बजार निर्माता (अङ्ग्रेजी: Market maker) एउटा अनुमति प्राप्त संस्था, धितोपत्र दलाल, धितोपत्र व्यापारी वा शेयर दलाल संस्था हो । डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरूमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ । बजार निर्माताले क्रेता र बिक्रेताबीचको समयको अन्तरलाई पुलको रूपमा जोडिदिने काम गर्छ । सामान्यतया दोश्रो बजार बजारमा खरिद र बिक्री एकैपटक हुन्छ । बिक्रेताको शेयर त्यतिबेला मात्र बिक्री हुन्छ, जब खरिदकर्ता उक्त शेयर खरिद गर्न आउँछन् । त्यस्तै एउटा खरिदकर्ताले तबमात्र दोश्रो बजारबाट शेयर खरिद गर्न पाउँछ जब बिक्रेताले बिक्री गर्न तयार हुन्छ । यसरी एक अर्काको सहमति बिना कारोबार सम्भव नै हुँदैन ।

Looking up at a computerized stocks-value board at the Philippine Stock Exchange

बजार निर्माताले जहिले पनि बिक्रेतालाई बजार मूल्यभन्दा केही कम र क्रेतालाई बजार मूल्य भन्दा केही बढी न्यूनतम मूल्य तोकेर शेयरको खरिद तथा बिक्रीको बोलकबोल गराउँछ । यसरी क्रेता वा बिक्रेतामध्ये कुनै एक पक्ष भए पनि बजार निर्माताले उसको शेयर खरिद गरिदिन्छ र क्रेता नआउञ्जेल होल्ड गरेर राख्छ । त्यसबीचको मूल्यको जोखिम पनि उसैले लिन्छ । यसरी बजार मूल्य भन्दा कममा किन्ने र बढीमा बेच्दा आउने नाफा बजार निर्माताको आम्दानी हुन जान्छ । तर बजार निर्माता ठूलो परिमाणको खरिदबिक्रीमा मात्र सहभागी हुन्छ ।[१]

सन्दर्भ सम्पादन गर्नुहोस्