भाषा भन्नाले कुनै पनि सन्देश एकबाट दोस्रासम्म पुर्याउन वा अरूका सन्देश प्राप्त गर्ने माध्यम हो । भाषाका बारेमा विभिन्न जानकरी गराउने विज्ञानलाई भाषा विज्ञान भनिन्छ । यस आधारमा भाषा मानवीय उच्चारण अवयवबाट उच्चारित हुने र मानवमनका भाव वा विचारलाई अरूसमक्ष पुर्याउने माध्यम भन्ने मान्यता केही सङ्कुचित देखिन्छ । भाषा मान्छेको मात्र नभई हरेक प्राणीको हुन्छ जसबाट केही कुरा बोध हुन्छ । यी कुरालाई मध्य्यनजर गर्दा भाषा तीन प्रकारको हुन्छ ।

कथ्य भाषा सम्पादन गर्नुहोस्

मुखले बोलेर एक आपसमा सन्देश आदान प्रदान गरिने माध्यमलाई कथ्य भाषा भनिन्छ।

लेख्य भाषा सम्पादन गर्नुहोस्

लेखेर एक आपसमा सन्देश आदान प्रदान गरिने माध्यमलाई लेख्य भाषा भनिन्छ।

साङ्केतिक भाषा सम्पादन गर्नुहोस्

इसारा अथवा सङ्केत द्वारा एक आपसमा सन्देश आदान प्रदान गरिने माध्यमलाई साङ्केतिक भाषा भनिन्छ ।