बक्स (कम्पनी)
बक्स, निगम (पूर्व; बक्स डटनेट), रेडउड सिटी, क्यालिफोर्नियामा आधारित, बादल सामग्री प्रबन्धन र व्यवसायको लागि सञ्चालित फाइल साझेदारी सेवा हो। आधिकारिक ग्राहक र अनुप्रयोगहरू विन्डोज, म्याकओएस, र धेरै मोबाइल मञ्चहरूमा पनि उपलब्ध छ। बक्सलाई सन् २००५ मा स्थापना गरिएको थियो।
साइटको प्रकार | सामग्री व्यवस्थापन तथा फाइल साझेदारी |
---|---|
मुख्यालयहरू | रेडउड सहर क्यालिफोर्निया, अमेरिका |
सर्जक | एरन लेभी डेलन स्मिथ |
मुख्य व्यक्तिहरू | एरन लेभि (सचिव तथा प्रमुख कार्यकारी अधिकृत) स्टेफिनी केरूलो (अधिकारी) डेलन स्मथ |
उद्योग | बादल बचत, फाइल आयोजक |
कर्मचारीहरू | १,८५० (सन् २०१७ का अनुसार)[१] |
युआरएल | www |
अलेक्सा क्रम | ३०७ (१ अक्टोबर २०१९) [२] |
चालु भएको मिति | २००५[३][४] (बक्स डटनेटको रूपमा) वासिङ्टन, अमेरिका |
इतिहास
सम्पादन गर्नुहोस्बक्सलाई मूल रूपमा सन् २००४ मा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयको विद्यार्थी आरोन लेभिले महाविद्यालयको परियोजनाको रूपमा विकास गरेका थिए।[५] सन् २००५ मा पूर्ण-समय कम्पनी चलाउनको लागि उनले विद्यालय छोडेका थिए। लेभी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बने, जबकि उनका बाल्यकालका मित्र ड्यालन स्मिथ प्रमुख वित्तीय अधिकारी बने।[६]
अक्टोबर २००९ मा, बक्सले यसको पहिलो अधिग्रहण गरेको थियो जसमा यसले कागजात सहयोग र पूर्वावलोकन प्रविधिका लागि इनस्रियो सोल्युसन निगमको खरीद गरेको थियो।[६]
जुलाई २०१२ मा बक्सले विकास कम्पनी जनरल एटलानण्टिकको नेतृत्वमा कोषको प्रथम चरणमा १२५ मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो, जसमा लगानीकर्ता बेसेमर भेञ्चर पार्टनर्स , डिएफजे ग्रोथ , नयू इण्टरप्राइज एसोसिएट्स , स्फियर भेञ्चर्स (पूर्व एसएपी भेञ्चर्स), स्केल भेञ्चर्स पार्टनर्स , र सोसल + क्यापिटल पार्टनरसिप लगायतका कम्पनीहरू सहभागी थिए।[७][८]
डिसेम्बरमा २०१३ मा, आठ जना लगानीकर्ताले कोषको अर्को चरणमा १०० मिलियन अमेरिकी डलर सङ्कलन गरेका थिए जसमा कोट्यु व्यवस्थापन, डिएफजे ग्रोथ , इटोचु प्रविधि भेञ्चर्स, म्याकनिका सञ्जाल निगम, मिट्सुई र कम्पनी, टेलिफोनिका डिजिटल, टेलेष्ट्रा , र टेलेष्ट्रा भेञ्चर्स लगायतका लगानीकर्ताहरू समावेश थिए।[९]
जुलाई २०१४ मा, बक्सले कोट्यु म्यानेजमेण्ट र टिपिजी क्यापिटलबाट १५० मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो।[१०]
नोभेम्बर २०१४ मा, बक्सले ३.८४ मिलियन अमेरिकी डलरको लागि दुई-व्यक्ति चिकित्सा-तस्वीर सफ्टवेयर मेडएक्सटी प्राप्त गरेको थियो।[११]
२३ जनवरी २०१५ मा, बक्सले न्यू योर्क सेयर बजारमा यसको प्रारम्भिक सार्वजनिक प्रस्ताव राखेको थियो। प्रारम्भिक सार्वजनिक प्रस्तावको मूल्य १४.०० डलर रहेको थियो। यो $२०.२० डलरमा खोलिएको थियो र $२३.२३ मा बन्द गरिएको थियो। प्रारम्भिक सार्वजनिक प्रस्ताव १७.५ करोड अमेरिकी डलरसम्म बढाइएको थियो र लगभग १.६ अरब अमेरिकी डलरको बजार पूँजीकरण स्थापित गरिएको थियो।[१२]
फेब्रुअरी २०१५ मा, बक्सले एयरपोष्ट नामक कम्पनीको अधिग्रहण गरेको थियो। एयरपोष्ट बादल व्यवस्थापन सेवा हो।
जनवरी २०१६ मा, केहि बक्सका कर्मचारीहरूले रेडउड सहर , क्यालिफोर्नियामा आफ्नो नयाँ प्रधान कार्यालय सरेका थिए।[१३]
व्यापार नमूना
सम्पादन गर्नुहोस्बक्स एक बादल सुसाङ्ख्य व्यवसाय हो जसले यसका सेवकहरूमा उर्ध्वभरण गरिएका फाइलहरूको साझेदारी, सहयोग र अन्य उपकरणहरूको प्रदान गर्ने गर्दछ।[१४] प्रयोगकर्ताहरूले कसरी उनीहरूको सामग्री अन्य प्रयोगकर्ताहरूसँग साझेदारी गर्न सकिन्छ भनेर निर्धारण गर्न सक्दछन्।[१५]
उद्योग, व्यवसाय र व्यक्तिगत गरी यसले तीन खाताका प्रकारहरू प्रदान गर्दछ। विन्डोज र म्याक ओएसका लागि आधिकारिक ग्राहकहरू प्रस्ताव गरिएको छ तर लिनक्सको लागि उक्त प्रस्ताव गरिएको छैन।[१६] सेवाको एक मोबाइल संस्करण एन्ड्रोइड , ब्ल्याकबेरी १० , आइओएस , वेबओएस , र विन्डोज फोनका उपकरणहरूमा उपलब्ध छ।[१७]
बक्सको उद्यम ग्राहकहरूमा, आइबिएम[१८], जिई,[१९] स्नाइडर इलेक्ट्रिक[२०] र प्रोक्टर एण्ड ग्याम्बल[२१] सामिल छन्।
