फ्लोरेसेन्ट बत्तीमा प्रकाश उत्पत्ति हुने प्रक्रिया फिलामेन्ट बत्तीमा भन्दा फरक हुन्छ । फ्लोरेसेन्ट बत्तीको भित्री सतहमा फ्लोरेसेन्ट पाउडरको लेप लगाइएको हुन्छ । चिमभित्र पारोको बाफ भरिएको हुन्छ । बत्तीको दुई छेउमा इलेक्ट्रोडहरु हुन्छ्न् । एउटा इलेक्ट्रोडबाट अर्कोतिर पारोको बाफ भई इलेक्ट्रोन बहन्छ । पारोको बाफबाट इलेक्ट्रोन सर्दा अल्ट्राभ्वाइलेट किरण उत्पन्न गएदछ । सो किरणले फ्लोरेसेन्ट पाउडर प्रज्वलित भई प्रकाश दिन्छ ।

पारोको बाफ प्रयोग हुने भएकाले यसलाई मर्करी चिम पनि भनिन्छ । यस्तो प्रकारको चिमले विद्युत सक्तिको धेरै भाग प्रकाश र थोरै भाग ताप सक्तिमा रुपान्तरण गर्दछ । यस्तो चिमको आयु लामो हुन्छ । साधारण सि एफ एल(Compact Fluorescent Lamp) चिम यै प्रकारको चिम हो ।