ब्राह्मपुत्र-जमुना नदी प्रणाली

ब्राह्मपुत्र-जमुना नदी प्रणाली बाङ्लादेशको तीन प्रमुख नदी प्रणाली मध्ये एक हो। टिष्टा नदिको अधिनमा रहेका ब्रह्मपुत्र जमुना र प्राचीन ब्रह्मपुत्र र तिनका साखा नदिहरू नदि बङ्गलादेशको लगभग आधा क्षेत्रफलमा फैलिएको छन्। यस नदि प्रणालीले बङ्गलादेशको ८ विभाग मध्ये दुई विभाग भएर बग्छ जसमा राजशाहीढाका विभाग समावेश छन्। [१]

बह्मपुत्र नदीले बाङ्लादेशको उत्तरमा पर्ने छिमेकी देश भारतको भवानीपुर देखि उत्तर पूर्वमा पर्ने जिल्ला कुडिग्राम हुँदै बग्छ। यो नदि पहिले दक्षिणमा बग्छ भने पछि यो दक्षिण पूर्वमा मोडिदै मधुपुर तिर बगि भैरव बाजारमा गई मेघना नदिसँग मिल्छ। मेघनाको नदिको साथमा यसले तिनकुने निर्माण गर्न ठूलो योगदान गर्दछ। प्रमुख नदिहरू मध्ये ब्रह्मपुत्र र जमुना सबै भन्दा अधिक ऊर्जावान र उच्चतम धारा बहाव धारा भएका नदिहरू हुन्। यो नदि गङ्गाको भन्दा सानो जल निकासी धारा रहेको छ। ब्रह्मपुत्र-जमुना नदिले हिमालय को उत्तरी र पूर्वी ढलहरू खाल गर्दछ र यो ५८३००० वर्ग किलोमिटरमा फैलिएको छ। यो नदिसँग दुई दायाँ सहायक नदिहरू र दुई बायाँ सहायक सहायक नदिहरू रहेका छन्। टिष्टा र आत्राई-गुर ब्रह्मपुत्र-जमुनाको दायाँ दुई सहायक नदीहरू छन् र ब्रह्मपुत्र नदीको मुख्य प्रवाह, प्राचीन ब्रह्मपुत्र र धालेश्वरी नदीको बाँयामा रहेको छ। वास्तवमा पुरानो ब्रह्मपुत्र नदी र ढलेश्वरी नदी दुई ब्रम्हपुत्र-जमुना नदी र माथिल्लो मेघनासँग जोडिएका छन्।[२]

१९अौँ (सन् १८३०) शताब्दीको सुरुवातमा ब्रहम्पुत्र नदि जमुना नदिसँगै बहादुरबद हुँदै बग्न शुरू गरेको थियो। जमुना नदि पहिले गोलन्दघाटमा गङ्गा नदिमा गई मिसिन्छ र दुई नदिहरू गोलन्दघाट भन्दा पछि पद्मा नामले मेघना नदिसँग चाँदपुरमा मिसिन्छ। यस नदीको कुल लम्बाई यसको दक्षिणपश्चिमी तिब्बत देखि बङ्गालको खाडीको किनारमा अगाडिबाट लगभग २८५० किलोमिटर रहेको छ (अघिल्लो भागमा पद्म र मेघना सहित)। बङ्गलादेशको इलाका भित्र, ब्राह्मपुत्र-जमुना नदिको कुल लम्बाई २७६ किलोमिटर रहेको छ जसमा ब्रह्मपुत्र मात्र ६९ किलोमिटरमा फैलिएको छ। १८ औँ शताब्दीको अन्त्य तिर जमुना नदि गङ्गा नदि तिर बगेको थियो भने सन् १७८७ को विनाशकारी बाढी पछि जसमा रङ्पुरको एक ठूलो भाग तहसनहस भएको थियो। यो नदि पछि पूर्व भएर बग्न शुरू गरेको थियो र पछि यो नदि ब्रहम्पुत्रमा मिसिएको थियो।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ব্রহ্মপুত্র নদ - বাংলাপিডিয়া", বাংলাপিডিয়া, २०१९-११-०५। 
  2. মানিক মোহাম্মদ রাজ্জাক (२०१६-१२-१७), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", ঢাকা: কথাপ্রকাশ, पृ: ১৩৫, आइएसबिएन 984-70120-0436-4 
  3. Brahmaputra River, Encyclopædia Britannica

बाह्य कडीहरू सम्पादन गर्नुहोस्