बङ्गाली संस्कृतिमा भूत


बङ्गाली संस्कृतिमा भूत वा बङ्गाली लोककथामा भूत एक महत्त्वपूर्ण भाग हो। भूतको अवधारणा प्रायः प्राचीन र नयाँ बङ्गाली रूपकथाहरू वा परी कथाहरूमा प्रयोग गरिन्छ। भूतप्रेतका उदाहरणहरू आधुनिक बङ्गाली साहित्यमा प्रायः पाइन्छन्। जनविश्वासका आधारमा भूत यस्ता अमूर्त शक्तिका शारीरिक आत्माहरू हुन् जसले परलोकमा शान्ति पाएका छैनन्। (जसलाई अतृप्त आत्मा पनि भनिन्छ) यिनीहरू संसारमा असामान्य रूपमा मरेका हुन्छन् जसमा हत्या, आत्महत्या, वा दुर्घटना सामेल छ। थप जनविश्वासका अनुसार अन्य जीवित प्राणीहरू पनि आफ्नो मृत्युपछि भूत बन्न सक्छन्। बङ्गालमा भूतलाई कहिलेकाहीँ प्रेत वा प्रेतात्मा पनि भन्नेे गरिन्छ। भूतको स्त्री शब्दलाई पेत्नी र पुरुष शब्दलाई प्रेत भन्ने गरिन्छ।

राजाको दरबारमा एउटा "दानव" (एक प्रकारको भूत) को चित्र। जसलाई "हजुरआमाको टोकरी"बाट (सन् १९०७) लिइएको हो

विभिन्न प्रकारका भूतहरू

सम्पादन गर्नुहोस्

बङ्गाली संस्कृतिमा धेरै प्रकारका भूतहरू रहेको विश्वास गरिन्छ, तीमध्ये केही उल्लेखनीय भूतहरू यस प्रकार रहेका छन्:

  • पेत्नी: पेत्नी भूतको स्त्रीलिङ्गी प्रजाति हो जसमा बाँच्नको लागि केही अतृप्त आशा र आकांक्षाहरू रहेता पनि उ अविवाहित मरेको विश्वास गरिन्छ। पेत्नी शब्द संस्कृत शब्द प्रेतिनीबाट (पुरुषवाचक शब्द प्रेत) आएको हो। यस प्रकारका भूतहरूले सामान्यतया कुनै पनि आकार लिन सक्दछन् भने कहिलेकाहीँ पुरुषको आवरण पनि लिन सक्दछन्। यिनीहरू जीवित छँदा सामान्यतया अपराध गर्न प्रतिबद्ध हुन्छन् र मृत्युपछि श्रापित हुँदै पृथ्वीमा घुम्छन्। पेत्नीहरू अति खराब स्वभावको रहेको विश्वास गरिन्छ भने कुनै प्राणीलाई आक्रमण गर्नु पूर्व उनीहरू स्पष्ट रूपमा मानव रूपमा रहिरहन्छन्। मानव आकार रहेको भएतापनि पेत्नीहरूको पैताला पछाडि तिर फर्किएका हुन्छन्। यिनीहरूलाई पहिचान गर्ने एकमात्र तरिका भनेको उनीहरूको पैताला हो। यद्यपि यिनीहरूले सामान्य महिलाहरूको रूप धारण गर्न सक्दछन्। यिनीहरूको पैतला र औँलाहरू मानव मुद्रा धारण गर्दा पनि पछाडि तिर फर्किरहेका हुन्छन्।
 
शाकचुन्नी
  • शाकचुन्नी: शाकचुन्नी शब्द संस्कृत शब्द शङ्खचुर्णणीबाट आएको हो। यो हिन्दू विवाहित महिलाहरूको भूत हो, जसले विशेष रूपमा बनाइएको बङ्गाली सेतो साडी लगाउँछन् र हातमाा शङ्ख बोकेको हुन्छन्। शङ्ख बङ्गाली विवाहित हिन्दू महिलाहरूको प्रतीक हो। शाकचुन्नीहरू सामान्यतया धनी विवाहित महिलाहरूमाथि आक्रमण गर्ने गर्दछन् जसकारण उनीहरू स्वयं त्यस महिलाजस्तै बाँच्न सकेको र वैवाहिक जीवनको आनन्द उठाउन सकेको ठान्दछन्। लोककथाअनुसार यिनीहरू रूखमा बस्दछन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्