बङ्गलादेशमा विद्युतीय वाणिज्य

बङ्गलादेशमा ई-वाणिज्यले बङ्गलादेशको व्यवसायको इलेक्ट्रोनिक वाणिज्य क्षेत्रलाई जनाउँदछ।[१][२]

इतिहास सम्पादन गर्नुहोस्

सन् २००९ मा बङ्गलादेश बेङ्कले अनलाइन भुक्तानीलाई अनुमोदन गरेको थियो र सन् २०१३ मा बेङ्कले अनलाइन भुक्तानीको लागि डेबिट र क्रेडिट कार्डको प्रयोगलाई पनि अनुमोदन गरेको थियो।[३] बङ्गलादेशको ई वाणिज्य सङ्घ, बङ्गलादेशमा इ वाणिज्यको लागि व्यापारीक निकाय हो। सङ्घका अनुसार, केवल फेसबुकमा ८००० इ वाणिज्य पृष्ठहरू रहेका छन्। क्रेडिट र डेबिट कार्डको कम प्रयोग र पेपलको अनुपलब्धताले उद्योगको विकासलाई निषेध गरिरहेको छ।[४] सन् २०१६ मा बङ्गलादेश सरकारले देशका प्रत्येक जिल्लाका लागि इ वाणिज्य साइटहरू खोलेको थियो।[५] उही वर्ष, बङ्गलादेश उद्योग वाणिज्य महासङ्घले इ वाणिज्यमा कर हटाउने सिफारिश गरेको थियो।[६] सन् २०१७ को तथ्याङ्कका अनुसार ई वाणिज्य साइट मार्फत प्रति वर्ष १० अर्ब टाका बराबरको लेनदेन हुन्छ।[७][८]

हालका व्यापारीक प्रकारहरू सम्पादन गर्नुहोस्

बङ्गलादेशमा निम्न चार प्रकारका ई वाणिज्यहरू लोकप्रिय छन्:[९]

क) व्यापार देखि व्यापार[९]
ख) व्यापार देखि उपभोक्त [९]
ग) उपभोक्त देखि उपभोक्त[९]
घ) व्यापार देखि कर्मचारी[९]
ङ) व्यापार देखि व्यापार [९]

बङ्गलादेशमा अन्य कम्पनीहरूको लागि कार्यालय, स्टेशनरी, सुशाङ्ख्य, सरसफाई, रसायन आदी प्रस्ताव गर्ने कम्पनीहरू पनि रहेका छन्।[१०]

व्यापार देखि उपभोक्त सम्पादन गर्नुहोस्

व्यापार देखि उपभोक्ता क्षेत्र, खानाको गृह वितरणको वृद्धिको माध्यमबाट बङ्गलादेशमा वृद्धि भएको थियो।[११] यहाँ फेसबुकमा आधारित अन्य कम्पनीहरू पनि रहेको छन् [१२] जसले बङ्गलादेशका मानिसहरूलाई संयुक्त राज्य अमेरिका,बेलायत र भारतबाट उत्पादनहरू खरिद गर्न अनुमति दिन्छ। लेनदेनको बहुमत नगद मार्फत गरिन्छ। [१३]

उपभोक्त देखि उपभोक्त सम्पादन गर्नुहोस्

विक्रय सहित वर्गीकृतको रूपमा कार्य सञ्चालन गर्ने यहाँ धेरै कम्पनीहरू पनि रहेका छन्।[१२]

व्यापार देखि कर्मचारी सम्पादन गर्नुहोस्

देशमा सञ्चालित धेरै वेबसाइटहरू छन् जसले बङ्गलादेशमन रोजगारको बारेमा जानकारीहरूको आदनप्रदान गर्दछन्।[१२]

अङ्कीय बजारशास्त्र सम्पादन गर्नुहोस्

अङ्कीय बजारशास्त्र हालको क्षेत्र हो जुन द्रुत बृद्धि भइरहेको छ। सन् २०१४ देखि बीस कम्पनीहरू राष्ट्रको अङ्कीय बजारमा उदाउन थालेका थिए।[१४][१५] परम्परागत बजारशास्त्रको विपरीत, अङ्कीय बजारशास्त्रमा उपभोक्ताहरू संलग्न गराउन र विभिन्न अङ्कीय मञ्चहरूमा कुराकानी सञ्चालन गर्ने रणनीतिहरू समावेश छन्। [१६]

