Udaya Niroula
कविता सम्पादन गर्नुहोस्
http://kavitakosh.org/kk/नेपाली 2400:1A00:B060:4822:1031:AAF9:D080:899 (कुरा गर्नुहोस्) २२:५१, २५ फेब्रुअरी २०२३ (नेपाली समय)
बिषय कविता सम्पादन गर्नुहोस्
हुस्न जो लाजवाब है
कहने को तो शब्द बने ही नहीं
उसके माथे का अम्बर भी
ना जवाब है
मै तो क्या बोलूँ जी!
बाचाल भी नकबाज हैँ।
शब्दों का घनत्व
सुरज का महत्व
मोहब्बत का वजन
हम तो क्या रब्ब भी जानता नहीं
मगर इस भर सँसार में
बनाया तो रब्ब ने है।
वर्तमान इस दुनियाँ में
इश्वर मुर्दाघर पहुँचा है
नही तो महिषासुर का राज कैसे चल रहा है
व्यभिचार आैर अभिचार क्यो बन्द नही होते
मायानगरी में साधु कैसे फंस रहे हैं
फूलों का खिलना नामुमकिन है
दुनियाँ खिल उठी है
द्रव्यपिशाच बढकर रास्ते में खीच रहे हैं
अन्याय का वजन मैट्रिक टन से अधिक हर एक आदमी पर है
शीत युद्ध के हथियार सडकाें पर हैं
कब फूटेगा आदमी त्रस्त है
ऐसे जमाने में क्या करुं इश्क की बातें
तब भी इश्क तो इश्क ही है । 2400:1A00:B060:8B9C:24D5:EF5A:A4E7:782B (कुरा गर्नुहोस्) १८:३६, २७ फेब्रुअरी २०२३ (नेपाली समय)
सुदुर गाउँ बस्तीहरूमा कविता संग्रह सम्पादन गर्नुहोस्
https://heyzine.com/flip-book/ddfd5b740f.html#page/1 Udayaniroula (कुरा गर्नुहोस्) ०८:१६, १० फेब्रुअरी २०२४ (नेपाली समय)
https://heyzine.com/flip-book/ddfd5b740f.html#page/1 Udayaniroula (कुरा गर्नुहोस्) ०८:१६, १० फेब्रुअरी २०२४ (नेपाली समय)
कविता सम्पादन गर्नुहोस्
कविता लेखनदास सोच्न थालेको छ
कति सुन्दर र निर्दोष त्यो लेकाली उन्यू जसले जताबाट काटे पनि बन्ने फाउन्टेन पेन ब्रिटानिया वा पार्कर कम्पनीको कलम भन्दा सुन्दर लेख्ने
मान्छेको चित्र बनाए पनि चिटिक्क अक्षरकै चित्र कुँदे पनि चिटिक्क
अर्थात् कपाली तमसुक लेख्न प्रयोग गरे पनि हुने मान्छेको जन्म पत्रिका लेखे पनि हुने
सफा,स्निग्ध अनि सुन्दर लेखिदिन्छ अक्षरहरूको माला कति सोझो कति सज्जन कति भलाद्मी कर्दले काटेर लिए पनि हुने हँसिया नै रेटेर खिपे पनि हुने
अनि जुन रङ्को भाँडोमा चोपे पनि हुने होइन सियाइकै भाँडोमा डुबाए पनि हुने चुपचाप खाताका धर्काहरूमा घिसारे पनि हुने होइन भोजपत्र वा ताडपत्रमा दौडाए पनि हुने
मोनालिसा बनाए पनि हुने होइन बाँसुरी बजाँउदै गरेका कृष्ण बनाए पनि हुने सीता हरण गर्दै गरेको रावण बनाए पनि हुने कतै बाँगो नभएकैले होला प्रयोग पछि घुरेनमा फाले हुने होइन तुलसी मोठमा नै सेलाए पनि हुने।।
