विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!-बिकास (वार्ता) ०७:०२, २५ जुन २०११ (UTC)

नेपाल र नेपालीहरूको महान चाड दशैँ संघारमा आईपुगेको छ । भिख मागेर जिवन निर्वाह गर्नेदेखि हली , गोठाला , खेताला, मजदुर , किसान , कर्मचारी , हाकिम , साहु, उद्योगपति, प्रशासक, मन्त्री , प्रधानमन्त्रि लगायत सबै तह र तप्काका व्यक्ति, परिवार सबैलाई दशैँको चतारो छ। कोही साहु महाजनको घरदैलो धाउदैछन् । कोही आफ्नो घरमा भएको जिन्सी वा पशुपंक्षी गोरु, भैसी, खसी , सुँगुर, गरगहना, अन्नपात विक्रि गरी दशैँ खर्च जुटाउने हतारो छ । अशाान्ति र अराजकताको अवसरमा फाईद उठाउने, ठग, गुण्डाहरू , ठुला व्यापारी , व्यवसायी, उद्योगपति, अरवौको ठेक्का पट्टा, विकास निर्माण गर्ने पाटीहरू , छानी छानी फोन मार्पmत दशँ खर्च ठीक पारी दिन धम्काउदै रकम असुली गर्नेहरू पनि भ्याइनभ्याई छन्। उता कर, राजस्व , भ्याट छलेर कालोबजारी गर्ने व्यापारी उद्योगपति छानेर कर, राजस्व, भ्याट सम्बन्धित कार्यालयका कर्मचारीहरू पनि कार्यकलापको कामसँगै व्यापारी , उद्योगपति हरूबाट प्राप्त दशैँ खर्च असुल्न र भाग बन्डा गर्न त्यती कै तिव्रता छ । कोही व्यापार , व्यवसाय, पेशा, जागीरहरूको कारणले स्थायी बसोबास भन्दा अन्यत्र पुगेका परिवार सदस्यहरू घर फर्कने क्रम जारी भएको छ । दशैँको लागि लुगा फाटा, किनमेल गर्ने काम, घर सिंगार पेटार गर्ने काम घरमा, खसी बोका नभएकाहरूले किन्ने काम, घरभन्दा बाहिर बसेका परिवार सदस्यहरूले घर फर्कदा ठुलाठुला पोका, झोला बोकेर हर्ष, खुसी र दशैँ रमाइलो बनाउने रहर बोकेर घर भित्रीदैँछन् । नियमित आयस्रोत नहुनेहरू घर , जग्गा, इमान जमान, इज्जत बनदक राखेर बैँक, सहकारी , समूह, साँहु, महाजन, साथीभाई, छरछिमेकीहरूबाट भएपनि दशैँ खर्च जुटाउने र आफ्नो छाराछोरी लगायत परिवार सदस्यहरूको भावनाहरू पुरा गर्न दिएर परिवार खुसी राख्ने जिम्मेवारी पनि परिवारको जिम्मेवार अभिभावकलाई बोझ भएपनि परम्परागत, संस्कार र संस्कृति धाम्नुपर्ने बाध्यता छ । दशैँ मनाउने संस्कार र संस्कृति र परम्पराहरू मान्ने , धाम्ने क्रममा लाखौँ घर परिवार ऋणमा डुब्दैछन् । लाखौँ राँगा , भैसीहरूको, करोडौँ खसी–बोकाहरूको हत्या हुदैँछ । छिनभरमै जीउदो पशुपक्षिंहरू मानिस हरको खुसीसँगै टुक्राटुक्रामा परिणत हुदैछ । धर्मको नाममा संस्कार , संस्कृति र परम्परा जोगाई राख्ने देवी, देउता, भगवान खुसी पार्ने वहानामा लाखौँ पशुपंक्षि काट्ने , रेट्ने, हत्या गर्ने र रमाई रमाई खुसी हुदै , एउटा सिँगो प्राणी छिनभरमै मानिसहरूको आहारमा परिणत गर्ने स्वार्थी चलन छ । सायद मानिसहरूको जस्तो भाषा, संगठन र एकता भएको भए मानिस हरू हत्याराको पंक्तिमा कति लाम लाग्थे होलान ? पशुपंक्षिको अधिकारको कुराहरू कतिसम्म उठ्थे र उठाईन्थे होला? त्यसरी नै दशैँमा राम्रो मिठो मसिनो खाने र राम्रो नयाँ लगाउनु पर्छ भन्ने मान्यता र परम्पराहरूले गर्दा जो गरिव छ, जहा मिठो मसिनो सरल माध्यमबाट प्राप्त गर्न नसकिने ठाउँहरूमा दिन –रात, भोक , तिर्खा नभनी थुप्रै वाधा , व्यवधान , छिचोल्दै कयौ दिन लगाएर