ।
- . गेयरामायण २०५४ ।
- . धरान खण्डकाव्य २०५४ ।
- . सप्तकोशीको प्रभाह पत्रिकामा तीनवटा कविता प्रकाशित २०४७ ।
यसरी विभिन्न काव्य कृतिहरूको सिर्जना गरेर कवि भण्डारीले नेपाली साहित्य भण्डारमा श्रीवृद्धि गरेको पाइन्छ ।