डिसेम्बर २००७ मा कम्पनीले ओपनबक्स २ को घोषणा गरेको थियो जसले विकासकर्ताहरूलाई सेवाहरूको सृजना गर्न अनुमति दिन्छ जुन दुबै बक्स डटकमसँग प्रतिस्पर्धा गर्ने वेबमा आधारित अनुप्रयोग र सेवाहरूको फाइलहरूसँग अन्तर्क्रिया गर्दछ।[२२]
घटनाहरू
सम्पादन गर्नुहोस्बक्सवर्क्स
सम्पादन गर्नुहोस्बाक्सवर्क्स एक वार्षिक सम्मेलन हो जसलाई बक्स आयोजना गर्ने गर्दछ।[२३]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Freytas-tamura, Kimiko De (मार्च ३१, २०१३), "Box, a Data Storage Company, Prepares to Expand in Europe" – एनवाइ टाइम्सद्वारा।
- ↑ "बक्स डटकम प्रतिस्पर्धात्मक विश्लेषण, विज्ञापन तथा ट्राफिक - अलेक्सा", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१९-१०-०१। = Archive.today अभिलेखिकरण २०२०-१२-०९ मिति
- ↑ रिचेल किङ (मार्च ६, २०१४), "How Aaron Levie and his childhood friends built Box into a $2 billion business,Box V4, without stabbing each other in the back", टेक रिपब्लिक, अन्तिम पहुँच डिसेम्बर १, २०१६।
- ↑ Aaron Levie (सेप्टेम्बर १४, २०११), "Commentary: Why we had to leave Seattle to build Box.net", ग्रिक वायर, अन्तिम पहुँच डिसेम्बर १, २०१६, "Box – which now competes with Redmond's very own Microsoft SharePoint – had been started in early '05 from college dorm rooms in California and North Carolina."
- ↑ "'I was having nightmares for a few weeks': Box CEO Aaron Levie reveals how hard it was to build a $2.5 billion business and take it public by age 29", Business Insider (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-२१।
- ↑ ६.० ६.१ Arrington, Michael, "Box.net Acquires Increo Solutions To Expand Document Collaboration And Sharing", TechCrunch, अन्तिम पहुँच २०१६-१०-०२।
- ↑ Ha, Anthony, "Box Raises $125M To Target Global Growth And Large Enterprises, Round Led By General Atlantic", TechCrunch, अन्तिम पहुँच डिसेम्बर १६, २०१५।
- ↑ "Box Announces $125 Million Investment to Fuel Enterprise Growth", General Atlantic website, मूलबाट सेप्टेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१५। वेब्याक मेसिन अभिलेखिकरण जनवरी २६, २०१५ मिति
- ↑ Darrow, Barb, "Yowza: Box touts $100M investment to fund global land grab", Gigaom, अन्तिम पहुँच डिसेम्बर १६, २०१५। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २, २०१७ मिति
- ↑ Wilhelm, Alex, "Box Picks Up $150M More As It Waits For Favorable IPO Winds", TechCrunch, अन्तिम पहुँच डिसेम्बर १६, २०१५।
- ↑ By Jordan Novet, VentureBeat. "Box paid out $3.8M in stock to buy MedXT." November 17, 2014. November 17, 2014.
- ↑ "Box Acquires Cloud Management Startup Airpost – TechCrunch", techcrunch.com (en-USमा), अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ "Redwood City Welcomes First Wave of Box Employees – RealSmart Group", realsmartgroup.com, मूलबाट मे १८, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१७। वेब्याक मेसिन अभिलेखिकरण मे १८, २०१७ मिति
- ↑ "बक्सको निती तथा गोपनियता", बक्स डटकम।
- ↑ "निती तथा गोपनियता", बक्स, जुन १३, २०१२, अन्तिम पहुँच २०१३-०६-१४।
- ↑ "योजना छनौट गर्नुहोस्", बक्स, अन्तिम पहुँच २०१३-०६-१४।
- ↑ "बक्स मोबाइल पहुँच", बक्स डटकम, अन्तिम पहुँच २०१३-०६-२७।
- ↑ "IBM and Box Forge Global Partnership to Transform Work in the Cloud"।
- ↑ Ron Miller, "Box Scores Huge Win With GE", TechCrunch, AOL।
- ↑ "Consumer Technology", CIO। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-०३ मिति
- ↑ "How P&G Promotes Box File Sharing", InformationWeek।
- ↑ "Box Platform Developer Documentation / Welcome to the Box Platform", Developers.box.net, मूलबाट जुन २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०६-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-२२ मिति
- ↑ "What to expect from BoxWorks 2017", क्लाउड प्रो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-०७।