विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, Sujit k.mज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) ११:३७, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारततथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।