प्रोग्रामिज एक लोकप्रिय अनलाइन शिक्षण प्लेटफर्म हो जसले विश्वभरका विद्यार्थीहरूलाई प्रोग्रामिङको शिक्षा प्रदान गर्दछ। यो प्लेटफर्म नेपाली युवाहरू द्वारा विकसित गरिएको हो र नेपालबाट सञ्चालन भइरहेको छ। []

Programiz
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगअनलाइन शिक्षा
स्थापित२०११
स्थापनाकर्तारञ्जित भट्ट, अश्विन श्रेष्ठ, पुनित जाजोदिया
केन्द्रीय कार्यालयललितपुर, नेपाल
मुख्य व्यक्ति
रञ्जित भट्ट, अश्विन श्रेष्ठ, पुनित जाजोदिया
सेवाहरूप्रोग्रामिङ शिक्षा, कोडिङ टूल
वेबसाइटप्रोग्रामिज डटकम

प्रोग्रामिजको सुरुवात २०११ मा रञ्जित भट्टले गरेका थिए। रञ्जित भट्ट, अश्विन श्रेष्ठ र पुनित जाजोदिया, तीन जना सहसंस्थापकहरूले मिलेर यो प्लेटफर्म निर्माण गरे। सुरुमा रञ्जित भट्टले 'सेल्फ ट्युटोरियल' नामक वेबसाइट सञ्चालन गर्दै थिए र पछि प्रोग्रामिज डटकमलाई परेवा ल्याब्स प्रालिमा गाभे। []

  • कोर्स: प्रोग्रामिजले C, Python, C++, Java लगायतका प्रोग्रामिङ भाषामा विभिन्न कोर्सहरू प्रदान गर्छ।
  • मोबाइल एप्लिकेसन: 'Learn Python', 'Learn C Programming', 'Learn C++', र 'Learn Java' नामक एप्लिकेसनहरू विकास गरिएको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा पनि प्रोग्रामिङ सिक्न मद्दत गर्दछ।
  • कोडिङ टूल: अनलाइन कोड कम्पाइलर जसले प्रयोगकर्तालाई वेब र मोबाइलमा कोडिङ अभ्यास गर्न अनुमति दिन्छ।
  • परीक्षण: प्रयोगकर्ताहरूलाई क्विज र च्यालेन्ज मार्फत प्रोग्रामिङ अभ्यासको मापन गर्न मद्दत गर्दछ।[]

प्रोग्रामिजले २०२३ मा मासिक १० लाख प्रयोगकर्ताले भिजिट गरेको जानकारी दिएको छ। यसको वेबसाइटलाई २७ करोड ५० लाख भन्दा बढी युनिक भिजिटरहरूले हेरेका छन्। प्रोग्रामिजको सबैभन्दा ठूलो प्रयोगकर्ता आधार भारतमा रहेको छ, त्यसपछि अमेरिका, बङ्ग्लादेश, टर्की र क्यानडामा पनि यसको प्रयोगकर्ता छन्।[]


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्