नहुनुपर्ने यति सिधा त्यो लेकाली उन्यू हुनुपर्ने अडेरी जस्तो च्वास्स पार्ने तब न डराँउछन् बालकहरू तब न काँप्छन् रावणहरू यद्यपि हुन सक्दैन अपराधीहरूको पुराणमा यी र यस्ता कथाहरू आजकल हातकलम भएको लेखनदास सोच्न थालेको छ उन्यू र बाँस अनि मालिङ्गोका यस्ता कथाहरू । Udayaniroula (कुरा गर्नुहोस्) १०:२२, ११ फेब्रुअरी २०२४ (नेपाली समय)
कविता सम्पादन गर्नुहोस्
कविता भन म केगरुँ
मैले शब्द जोड्दै गरेकाबेला तिमीेले अन्तस्करणमा हथौड़ा चलाई रह्योै र चित्र बनेछ त्यही चित्र हेरिहेकोछु कतै यी आँखाले त बिगार्दैन डराइरहेकोछु।
अलिकति विगत अक्षरका आँखीझ्यालबाट चुहियो यद्यपि सुनाउने बेला तिमी टाढा बताससँग उडिरहेकी थियौ मैले मालामा उन्नैसकिन ऐले वर्तमानमा चित्र बनेछ
भनत! अब यो चित्र कुरियर गरौँ ऊबेला जस्तो बैराँगी चिठी बोक्ने हुलाक छैनन् आजभोलि मेरो देशमा अब भनिदेउ म कुनै बिकसित देशमा छैन जहाँ पोस्टबक्स चिठी बोक्छ खै आजकाल यतातिर डाकवाला छैनन्
कसोगरुँ अर्को शव्द खोजेर त्यस्तै चित्र नबन्न सक्छ किनभने ऐले त्यो विगत पराइ भैसकेको छ कसोगरुँ म उत्तर खोजी रहेँछु र बगिरहेको छु बिना पानी । Udayaniroula (कुरा गर्नुहोस्) १०:२४, ११ फेब्रुअरी २०२४ (नेपाली समय)
कविता सम्पादन गर्नुहोस्
नादिया एक कथा अनि थोमस हव्स
"कति गहिरो होला यो प्रशान्त ! महासागर छेउमा उभिएर हेरिरहेकाछन् धेरै पर्यटकहरू यो बुण्डाई किनारमा अनि आफ्नै बान्कीमा मस्तछन् सि इगलहरू र आफ्नै मर्यादामा उठेकाछन् एक पछि अर्का छालहरू"उसले बोल्दाबोल्दै मैले पनि संझे घरै माथिको पुसेडाँडो पुसे डाँडाको थुम्को जस्तै छालहरू पुक्लुक्क। पुक्लुक्क सुनिरहेका ।
एउटा कथा नादिया। म एकोहोरो हेरिरहेको छु उसको पति थोमस र उसको कथा।
नादिया हेर्छे छालहरू र गम्छे अनि बोल्छे"यीआँखाहरूको हेराइ सुकिलो भए सायद यी छालहरू पनि सङ्ला सुन्दर हुन्थे होलान् अनि मन हलुको भए त!सागरको गहराइ पनि सहज हुने थियो होला"
अनि फेरि सोच्छे भावुक हुँदै र फेरि बोल्छे "के यो नुनिलो पानी मात्र हो त? के यसको गहिराइमा मोती छैन र? के यसको बहाव शान्त छैन र? छ!यद्यपि आँखाहरू फरक छन् कसैका निला कसैका काला र कसैका ओैधि नै पहेँला किन हो मेरोवरिपरि नुनिलो पानी मात्र भेट्छु अनि यी छुच्छा सि इगलहरू !"
एउटा परेवा उडेर आँउदाआँउदै फ्यात्त पानीमा खस्यो
जसरी ऊ लेवनानबाट उड्न बाध्य भएर तीस बर्सअघि
फ्यात्त खसेकी थिइ यो सिड्नीको समुद्री किनारमा !
