बजेट
सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख, चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्तावेज हो । तर एसियाली विकास बैङ्कले बजेटलाई आर्थिक गतिविधिहरूको ऐना भनेर परिभाषित गरेको छ । बजेटलाई जिम्मेवारी किटान गरी अख्तियारि दिने माध्यम पनि भनिन्छ । बजेट आवधिक योजनाहरु कार्यान्वयन गर्ने माध्यम पनि हो ।
शाब्दिक रूपमा हेर्ने हो भने Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougetteबाट आएको हो जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ ।[१]
विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।
सरकार
सम्पादन गर्नुहोस्प्रतिनिधि बेगरले कर लगाउन पाइँदैन' भन्ने बजेटको मान्यता छ । सरकारको बजेट अनुमानित स्रोतहरू (अक्सर तर सधैं करहरूबाट होइन) र सरकारको खर्चहरूको सारांश वा योजना हो। सरकारी बजेट तीन प्रकारका हुन्छन्: सञ्चालन वा चालु बजेट, पुँजी वा लगानी बजेट र नगद वा नगद प्रवाह बजेट।[२]
संयुक्त राज्य अमेरिका
सम्पादन गर्नुहोस्संघीय बजेट व्यवस्थापन र बजेट कार्यालय द्वारा तयार गरिन्छ, र छलफलको लागि कांग्रेसमा पेश गरिन्छ। लगभग सबै अमेरिकी राज्यहरूमा सन्तुलित बजेट हुनु आवश्यक छ, तर संघीय सरकारले घाटाको बजेट पेश गर्न सक्छ।[३]
नेपाल
सम्पादन गर्नुहोस्नेपालमा जेठ १५ गणतन्त्र दिवसमा संसदमा बजेट पेश गर्नु पर्ने संवैधानिक प्रावधान छ । [४] [५] संविधानको धारा ११९ को उपधारा (३) मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्र गते संघीय संसदमा पेस गर्नेछ’ भन्ने प्रावधान छ ।
व्यवसायिक बजेट
सम्पादन गर्नुहोस्व्यवसाय, शाखा वा निगमको बजेट सञ्चालन, मानव संसाधन, आईटी, आदि विभिन्न विभागहरूको अपेक्षित आम्दानी र खर्चको निकट- भविष्यको लागि वित्तीय पूर्वानुमान हो।[६] [७] [८] [९][८]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "bouget", Merriam-Webster।
- ↑ Cliche, P. (2012). "Budget", in L. Côté and J.-F. Savard (eds.), Encyclopedic Dictionary of Public Administration, [online], http://www.dictionnaire.enap.ca/Dictionnaire/en/home.aspx वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०५ मिति
- ↑ "Constitutional Balanced Budget Amendment Poses Serious Risks", Center on Budget and Policy Priorities (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१३।
- ↑ सिंह, शंकर मान (२०७९, जेठ १), "गणतन्त्र दिवस र बजेट वक्तव्य : एकै दिन", aarthikdainik।
- ↑ वाग्ले, अच्युत (जेष्ठ १५, २०७४), [गणतन्त्र दिवसमा खप्टिएको ‘बजेट डे’ "https://ekantipur.com/opinion/2017/05/29/20170529081742.html"]
|url=
योजना जाँच गर्ने (सहायता), कान्तिपुर। - ↑ Jonas Elmerraji (2021). How Budgeting Works for Companies, investopedia.com
- ↑ Edriaan Koening (N.D.) What is Corporate Budgeting?, chron.com
- ↑ ८.० ८.१ "CIMA Official Terminology", मूलबाट २०१३-०८-१०-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१० मिति
- ↑ Rosemarie Kelly (2019). "Budgeting" Institute of Certified Public Accountants in Ireland