प्रेयसी (चलचित्र) एक नेपाली कथानक चलचित्र हो ।प्याराडाइज न्यू मूभिज प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा किरणप्रताप के.सी., मेलिना मानन्धर, नीर शाह, हरिहर शर्मा, टीका पहारी, लक्ष्मी श्रेष्ठ, सुनिल थापा, बिना बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा शम्भुजीत बासकोटाको संगीत, बसन्त श्रेष्ठको नृत्य, चन्द्र प्रकाश घिमिरेको छायाङ्कन, महम्मद इकवालको द्धन्द, मोहन निरौलाकोे पटकथा र संवाद, सतीश कोइरालाको सम्पादन रहेको छ ।उदितनारायण झा, अभिजित, दीपानारायण झा, कविता कृष्णमूर्ति, अनुपम देशपाण्डेको पाश्र्व स्वर रहेको छ ।कथा र निर्देशन दीपक रायमाझीको रहेको छ ।कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको ३५ लाख निर्माण लागत रहेको छ । वि.सं. २०५० साल भाद्र १६ गते प्रथम प्रर्दशन गरिएको थियो ।दीपक रायमाझी, रामजी श्रेष्ठ, मदन ताम्राकार र दिलिप खतिवडा चलचित्रका निर्माता हुन् ।

प्रेयसी
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्