भन्छे ऊ "ऐले सम्म हज गरेको छैन उसको श्रीमान बरु सधैं बुद्ध मन्दिर जान्छ विहान र ऊ पनि खुशीसाथ जान्छे यद्यपि यी बेसारे आँखाहरू बदल्न सकेकीछैन। अनि मोती पनि भेटेकी छैन पँहेलो पानीमा र कहिँ कतै नीलो पानी ठ्याक्कै हज जस्तै दुरुस्तै।"
लाग्छ उसलाई कहिलेकाहीँ हज गरे पनि हुँने थोमसले जसरी उसको बाबा हज गर्दागर्दै हाजी भयो ! उता लेवनानतिर ऊ नगएकी पनि ठ्याक्कै तीस बर्स भयो पुन:उठ्दै गरेको छालतिर निला आँखाहरू फाल्छे र माथि परको सुर्यलाई हेर्छे "कति रुटिनमा छ सुर्य संझन्छे र के संम्झी त्यो पनि सुनाउँछे।"
धेरैबेरको कथा पछि सोधी उसले "भन्नुहोस् त! त्यो सगरमाथा पनि यही छालको चुचुरो जस्तै छ?" मैले मौनतामा हो भनिदिएँ त्यसपछि हामी छुट्टियौँ बुन्डाईसँग। Udayaniroula (कुरा गर्नुहोस्) ०९:२८, १४ फेब्रुअरी २०२४ (नेपाली समय)
कविता सम्पादन गर्नुहोस्
कविता
अपरिमित उपहार
अरु धेरैले गुलाव बाँडे मैले दिँए तिमीलाई लालुपाते।
लाग्योहोला यो मान्छे अति भुँइ मान्छे ।
तर तिमीले बिचार गेरेनौ होली लालुपाते बिनाकाँडाको बोटमा फुल्छ तर गुलाव काँडा पञ्छाँउदै फुल्छ।
मैले सोचेँ तिमी र मबीच कुनै काँडा पन्छाउने क्षण नआओस्।
उसो त कार्निस पनि दिन सक्थेँ तर त्यो आगन्तुक हो आगन्तुक त क्षणभरको साथी मात्र त्यसो त म तिमीलाई पलाँस पनि दिन सक्थेँ तर संझे यो त हाम्रा जिजुबाजेहरूले प्रयोग गरिसकेका हुन् किन भूततिर फर्कनु? हामी त भविष्यको रेखांकनमा छौँ ।
लालुपाते शिरमा गुलाफ जस्तो अलि सजिलो नभएर के फरक पर्छ मुटु जस्तै रातो छ ठाने ह्रदयमै बास हुन्छ उसलाई बासी बन्नु पर्दैन हत्केलाको थालीमा पुजालाई जस्तो दोकावालीसँग गुलाफ छ तर लालुपाते छैन भेट पनि त हाम्रो चानचुने होइन ।
त्यसैले कारणहरुका ओठबाट लालुपाते उच्चारित भयो मन उसैसित रमायो।
गुुनासो नगर लालुपाते दिपक नै बन्नेछ र हाम्रो भविष्य समयको हातले कुँद्ने छ पाब्लोपिकासोका हातहरूले भविष्य भविष्य सम्म मोनालिसाको तस्बिर जस्तै भित्ताहरूमा सजिनेछ मलाई बिश्वास छ यो कवि,शिल्पकार अनि चित्रकारहरूको शुशी,प्रेम र ममताको फूल हो र तिम्रालागि अपरिमित उपहार हो मयाँलु। Udayaniroula (कुरा गर्नुहोस्) ०९:३३, १४ फेब्रुअरी २०२४ (नेपाली समय)
कविता सम्पादन गर्नुहोस्
https://heyzine.com/flip-book/ddfd5b740f.html#page/1 Udayaniroula (कुरा गर्नुहोस्) ०७:३२, १५ फेब्रुअरी २०२४ (नेपाली समय)