काठमाडौं, पुस ६ - बंगलादेशमा जारी साफ वुमेन्स फुटबल च्याम्पियनसिपमा मंगलबार घरेलु टोलीलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई कक्स बजार स्टेडियममा ३-० ले हरायो । नेपालको जीतमा जमुना गुरुङले २ र अनु लामाले १ गोल गरिन् । नेपालले फाइनलमा भारतको सामना गर्ने छ ।