Gobinda Godhar Thapa
विकिपिडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) १७:५५, १६ जुलाई २०१५ (युटिसी(UTC))
डम्बर-पदमा-कृति प्रतिष्ठान
सम्पादन गर्नुहोस्फरक सोच, एक्लो हुन्छ, एक्लो मानिस बेग्लै हुन्छ, त्यसमा अरुलाई समाहित गर्न सक्दा समुन्द्र बन्छ नसक्दा उपनाम पाईन्छ । आजको समाज कसैको पहिलो बिचार सुन्न नपाई उसको अन्तिम निष्कर्ष निकाल्न हत्तारिन्छ । यस्तो व्यबहारले इमान्दारहरु पीडित हुन्छन । यस्तो पिंडाको न्याय खोज्ने ठाउंपनि हुदैन उसले त्यसलाई बालुवाले पानी निलेझै निल्नुको बिकल्प छैन । ऐलेका पीडी राजनैतिक तथा सामाजिक संस्कारका हिसावले आफु अबिश्वास, रित्ता सपना, असफलता र केवल कल्पनामा जन्मि हुर्कियो र त्यसैको सेरोफेरोबाट संस्कार ग्रहण गर्न पुगेको कारण यहां कुनैपनि कामगर्न सहज छैन । ठिक र बेठिक समयको संक्रमणकालमा हामीले हुर्कन पाएको कारण यस्ताकुरा सजिलै बुझ्दछौ तर समाजलाई कसरी देनदिन सकिन्छ भनेर सोचीरहने मानिस अलिकती पागलपनका साथ जिउने गर्दछ । उसले समुहमा हिड्न जानेमा सफल नभएर छोड्दैन र सपनाप्रति प्रतिबद्ध मानिस टाढा रहेरपनि पुगिने बाटोको खोजीगर्न थाल्दछ र देखिएको तर नबांडिएको सपनासंग हार्नु–जित्नु, पाउनु–गुमाउनु संग खासै मतलव पनि राख्दैन । हामी त्यतिसारै हत्तारमा थिएनौ तर एक न एक दिन यो कार्य गर्नै पर्ने हुन्छ भन्ने सबैको मनमा थियो । यसैको सेरोफेरोमा मेरा एक मित्रको दाजु–भाइ वीचमा आर्थिक तथा अन्य स्वतन्त्रताको कुरालाई लिएर खटपट थियो । प्रसंग म संगपनि मिल्दो भएकालेगर्दा अर्का मित्रले मलाईपनि समयमै छुटिन सुझाउदै हुनुहुन्थ्यो । सबैको बिचार एकठाउमा आएको दिन घरमा भेला भयौ छलफल भयो । छलफलकै क्रममा हाम्रा मातापिताले असाध्यै दुःले आर्जेको धनबारे हामीपनि केहि बुझ्ने भई सकेका थियौ । हामी सानै छंदा दुइचार दिनकालागि हामी मामाघर गएका थियौ । एकदिन हजुरमुमाले हात समात्दै निवुवाको फेदतिर लैजादै भन्नु भएको थियो । लौ हेर नाती आजबाट उ द्रद्र त्यो पारीको ठूलो घर तिमीहरुको भयो त्यतिबेला मेरो मनको स्केलमा माथी उठेको खुसीको पारोको नाप मेरो पस्तिस्कमा आजपनि ताजै छ । बुबाले पानीटंकिमा बख्रेल गुरुको घरसंगै घडेरी किन्दाकोबेला म तोरिस्वांरामा घरपछाडी लुकेर खुशीले खुव रोएको थिए । भावुकता कहां गएर ठोकिन्छ र खस्छ यसको कुनै टुङ्गो हुदैन । नबुझनेहरु भावुकतालाई कमजोरी ठान्छन बुझ्नेहरु संगै आंशु खसाल्छन । भिमानमा २०३६ सालमा भु–माफियाको फेलापरेर १८ हजार रुपैयामा धेरै पुरानो तर ऐलानी जग्गा खरिद गर्नु भएको थियो बुबाले । २०३१ सालतिर होला उक्त जमिनमा फलेको धान र बनेको घरमा सरकारले हात्तीलगाएर भत्काउने