तैयार हुनेबितिक्कै उपयोगमा नल्याई अर्को दिन खाने खानालाई बासी खाना भनिन्छ । यद्यपि अंग्रेजी शब्द "stale food" सँग ठ्याक्कै मिल्दैन जसको अर्थ सडेको खाना हो ।

बासी पाउरोटी
बासी भात

बासी खाना र तयार खाना (Readymade food) पश्चिमी देशहरूमा धेरै प्रख्यात छन् ।[१] बासी खानालाई कुनै पनि देशमा राम्रो खाना मानिँदैन तर समय धेरै नलागोस् भन्ने उदश्यले मान्छेहरूले यसको प्रयोग गरेको पाइन्छ। सबै खाना बासी हुँदैन पुरानो रोटी कुनै देशमा सूपमा राखिन्छ वा खाजा जस्तै खाइन्छ र मधुमेह भएका मानिसहरूको रक्तचाप कम गर्न मद्दत गर्छ।[२]

स्वास्थ्य सम्पादन गर्नुहोस्

बासी खाना धेरै दिनको खाएमा स्वास्थ्यमा समस्या आउँछ[३]। बासी खाना ताजा नहुने भएकाले त्यसबाट उत्पादन हुने केमिकलले हाम्रो शरीरमा असर गर्छ, यसलाई खाद्य जनित रोग भनिन्छ। खाना पकाए पछि २ घण्टाभित्र फ्रिजमा खाना राख्दा बासी हुनबाट बच्छ।[३]नेवार सुमदायमा बासी खानालाई रक्सी बनाउन पनि प्रयोग गरिन्छ।

केही सोधहरूको अनुसार बासी भात खानाले स्वास्थ्यको लागि धेरै फाइदाहरू छन्[४][५], तर यो पुष्टि भएको छैन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The rise of the ready meal", अन्तिम पहुँच १६ जुन २०२० 
  2. "Stale Roti Is The Magical Answer To Diabetes And Other 4 Health Issues", spotlightnepal 
  3. ३.० ३.१ "बासी खाना खाने के ये नुकसान जानते हैं आप!", NBT (हिन्दीमा), अन्तिम पहुँच १४ जुन २०२० 
  4. "बासी भात खाँदा पनि अनगिन्ती फाइदा !", अन्तिम पहुँच १५ जुन २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१५ मिति
  5. "बासी भात खाँदा पनि अनगिन्ती फाइदा !", अन्तिम पहुँच १५ जुन २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१५ मिति