बङ्गलादेशमा फुटबल
बङ्गलादेशमा क्रिकेट पछि सबैभन्दा धेरै वा व्यापक रूपमा फुटबल खेल चर्चित रहेको छ, र बङ्गलादेशको सम्पुर्ण फुटबल खेलको निरीक्षण तथा नियन्त्रण गर्ने काम भने बङ्गलादेशमा सरकारी रूपमा रहेको संस्था बङ्गलादेश फुटबल महासङ्घले गर्ने गर्दछ ।
बङ्गलादेशमा फुटबल | |
---|---|
देश | बङ्गलादेश |
शासकीय निकाय | बङ्गलादेश फुटबल महासङ्घ |
राष्ट्रिय टोली | बङ्गलादेश राष्ट्रिय फुटबल टिम |
राष्ट्रिय प्रतिस्पर्धा | |
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा | |
बङ्गलादेशमा केही वर्ष पहिले फुटबललाई क्रिकेटसँग तुलना गरेर विभिन्न खाले आलोचना गरिन्थ्यो, किनभने बङ्गलादेशले त्यस समय क्रिकेट खेलमा ठूलो भड्को वा खुड्किलो मारेको थियो । साथै त्यतिबेला क्रिकेटमा बङ्गलादेशले क्रिकेटमा टेस्ट मान्यता समेत प्राप्त गरेको थियो, भने क्रिकेट विश्वकपमा समेत सहभागीता जनाएको थियो । त्यसकारण त्यतिबेला बङ्गलादेशमा फुटबल प्रेमी समर्थकहरू निकै कम रहेका थिए । अनि बङ्गलादेशमा फुटबल पुरै क्रिकेटको छायाँ मुनि रहेको थियो ।
तर बङ्गलादेशमा ढाका भित्र तथा बाहिर भने थुप्रै प्रकारका प्रतियोगिताहरू हुने गर्दथे, र राष्ट्रिय टिमले फिफाको मान्यता प्राप्त खेलहरूमा पनि सहभागीता जनाउने गर्दथे । पछिल्लो दशवर्षमा भने बङ्थलादेशले फुटबल खेल क्षेत्रमा निकै ठूलो फड्को हात पारेको छ, र बङ्गलादेशी फुटबल क्षेत्रमा विकास भइरहेको छ ।
इतिहास
सम्पादन गर्नुहोस्१९७१ को बङ्गलादेशी घरेलु मुक्ति युद्धमा बङ्गलादेशमा फुटबल भने स्वतन्त्रता रूपमा अन्तर्राष्ट्रिय फुटबलमा अगाडि बढिरहेको थियो ।
६ सेप्टेम्बर २०११ का दिन बंगलादेशको फुटबलका निम्ति एक अत्यधिक महत्त्वपूर्ण तथा अविस्मरणीय दिन रहेको थियो । किनभने त्यस दिन विश्व फुटबलका सर्वाधिक चर्चित तथा उत्कृष्ट मध्येका एक लियोनेल मेस्सी र उनका राष्ट्रिय टिमले बङ्गलादेशको बङ्गबन्धु राष्ट्रिय रंगशालामा नाइजेरिया विरूद्व अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए ।
क्लबहरू
सम्पादन गर्नुहोस्बङ्गलादेशमा केही सफल क्लबहरूको नाम लिदाँ प्रमुख ढाका वारियर्स, भिक्टोरिया एससी, वारि क्लब, इस्ट पाकिस्तान ग्याखना तथा अजाद स्पोर्टिङ क्लब पर्दछन् । यस्तै वर्तमान समयका केही चर्चित क्लबहरूमा अबहानी लिमिटेड ढाका, मोहम्मदन स्पोर्टिङ एससी, मुक्तिजोद्दा सग्साद केसी, ब्रदर्स् युनियन क्लब, शेख जमल धनमोदी क्लब तथा शेख रूस्सेल केसी जस्ता क्लबहरू पर्दछन् । लगभग बङ्गलादेश भरी ४,१०० भन्दा बढी फुटबल क्लबहरू रहेका छन् ।
घरेलु फुटबल प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्बङ्गलादेशको प्रमुख प्रतियोगितामा पुरूष राष्ट्रिय लिग बङ्गलादेश प्रिमियर लिग (फुटबल) लाई लिने गरिन्छ, साथै यो लिगको दोस्रो डिभिजन वा बि.डिभिजन लिग पनि बङ्गलादेशको प्रमुख प्रतियोगिता हो । बङ्गलादेश च्याम्पियनसिप लिग, राष्ट्रिय फुटबल च्याम्पियनसिप (बङ्गलादेश), बङ्गलादेश फेडेरेसन कप, बङ्गलादेश सुपर कप आदि पनि बङ्गलादेशको राष्ट्रिय स्तरका ठूला फुटबल प्रतियोगिता मध्य हुन् ।
यसबाहे बङ्गलादेशमा अन्य विभिन्न ठूला साना क्षेत्रीय फुटबल प्रतियोगिताहरू वर्षै पिच्छे हजारौंको सङ्ख्यामा हुने गर्दछन् । ढाका लिग, चिट्टागोङ् लिग, राजशाहि लिग तथा कोमिल्ला लिग आदि बङ्गलादेशका क्षेत्रीय घरेलु फुटबल प्रतियोगिताको केही उदाहरणहरू हुन् ।