भरतराज उप्रेती
सर्वोच्च अदालतका पूर्वन्यायधिश
भरतराज उप्रेती नेपालको सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा वरिष्ठ अधिवक्ता थिए ।
भरतराज उप्रेती | |
---|---|
जन्म | सिन्धुपाल्चोक | जुलाई ८, १९५०
मृत्यु | २०७२ जेठ १० गते काठमाडौँ |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्भरतराज उप्रेती वि.सं. २०३३ सालमा सर्वोच्च अदालतको अधिवक्ताका रूपमा नियुक्त भएका थिए । वि.सं २०६५ माघ ९ गते सालमा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा २१ वर्ष अध्यापन पनि गरेका थिए भने काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फक्याल्टिका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। [१]
मृत्यु
सम्पादन गर्नुहोस्वि.सं. २०७२ जेठ ११ गते भरतराज उप्रेतीले ज्ञानेश्वरस्थित आफ्नो निवासको बैठक कक्षमा झुन्डिएर आत्महत्या गरेका थिए। [२] उप्रेतीले सुसाइड नोटमा 'मेरो काज क्रिया गर्नुपर्दैन । मेरो शवलाई अध्ययनमा प्रयोग गर्न शिक्षण अस्पताललाई दिनु र काज क्रिया वापतको ५ लाख राहत कोषमा जम्मा गरिदिनु' लेखेका थिए।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "किन गरे सर्वोच्चका पूर्व न्यायाधीश उप्रेतीले आत्महत्या? 'सुसाइड नोट'मा छ यस्तो विवरण", पहिलोपोस्ट, Pahilopost, अन्तिम पहुँच २५ मे २०१५।
- ↑ "सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या", कान्तिपुर, Kantipur, अन्तिम पहुँच २५ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०१५ मिति