बूढानीलकण्ठ स्कूल नेपाल सरकार र संयुक्त अधिराज्यको संयुक्त लगानीमा सन् १९७२मा स्थापना भएको हो। काठमाडौंको बूढानीलकण्ठमा रहेको यस स्कूलले ५ सय ७८ रोपनी क्षेत्रफल ओगटेको छ। प्रतिस्पर्धात्मक प्रवेश परीक्षा उत्तीर्ण गरेपछि कक्षा ४ देखि भर्ना सुरु गरिने यस विद्यालयमा एकतिहाइ विद्यार्थीहरू देशको पाँचवटै क्षेत्रबाट क्षेत्रगत प्रतिस्पर्धाबाट चुनिएर आउँछन्। साथै कक्षा ७ र कक्षा १मा पनि केही विद्यार्थीले प्रवेश पाउन सक्छन्।

विद्यालयले सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार पढाइ सञ्चालन गरी एस.एल.सी. परीक्षामा आफ्ना विद्यार्थी सम्मिलित गराउँछ। तर एस.एल.सी. पछि बेलायतको क्याम्बि्रज विश्वविद्यालयको 'ओ' र 'ए' लेभल तयारीका लागि संयुक्त अधिराज्यमा सिफारिस गरिएको पाठ्यक्रमसमेत अध्ययन, अध्यापन गराउँदै आएको छ।