महाकवि अश्वघोषद्वारा संस्कृत भाषामा रचना गरिएको बुद्धचरित महाकाव्य १७ सर्गमा संरचित छ, तर यस महाकाव्यमा २८ सर्ग रहेको कुरा चिनियाँ तथा जापानी अनुवादबाट थाहा हुन्छ । यसमा महाकविले बुद्धको चरित्र र उपदेश दुबैको वर्णन गरेका छन् । उनले यसमा सिद्धार्थ गौतमको जन्मदेखि लिएर बुद्धत्व प्राप्त गरेपछि बुद्धधर्मको उपदेश दिन थाल्दासम्मको जीवनगाथाको वर्णन पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य सन्दर्भ सम्पादन गर्नुहोस्

[१]