बिनायो किराँतहरूको परम्परागत नेपाली बाजा हो जो छिप्पिएको मालिङ्गोबाट बनाइन्छ। बाँसको सानो - लगभग छ ईन्चको भाटाको बिचमा खोपेर जिब्रो निकालि दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाएको हुन्छ । यसरी बनाएको बिनायोलाई जिब्राको अगाडि पट्टीको लामो डोरीलाई झड्कारेर बजाईन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्नलाई बिनायोलाई मुखको दुबै ओठमा राखी भित्रवाट हावाको धक्काद्धारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ ।

यो बाजा किराँत महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोकिन्छ । यसरी बोकेको बिनायोलाई मेलापात वा हाटबजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुई वटा जिब्रो भएको बनाउन छाडिएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्