फिलिप लाम(जर्मन उच्चारण: ˈfɪlɪp ˈlaːm; जन्म ११ नोभेम्बर १९८३) जर्मन फुटबलर हुन जो बुन्डेस लिगा क्लब बायर्न म्युनिखबाट डिफेन्डर वा डिफेन्सिभ मिड फिल्डरको रूपमा खेल्दछन् । लाम बायर्न म्युनिखका कप्तान समेत हुन् । फिलिप लाम फुटबलको डिफेन्स रेखामा एउटा वजनदार नाम हो । बायर्नलाई धेरै ट्रफी जिताएका अनुभवी लाम यसअघि राष्ट्रिय टिमका पनि कप्तान थिए जसको कप्तानीमै जर्मनीले २०१४ फिफा विश्वकप जितेको थियो । विश्वकप जितेपछी उनले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् । दायाँ खुट्टा विशेष चलाउने उनी पिचको दुवै छेउबाट खेल्न सक्षम मानिन्छन् । सुट वा पासको माध्यमद्धारा बललाई मैदानको एक छेउबाट पिचभित्र कट गर्ने उनको क्षमता उनलाई संसारकै उत्कृष्ट डिफेन्डरको सुचिमा राख्ने आधार हो । तीव्र वेग, ड्रिबल, सुन्दर ट्याकल र छोटो कद उनका विशेषताहरू हुन् । यिनै विशेषताका कारण उनलाई 'जादुयी तारा' भनिन्छ । फिलिप लामको कप्तानीमा रहेको रक्षात्मक घेरालाई तोड्न कुनैपनि विपक्षी टोलीलाई हम्मेहम्मे पर्ने गर्छ ।
फिलिप लाम
 |
व्यक्तिगत विवरण |
---|
पुरा नाम |
फिलिप लाम |
---|
जन्म मिति |
११ नोभेम्बर १९८३ |
---|
उचाई |
१.७० मि (५ फिट ७ इन्च) |
---|
खेल्ने स्थान |
डिफेन्डर |
---|
युवा क्लब |
---|
१९८९-१९९५ |
गर्न मुन्चेन |
---|
१९९५-२००१ |
बायर्न म्युनिख |
---|
वरिष्ठ क्लब* |
---|
बर्ष |
क्लबहरू |
खेल |
(गोल) |
---|
२००१-२००३ |
बायर्न म्युनिख II |
६३ |
(३) |
---|
२००२-२०१७ |
बायर्न म्युनिख |
२७१ |
(१०) |
---|
२००३-२००५ |
भी एफ बी स्टुटगार्ट →(ऋण) |
५३ |
(२) |
---|
राष्ट्रिय टोली |
---|
२००४-२०१४ |
जर्मनी |
११३ |
(०५) |
---|
- बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .
|
अन्तराष्ट्रिय जीवनवृत्तिसम्पादन
उनले सन् २००४ मा क्रोएसिया विरुद्ध खेल्दै जर्मनीको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उक्त खेलमा जर्मनीले क्रोएसियालाई २-१ ले हराएको थियो । त्यसपछि २००४ को पोर्चुगलमा सम्पन्न युइएफए युरो मा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । लामले जर्मनीबाट ११३ वटा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने क्रममा पाँच गोल गरेका छन् । नियमित कप्तान माइकल बालाक चोटग्रस्त बनेपछि २०१० फिफा विश्वकपमा उनले कप्तानीको मौका पाएका थिए जहाँ जर्मनी तेस्रो भयो । २०१४ फिफा विश्वकप जितेलगत्तै उनले राष्ट्रिय टोलीबाट सन्यास लिए ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Philipp Lahm" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २५ अगस्ट २०१४।
- ↑ "Philipp Lahm" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २५ अगस्ट २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ ६.० ६.१ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४।
- ↑ "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ मे २०१४।
- ↑ "Lahm, Philipp" (जर्मनेलीमा), kicker.de, अन्तिम पहुँच ६ मे २०१५।