वरियाती केटीका घरमा पुग्न लाग्दा जन्तको सङ्ख्या आदिको पूर्व सूचना गर्न जन्तीका तर्फबाट पठाईने मानिस(हरू)

केटी पक्षका घरगाउँलेहरूले भतखराउलाई जिस्क्याउने गरिन्छ |(अनेक तरिका अपनाउने पुरानो चलनमा आजकाल विधि पुर्‍याउने कार्यका रूपमा यसमा सुधार आएको छ)। कसारभित्र पैसा राख्ने, दहीमा नून, अचारमा चिनी हालेर खान दिने, ओछ्याउन दिएको राडी-गलैँचामुनी तोरीका दाना, मकैका खोया, अमला आदि राख्ने, केराका गानाको हुक्का बनाएर राखिदिने गरिन्थ्यो। यस्ता कार्यलाई हाँस्ने-हसाउने मनोरञ्जक कार्यका रूपमा लिइन्थ्यो। यदाकदा यस्ता कार्यले अपि्रय रूप पनि लिन्थ्यो।