भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था
भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था भारतको लेखा सम्बन्धी राष्ट्रिय संस्था हो । यो संसदले पारित गरेको चार्टर्ड एकाउन्टेन्ट्स एेन, १९४९ अन्तर्गत चार्टर्ड एकाउन्टेन्ट्स पेशाको नियामक नियाकको रूपमा सन् १९४९ जुलाई १ मा स्थापना भएको थियो । यो संस्था संसारको सदस्यहरूको संख्याको आधारमा संसारको दोश्रो ठूलो पेशागत लेखा तथा वित्तिय नियामक संस्था हो । यसले भारतका कम्पनीलहरू पालना गर्नु पर्ने लेखा मानहरू राष्ट्रिय वित्तिय प्रतिवेदन प्राधिकरणलाई सिफारिस गर्ने गर्दछ तथा अन्य निकायहरूले पालना गर्नु पर्ने लेखा मानहरू निर्धारण गर्ने गर्दछ । यो संस्था भारतमा हुने लेखापरीक्षणमा पालना गर्ने पर्ने लेखापरीक्षण मान तयार गर्नको लागि पूर्ण रूपमा जिम्मेवार रहेको छ । यसले चार्टर्ड एकाउन्टेन्टसले पालना गर्नु पर्ने अन्य प्राविधिक मानहरू समेत तयार गर्ने गर्दछ । उक्त मानहरू तयार गर्नको लागी यसले भारत सरकार, केन्द्रिय बैङ्क तथा धितोपत्र बोर्डसँग समन्वय गरी कार्य गर्दछ ।
भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAI) भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था | |
---|---|
नारा | य एष सुप्तेषु जागर्ति |
स्थापना | 1 जुलाई 1949 |
निर्देशांक | २८°३७′४०″N ७७°१४′३२″E / २८.६२७८१५°N ७७.२४२१३५°E |
कार्य क्षेत्र | भारत |
सदस्यहरू | २५३,३६९ (१ अप्रिल २०१६)[१] |
वेबसाइट | www |
यस संस्थाको सदस्यहरूलाई चार्टर्ड एकाउन्टेन्ट्स भनिन्छ तर यो शब्द शाही मोहर भएको व्यक्तिसँग कुनै सम्बन्धीत छैन् । चार्टर्ड एकाउन्टेन्ट्स विषय प्रकाशित नैतिकताको कोड तथा पेशागत मानहरूमा आधारित छ । भारतको कम्पनी एेन, २०१३ अनुसार भारतीय कम्पनीमा बाह्य लेखापरीक्षको रूपमा चार्टर्ड एकाउन्टेन्टस मात्र नियुक्त हुन पाउँदछन् ।
आदर्श वाक्य र मिशन
सम्पादन गर्नुहोस्यस संस्थाको आर्दश वाक्य य एष सुप्तेषु जागर्ति (संस्कृत) रहेको छ ।[२] जसको अर्थ एक जागेको व्यक्ति जसले निन्द्रमा भएकाहरूलाई उठाउँछ ।
इतिहास
सम्पादन गर्नुहोस्भारत स्वतन्त्र हुनु पूर्व नै लागु भएको कम्पनी ऐन, १९१३ ले ऐन अन्तर्गत स्थापना भएका कम्पनीले तयार गर्नु पर्ने विभिन्न कागजात तथा रेकर्डहरूको बारेमा लेखिएको थियो । उक्त ऐनमा कम्पनीको कागजातहरूको जाँच गर्नको लागि आधिकारिक रूपमा लेखापरीक्षक नियुक्त गर्नु पर्ने व्यवस्था समेत रहेको छ । लेखापरीक्षकको रूपमा कार्य गर्नको लागि सरकारद्वारा प्रदान गरिएको प्रमाणपत्र लिएको व्यक्ति हुनु पर्ने हुन्थ्यो । पछि सन् १९२० मा यस्तो प्रमाण पत्र वितरण गर्न वन्द गरिएको थियो । सन् १९३० मा सरकारले लेखापालहरूको रजिष्टर तयार गर्ने निर्णय गरेको थियो र जसको नाम यस रजिष्टरमा हुने गर्दथ्यो त्यो व्यक्तिलाई दर्तावाल लेखापाल भन्ने गरिन्थ्यो । [३]
सदस्यता
सम्पादन गर्नुहोस्यस संस्थाका सदस्यहरूलाई चार्टर्ड एकाउन्टेन्ट्स भनिन्छ । यस संस्थाको सदस्य बन्नको लागि तोकिएको परीक्षा दिनु पर्ने हुन्छ भने तीन वर्षको व्यावसायिक तालिम समेत लिनुको साथै ऐन तथा नियमावली अनुसारको आवश्यक पूरा गर्नु पर्ने हुन्छ । भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यले आफ्नो नाम अगाडि सिए भन्ने शब्दको प्रयोग गर्न सक्दछन् ।[४] १ अप्रिल २०१४ सम्मा यस संस्थाका २५०,००० सदस्यहरू रहेका थिए । [५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Key statistics", ICAI, १ अप्रिल २०१४, अन्तिम पहुँच ७ जुन २०१५।[स्थायी मृत कडी]
- ↑ [१][स्थायी मृत कडी]
- ↑ G.P.Kapadia (१९७३), History of the Accountancy Profession in India, आइएसबिएन 978-0-439-41111-0।
- ↑ "Now, chartered accountants can prefix `CA' to their name", The Hindu Business Line, २७ जनवरी २००६, अन्तिम पहुँच १० फेब्रुअरी २०११।
- ↑ "ICAI Key Statistics", ICAI, अन्तिम पहुँच २७ मार्च २०१५।[स्थायी मृत कडी]