भारतीय सामाजिक सांस्कृतिक र साहित्यिक इतिहासको मध्यकालको सबै भन्दा महत्त्वपूर्ण विशेषताको भक्ति आंदोलनको रूपमा जान्न सकिन्छ। साहित्यको क्षेत्रमा यो भक्ति काव्यको विराट रस श्रोतको रूपमा प्रकट भएको हो।

भक्ति काव्यको स्वरूप

सम्पादन गर्नुहोस्

भक्ति काव्यको स्वरूप अखिल भारतीय थियो। दक्षिण भारतमा दार्शनिक सिद्धांतहरूका ठोस आधारले समृद्ध भएर भक्ति उत्तर भारतमा एक आंदोलनको रूपमा फैलियो। यसको प्रभाव कला, लोक व्यवहार आदि जीवनको समस्त क्षेत्रहरूमा पर्‍यो। कबीर, जायसी, मीरा, सूर, तुलसी आदि कवियों सँग रामानन्द, चैतन्य महाप्रभु, वल्लभाचार्य आदि आचार्यहरूको सिद्धांतहरूमा भक्तिको त्यहि स्वरूपको दर्शन हुन्छ।

भक्ति काव्यको भेद

सम्पादन गर्नुहोस्

भक्ति काव्यका प्रधानतः दुई भेद छन् निर्गुण र सगुण भक्ति काव्य। निर्गुण भक्ति काव्यका दुई शाखाहरू छन् ज्ञानमार्गी जसको प्रतिनिधि कवि कबीर हुन् र प्रेम मार्गी जसको प्रतिनिधि कवि मलिक मुहम्मद जायसी हुन्। सगुण भक्ति काव्यका पनि दुई शाखाहरू छन्। कृष्ण भक्ति शाखा र राम भक्ति शाखा। यिनका प्रतिनिधि कवि क्रमशः सूर र तुलसी दास हुन्। यसको अतिरिक्त शैव, शाक्त, सिद्ध, नाथ जैन आदि कवि पनि यस कालमा रचना रत थिए।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

बाहिरी कडिहरू

सम्पादन गर्नुहोस्