मिठो, मसिनो जुटाउन कर्म पशु हत्या जस्तो हृदय विधारक छ । दशैँमा टीका लगाउने चामलको जोदो गर्न कति कठिन छ भन्ने कुरा भुक्त भोगीहरूलाई मात्र थाहा छ । नेपाल सरकारको प्रतिनिधिको रूपमा स्थापित खाद्य संस्थान पनि गरिव दुःखी जनताहरूको पीर मार्का बुझेर सेवा र सुविधा जुटाउनु भन्दा ठुला नेता, हाकिम रिझाएर पृथ पात्र बन्न ठुला वडाहरूलाई दशैँ खर्च कमिसन, र राम्रा राम्रा खसी , भेडा, च्याङ्ग्राहरू उपहार चढाउनमा मात्र तल्लीन छन् । नेपालभरका प्राय सबै बाटो गोरेटोहरूमा यस बेला घरमा बसेका बुवा, आमा, श्रीमति, छोरा छोरीहरू आफ्नो व्यवहारिक अभिभावक आउदैछन् कि भन्दै विहान उज्यालो हुदादेखी वेलुकी साझसम्म हेरी रहने र दशैँ रमाइलो सँग मनाउन आशा भरोसा, विश्वास बोकेर पर्खी रहेका छन्। जसको घरमा पेशा , व्यवसाय , जागीरको सिलसिलामा अन्यत्र गएका र दशैँ तिहारमा घर फर्कनेहरूको परिवारमा त खुसी, हर्ष र रमाइलो हुन्छ नै । जो अभिभावक घर फर्केर आए, उनीहरूको परिवारमा आश्रित सदस्यहरू खुसी स्वभाविक रूपले हुन्छन् नै । तर शसस्त्र यद्धको बेला मरेका र मारिएका साथै अभिभावकहरू वेपत्ता पारिएका परिवारहरूको कथा, व्याथा, विवस्था र वाध्यताहरू बेग्लै छ । जुन परिवारमा छहारी विल्लीबाठ बुझी दिने अहिले अवस्थामा बुझिदिने कोही छैन । जसको घरमा जिम्मेवार , अभिभावक छ । उसको घरमा दशैँको हर्ष, खुसी छ भने अभिभावक शसस्त्र यद्धको बेला मारिएका परिवारमा शोक, रोग, निरास, अभाव, पिडा र रोदन बाहेक केही छैन , छिमेकीघरमा , साथीको घरमा दशैको तयारी देख्दा, रमझम हेर्दा , देख्दा टुलुटुलु हेरेर गहभरी आशु बनाएर आफ्नो आमा लाई ममी हाम्रो दशैँ कहिले आउछ भन्नु , नयाँ लुगा कहिले ल्याउने भनेर गनगन गर्दा कति मन विराक्तिन्छ? हिजो शसस्त्र युद्धमा होम्नको लागि कति सुन्दर सपना देखाएर गरीबको छोराछोरीहरू हामिए ? कतिले आफ्नो घर व्यवहार आमा, बुबा, छोराछोरीहरूलाई व्यवहारिक समस्याहरूको प्रवाह नगरी हजारौँ हजार टुहुरा भए । हजारौँ सिन्दुर पुछियो, हजारौँको काख रित्तो भयो । हजारौँ हजार टुहुरा भए । हजारौ घर वार विहिन भए, कति मारिए , कति बेपत्ता भए केही, कोही ठेगाना छेैन । घरमा अभिभावक छैन, नयाँ लुगा छैन, पैसा छैन, खानेकुरा छैन । तिनिहरूको लागि खोई दशैँ, खोई खुसीहरू ? तर ती गरीबका छोरा छोरी हरूलाई गुलियो , मिठो, सुन्दर सपनाको शब्द जाल बाड्ने नेताहरू सत्ता,भत्ता, कमिसन, कालाबजारी, भ्रष्टचारको वरिपरि चक्कर लगाएर , सबभन्दा ठुलो घरको धनी सबभन्दा मंहगो गाडीको मालिक, नातावाद, कृपावाद, फरियावाद , चन्दावाद लगायतका निच स्वार्थी र व्यक्तिवादी चिन्तनहरूले ग्रस्त नेताहरू र नताहरूको वरिपरि घुमेर प्रमालुट मच्चाएको देख्दा अपांग, वेपत्ता, शहिद परिपार जनहरूलाई खुसी लाग्छ ? गरिव दुःखी जनताहरू भनेको सामन्तीहरू, सत्ता लिप्साहरू, जाली झेलीहरूको लागी सत्ता चढ्ने भ¥याङ , मात्र रहेछन् । नत्रभने हेर्नुस त दुर्गम क्षेत्रका जनताहरूले दशैँको अवसरमा दुई छाक मिठो खाने चामल समेत किन्न पाएका छैनन् । यहि हो दशैँ ? सत्ता, भत्ता वालाहरूको सान हेर्नुहोस दशैँमा कस्तो छ ? धन्यवाद ।