Sundar Khanal
आबद्ध १३ सेप्टेम्बर २०१९
कविता सम्पादन गर्नुहोस्
सारै नै चित्त दुख्ने गरायो जीन्दगिले!
हास्दा हास्दै रुवाउने गरायो जीन्दगिले!!
सयौ जुनी संगै बाच्ने चाहना थियो हाम्रो!
खोलि तिरको वारिपारि गरायो जीन्दगिले!!
हास्दा संगै अनि रुदा संगै रुने बाचा थियो हाम्रो!
उनलाई चाडै डोली चढी जाने गरायो जीन्दगिले!!
शोभा हुदैन फुल झरेको डालिको पनि!
रोग लागेको रित्तो रुख गरायो जीन्दगिले!!
बल्ल तल्ल त लभ परेको थियो मेरो पनि!
माया छाडि परदेश भाग्ने गरायो जीन्दगिले!!
मेरि माया भन्दै बाबुमा पछि लाग्दा उनको!
घर न घाटको मलाई दोबाटे गरायो जीन्दगिले!!