टोरोन्टो(क्यानाडा) (२८, फेब्रुअरी ,१९२९)मा सामान्य यहुदी परिवारमा जन्मेका क्यानाडेली-अमेरीकी वास्तुविद (आर्किटेक्ट) फ्र्याङ्क (ओवेन)गेरी बर्तमान समयका सर्वोत्कृष्ट वास्तुविद मानिन्छन। वास्तु कलाको क्षेत्रमा नोवेल पुरस्कारको रूपमा गनिने प्रिट्जकर पुरस्कार (Pritzker Architecture Prize )-१९८९ विजेता गेरीको कर्मथलो लस एन्जेल्स क्यालिफोर्निया हो। उनको अनेकौ प्रख्यात सृजना हरू मध्ये विलवाओ ,स्पेनको गुगेनहायम संग्रालय ( Guggenheim Museum in Bilbao, Spain) विषेश उल्लेख्य मानिन्छ।

२८, फेब्रुअरी ,१९२९ --

वास्तुकलाको क्षेत्रमा लस एन्जेल्स धार का प्रवर्तक एवं सर्जक गेरी का अधिकाशं सृजना हरू उत्तर आधुनिक बास्तुकलाको डि-कन(en:Deconstructivism) शैलीमा समाहित छन। आलोचक हरू उनको सृजना हरू 'अपरिष्कृत' (unfinished or even crude) ठान्छन भने उनका प्रशंसक हरू यसलाई नै गेरीको छापको रूपमा वर्णन गर्छन।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्