प्रकाश राजापुरी सम्पादन गर्नुहोस्

संविधानमा नेपालीको पहिचान लेखिदेऊ । यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।

लेखी देऊ यो नेपालीको, हिमाली सभ्यता । भृकुटी, जनक, सीताको सम्मान लेखी देऊ ।।

   प्रसिद्ध गजलकार प्रकाश राजापुरी ,यो नाम मैले धेरै पहिले देखि सुन्दै र पढ्दै आएको हुँ । विषेश गरि जब मैले गजल लेखनमा कलम चलाउन थाले तब देखि यो नाम मेरो उत्सुक्ताको विषय थियो । राजापुरी आज हामी माझ हुनुहुन्न । राजापुरी बहुमुखी र विपुल लेखक हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा मातृभाषा अवधि बाहेक नेपाली, उर्दु, हिन्दी र अंग्रैजी साहित्यमा समेत ठुलो योगदान गर्नु भयो, विषेश गरि गजल विधामा । पाइलै पिच्छे, भेट हुदा छुट्टिदा गजलका शेरहरुमा शायरी गर्न सक्ने राजापुरी साहित्य मानवताको अलंकार, संस्कृतिको श्रृङ्गार, मानविय सभ्यताको आधार र समाजको सच्चा ऐना हो भन्ने गर्नुहुन्थ्यो र यो आजको आवश्यक्ता पनि हो ।
   राजापुरी वि.सं. १९९६ साल भाद्र २३ गते वर्दिया जिल्लाको राजापुरमा पिता महाविरप्रसाद गुप्ता र
माता शिवप्यारी गुप्तको कोखबाट जन्मिनुभएको थियो । वास्तविक नाम मिट्ठनलाल गुप्ता भएपनि साहित्यको दुनियामा उहाँलाई प्रकाश राजापुरीको नामले चिन्ने गरिन्छ । वि. सं. २०३६ सालमा महेन्द्र बज्म ए अदब राजापुरले “प्रकाश” को उपाधिले सम्मानि गरेपछि उहाँ प्रकाश राजापुरीको नामले चिनिन थालिनु भएको हो । यसैगरि भारतमा उहाँलाई प्रकाश नेपालीका नामले चिनिने गरिन्छ । उहाँलाई “अवधका मणि” भनेर समेत सम्मान गरिन्थ्यो । राजापुरी सानै उमेरदेखि कलामा रुची राख्नुहन्थ्यो । स्कुल पढ्दा कविता र गायनमा विशेष रुचि राख्ने राजापुरी पछि भारतको लखनउमा कलेज पढ्दाखेरि उर्दू शायरहरुको सरसंगतमा गजल विधामा कलम चलाउन शुरु गर्नु भयो । राजापुरीले बेलाबेला उर्दूका कुरा उठ्दा पाकिस्तान र हिन्दीका कुरा उठ्दा हिन्दुस्तानसंग जोड्ने भाषा, संस्कृति हो भन्ने मानसिकता बाट माथी उठ्न नसकेको गुनासो गर्नुहुन्थ्यो । प्रचार प्रसार नाम दामको लागि लेखिन तर उर्दू धेरै मीठो र धेरै समृद्ध भाषा हो उहाँ भन्नु हुन्थ्यो । उहाँको गजलमा ओज थियो, रस थियो, मिठास र दर्द थियो ।

कहिले बहार कहिले पतझरले रुवायो । कहिले मायालु कहिले संसारले रुवायो ।

   यसैगरि उहाँको गजलमा राष्ट्रप्रेम, लोकतन्त्र, मानवतावाद, भातृत्वको निश्चल भावना भरपुर मात्रामा पढ्न पाइन्छ ।

