thumb

तेमाल गाउपालिका घुम्न जाउ सम्पादन गर्नुहोस्

तेमाल गाउपालिका काभेपलान्चोक जिल्लामा अवस्थित रहेको छ । काठमाडौं धुलिखेल नमोबुद्ध हुदै बिहान देखि सुरु हुन्छ | अनि पुग्छौ कोट तिमाल| बाटोमा नेवार तामाङ ब्राम्हण सस्कृति झल्किने गाउ बस्ति हेर्न सकिन्छ | ओरालो उकालो काभेपलान्चोक को भकुण्डेबेसी पुगेर केहि बेर आराम गर्न सकिन्छ | बिहानको खाना सोहि ठाउमा खाएर अगाडी बढ्दा उपयुक्त हुन्छ | भकुण्डेबेसीबाट केहि उकालो चद्नुपर्छ| झन्डै ३ घन्टाको पदयात्रा पछी भने कोट तिमाल पुगिन्छ | १ हजार ७ सय १४ मिटर उचाइमा रहेको कोट तिमालमा तामाङ्को मुख्य बसोबास रहेको छ भने अन्य समुदायको पनि थोरै थोरै बसोबास रहेको छ | यहा तिमाल दरबार साथै रोशी र कोशी नदीको मनमोहक दृश्य देख्न पाइन्छ| तत्कालिन नेपालको एकीकरणको समयमा पृथ्वी नारायण शाहले कोट तिमालको नाम दिएको किम्बदन्ती पाईन्छ | तिमालबाट आधा दर्जन भन्दा बडी हिमालको दृश्य अवलोकन गर्न पाईन्छ | जहाबाट गणेश हिमाल, लाङ्टाङ् हिमाल, र गौरीशंकर हिमाल देख्न पाइन्छ |

तेमालको बुद्धचित्त सम्पादन गर्नुहोस्

अत्यन्तै महँगोमा बिक्रि हुने बुद्धचित्त्को उत्पादन हुने स्थान कोट तिमालमा अहिले आम्दानीको मुख्य श्रोत बनेको छ|पछिल्लो समयमा यसको बोट तथा फल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ| यस क्षेत्रमा बुद्धचित्त मालाको बगैचाले गर्दा पर्यटकलाई अत्यन्तै आकर्षित गर्दछ |