राष्ट्रमा अङ्कीय बजारशास्त्र उद्योग कम अनलाइन साक्षरता दर भएका उपभोक्ताहरूसँग परिपक्क भएको छैन। मोबाइल मार्फत लेनदेन बढेका कारण उद्योगको आकार दोब्बर भएको छ, प्रत्येक महिना मोबाइल फोन मार्फत अनुमानित ७० अर्ब टाका स्थानान्तरण गरिन्छ।[१७] बङ्गलादेशसँग विश्वमा दशौँ ठूलो मोबाइल फोन प्रयोगकर्ताको आधार छ भने देशव्यापी रूपमा ६ करोड इण्टरनेट जडानहरू छन्।[१८] राजधानी ढाकामा आयोजित सर्वश्रेष्ठ विश्वव्यापी अङ्कीय बजारशास्त्र विश्व भमण २०११ मा सूचना तथा सञ्चार प्रविधि विभागमा राज्य मन्त्री जुनेद अहमद पलकले उक्त कार्यक्रममा "म अङ्कीय बजारशास्त्र, अङ्कीय बङ्गलादेशको अनिवार्य अङ्गको रूपमा रहेको कुरा व्यक्त गर्न पाउँदा खुसी व्यक्त गर्दछु। भन्ने भनाई राखेका थिए।[१९] बङ्गलादेशमा हाल ६ करोड ५० लाख इण्टरनेट प्रयोगकर्ताहरू छन्, जसमा उक्त सङ्ख्याले देशको कुल जनसङ्ख्याको ४० प्रतिशत भाग ओगटेको छ। बङ्गलादेश ब्राण्ड फोरमद्वारा सन् २०१३ देखि अङ्कीय बजारशास्त्र सम्मेलन वार्षिक रूपमा आयोजना गरिन्छ। [२०][२१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bangladesh to see 72pc growth in e-commerce sales", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-११-१७, अन्तिम पहुँच २०१७-०२-०४ 
  2. "Concerns for online purchases", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१७-०१-३१, अन्तिम पहुँच २०१७-०२-०४ 
  3. "E-commerce to drive growth in electronic payments", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-११-०६, अन्तिम पहुँच २०१७-०२-०४ 
  4. "Tradeshi ties up with Alibaba for e-commerce", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-०९-२९, अन्तिम पहुँच २०१७-०२-०४ 
  5. "E-commerce and its challenges in Bangladesh", द फाइनान्सियल एक्सप्रेस, अन्तिम पहुँच २०१७-०२-०४ 
  6. "Government initiative to take e-commerce in rural Bangladesh", बिडिन्युज २४ डटकम, अन्तिम पहुँच २०१७-०२-०४ 
  7. "Withdraw all taxes on e-commerce: FBCCI", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-०६-१६, अन्तिम पहुँच २०१७-०२-०४ 
  8. "Mobile money customers brace for hurdles", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१७-०१-३१, अन्तिम पहुँच २०१७-०२-०४ 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ "রপ্তানি" 
  10. "Sindabad" 
  11. "Popularising Homemade Food", New Age (अङ्ग्रेजीमा), २०१७-१०-१३, अन्तिम पहुँच २०१७-१०-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति
  12. १२.० १२.१ १२.२ "E-commerce in Bangladesh", Dhaka Tribune (अङ्ग्रेजीमा), मूलबाट २०१७-०२-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०२-०३ 
  13. "ই-বাণিজ্য এখন কোটির শিল্প এবং বর্ধমান", द डेली ष्टार (बाङ्लामा), २०१६-०१-०८, अन्तिम पहुँच २०१७-०२-०४ 
  14. "Sustainable digital marketing in Bangladesh", द इण्डिपेण्डेण्ट (ढाका), अन्तिम पहुँच २०१७-०५-०१ 
  15. "Inbound.Digital: Knowledge-focused Social and Digital Marketing Conference on the cards", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-०८-२२, अन्तिम पहुँच २०१७-०५-०१ 
  16. "Facebook has special plans for Bangladesh", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-१०-१२, अन्तिम पहुँच २०१७-०५-०१ 
  17. "Digital marketing: The Bangladesh scenario", द फाइनान्सियल एक्सप्रेस, अन्तिम पहुँच २०१७-०४-३० 
  18. "Invest in digital marketing to spur growth: analysts", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-१०-०९, अन्तिम पहुँच २०१७-०५-०१ 
  19. "PHOTOSHOP + COMMON SENSE = DIGITAL MARKETING?", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-१०-२८, अन्तिम पहुँच २०१७-०५-०१ 
  20. "Digital marketing summit in Dhaka Saturday", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१५-१२-०९, अन्तिम पहुँच २०१७-०५-०१ 
  21. "3rd Digital Marketing Summit on Oct 8", द डेली ष्टार (अङ्ग्रेजीमा), २०१६-०९-२७, अन्तिम पहुँच २०१७-०५-०१