कागजमा युगको आङ्खनो पहिचान कोरी देऊ यस राष्ट्रको गौरव र स्वाभिमान कोरी देऊ ।

जनयुद्धमा जसले दिए आहुति प्राणका ती देशभक्त सहिदको बलिदान कोरी देऊ ।

      मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको स्थापनाकालदेखिनै उपाध्यक्ष पदमा रहि गजलको उत्थान संरक्षण र सम्र्बदनमा लाग्नु भएको राजापुरीले आफ्नो जीवनकालमा अनगिन्ती गजलहरु लिपिवद्ध गर्नु भयो । उहाँले साहित्ययात्राको सुरुवातको दिनहरुमा अवधि र उर्दूमा गजल र कविता कोर्न थाल्नु भयो । त्यस पछि हिन्दी र अंग्रेजीमा आफ्नो कलम चलाउन थाल्नु भयो । करिब करिब ५० को दशक बाट उहाँ नेपाली साहित्यमा सक्रिय देखिनु भयो । छोटो समयमा नै उहाँले नेपाली भाषा र साहित्यमा आफूलाई स्थापित गर्नुभयो । राजापुरीको साढे चार दशक लामो साहित्यिक यात्रामा पाँच ओटा कृति प्रकासित भएका छन् । सर्वप्रथम उहाँले हिन्दीमा लेख्नु भएका भजनहरुको संग्रह “प्रकाश भजनमाला” २०२५ सालमा प्रकाशित भएको थियो भने त्यसपछि उहाँले उर्दूमा लेख्नु भएका सेर ओ सायरियाँहरुको संग्रह “सुख दुख” प्रकाशित भयो । त्यसपछि भने उहाँको अंग्रेजी भाषाको दुईओटा कवितासंग्रहहरु “त्धभलतथ ाष्खभ ँयिधभचक” र “त्जभ कयलनक ायच तजभ अयगलतचथ ल्भउब”ि प्रकाशित भए । पछिल्लो पटक २०६२ सालमा उहाँको पहिलो नेपाली गजल संग्रह “जीवनको मुस्कान” प्रकाशित भयो जुन उहाँले प्रकाशित गर्नु भएको अन्तिम संग्रह बन्न पुग्यो । यस संग्रहमा उहाँका ६२ ओटा गजल समेटिएका छन् ।
      वि.सं. २०२५ सालमा राजापुरीले उहाँका गजलगुरु नासिरुद्धिन नासिरसित मिलेर “महेन्द्र बज्म ए अदब” नामको संस्था खोल्नुभएको थियो जसमा सुरुवातका दिनहरुमा राजापुरका उर्दू गजलकारहरुलाई समेटिएको थियो । त्यस पछिका दिनहरुमा भने यो संस्था ब्यापक बन्दै गयो र यसको क्षेत्र पनि विस्तारित भएको पाईन्छ । यो संस्थाको पहलमा विभिन्न समयमा नेपालका विभिन्न स्थानहरु र छिमेकी देश भारतमा समेत उर्दू गजल मुसायराको सम्भव भएको थियो । राजापुरीमा मुसायरा सञ्चालन गर्ने विशिष्ट खुबी रहेको थियो जसकालागी थुप्रै पटक छिमेकी राष्ट्र भारतको विभिन्न स्थानबाट निमन्त्रणा आइरहन्थ्यो ।
     गजलका हस्ति राजापुरी आफ्नो जीवनकालमा थुप्रै सम्मान र पुरस्कारहरुद्धारा सम्मानित हुनुभयो । उहाँलाई वि.सं. २०६३ जेष्ठ २६ गते चितवनको भरतपुरमा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले सम्मानित गरेको थियो भने २०६४ सालमा आँकुरा नेपालले नेपालगंजमा उहाँलाई अभिनन्दन गरेको थियो । यस्तै उहाँलाई विभिन्न समयमा बर्दियाली साहित्य समाज, भेरी साहित्य समाज , राजापुर उच्च मा.वि. साहित्य मण्डलले सम्मान गरेको थियो । २०६६ साल चैत्र २८ गते अवधी सांस्कृतिक प्रतिष्ठानले नेपालगंजमा सम्मान गरेको थियो । नेपाल बाहिर भारतमा सन् १९८७ मा भारतका राष्ट्रपति के.आर नारायणबाट धन्यवादपत्र , सन् १९९७ मा भारतका प्रधानमन्त्री इन्दिरा गान्धीद्धारा प्रशंसापत्र , सन् १९९८ मा बहराइच शाखाद्धारा कदरपत्र, सन् १९९९ मा उत्तर प्रदेश उर्दू एकेडेमीले “गैर भारतिय र गैर मुस्लिम उर्दू गजलकार”को रुपमा सम्मानित गरेको थियो भने सन् २००७ मा शिवसंकल्प साहित्य परिषद, मध्यप्रदेश भारतले उहाँलाई “गजल गौरव”को उपाधिद्धारा सम्मानित गरेको थियो ।
    राजापुरीले आफ्नो जीवनलाई साहित्यमानै अनवरत रुपमा लगाईरहनु भयो । उहाँले नेपाली तथा उर्दू गजलमा पु¥याउनु भएको योगदान अतुलनिय र अविष्मरणिय छ । मृत्यु शास्वत छ तर यसले सबैलाई विचलित बनाउछ । प्रसिद्ध गजलकार प्रकाश राजापुरीले सम्पूर्ण नेपाली साहित्य जगतलाईनै विचलित र स्तब्ध पार्दै वि.सं २०६७ साल बैशाख १५ गते राति उपचारको क्रममा भारत बहराइचको एक अस्पतालमा प्राण त्याग गर्नु भयो । नेपाली साहित्यले एकजना मुर्धन्य ब्यक्तित्वलाई गुमाउनु प¥यो । आज उहाँ हामी माझ नभए पनि उहाँले लिपिवद्ध गर्नु भएको थुप्रै साहित्यिक सृजनाहरुसंगै हामीमाझ सदैब अमर रहनुहुनेछ ।

गन्तब्य नेर पुगे त रोकिनु प¥यो मलाई । जब जीउने कला आयो त मर्नु प¥यो मलाई ।।

रङ्गिन सपना देखे रातिमा कोपिलाझै जब बिहान बने फूल त झर्नु प¥यो मलाई ।।

मेरो ज्यानको म शत्रु ? होइन कदापी होइन त्यो रुप थियो यस्तो कि, मर्नु प¥यो मलाई ।।

एक्लै नै मैले खाजे मेरो चिताको लकडी एक्लै नै शोकमातम्, गर्नु प¥यो मलाई ।।

जसले दियो मलाई नेपाली हुने गौरब के भो ? त्यो धरा निम्ति, मर्नु प¥यो मलाई ।।

आकांक्षाको नभमा म किन लड् प्रकाश ? आखिर यसै धरामा झर्नु प¥यो मलाई ।।

आयुष चौधरी “सम्मोहन” नेपालगंज, बाँके

Invite to WikiConference India 2011 सम्पादन गर्नुहोस्

 

Hi Sammohan,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011