बाली नष्ट गर्ने ग¥यो । हात्तीले वरीपरिका धेरै घरहरु सजिलै भत्कायो तर हाम्रो घर भने ढल्कायो मात्र भत्काउन सकेन त्यसयता सरकारले हामीलाई जनता भनेर कहिल्यै चिनेन तर यसै दिनबाट हामी त्यहा बस्न नसक्ने मात्र होइन सुकुम्बासिमा परिणत भयौ । त्यसपछि बुवाले पुनः चर्को व्याजमा ऋणकाढेर जोडेको ठूलो घरमा जान पाउदा हामी असाध्य हर्षित हुन पुगेका थियौ । रहदा बस्दा हुर्किदै गयौं अझ धेरै कुरा जान्ने सिक्ने भयौ । आज हामी जो जहां पुगेका भएतापनि सपनामा त्यहि पाखा पखेरा, त्यहि हावापानी, त्यहि हिमाल, त्यहि उच्च गोलन्जुरको काखमा रहेर गौरीशंकरको हाराहारी भई बसेको हरियालीले झपक्क हिर्दिङ गाउंकै यादहरु आउने गर्दथे । गाउ छाडेर हिडेपछि नत हामी संग खेल्ने उमेर रह्यो न त ठाउ नै । रहर भएरपनि अबसर बाट बन्चित भइयो । त्यसैलेपनि होला जीवनका आनन्दमय क्षणहरु जव निन्द्राको अंगालोमा पुग्दछन तव हाम्रा खेल्ने कुद्ने रहर र त्यसका सम्झनाहरु पंखहालेर उहि हिर्दिङ पुगेर थामिन्छन, त्यहिको माटोमा रमाउन चाहन्छन । झल्यांस्स भई व्यूझिदा बुवाले आर्जेको जमिनमा खेल्ने कुद्ने रहर थकथकीमा बिलाउछ । मनमनै यस्तो लाग्ने गर्छ अझै एकक्षण म सपनामै रमाउन पाएको भए कति मज्जा हुन्थ्यो भन्ने सोच्दै थकथकाउदै व्यूझिने गरिन्छ । यसरी हाम्रो जीवन गांसिएको बुवा आमाको पसिनाले सिंचियको जमिनमा फित्ता नापेर, टुक्रा गरेर हामीले पक्कै पनि माता–पीतालाई खुशी भन्दा दुःखी बढी बनाउन सक्ने ठान्यौ र समानहकका आधारमा कम्पनी बनाउने निर्णय गरियो वहांहरुले खाई नखाई खुन पसिना गरेर जोडेको सम्पति नटुक्र्याउने बरु आबश्यक धन लगाएर त्यसलाई कृषि क्षेत्रको अग्रणी शैक्षिक तथा आर्थिक केन्द्रको नमूनाको रुपमा त्यसको बिकाश गर्ने । यसमा सहर्ष सर्बसम्मत समर्थन र≈यो । अब कम्पनीमा लैजानका लागि आबश्यक संख्याको कुरा थियो । देशमा महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्ने वा छोरीलाईपनि छोरा सरह अंशको चर्चा चलिरहेको बेला । हामीले पहाडको जग्गालाई छोरा–छोरी दुवैलाई समान हकका आधारमा कम्पनी बनायौ भने सदरमुकाममा भएको जमिन दुईभाइले अंश नलिने र बांकी सबैको नाममा बराबरी भाग लगाउने गरि निर्णयमात्र भएन भोलीपल्टै मालपोतमा गएर अंशबण्डाको कागजपत्र तयार हुदैगर्दा डम्बर–पद्मा कृर्षि फर्मको समेत जन्महुन गयो । अब घरका सबैको मनमा माईलो भाइले उक्त कृषिफर्म हेरोश भन्ने थियो भने बुबा दुईभाइले अंश नलिएको कुरालाई लिएर मनमनै खल्लोभाव बोकि रहनुभएको थियो । यसरी हामी छुटिएको कुरा बिस्तारै गाउघरमा फैलियो कसैले असाध्यै राम्रो माने कसैले सित्तैको सुझावहरु दिए एकदिन बुवा भड्किन खोज्नु भएको थियो । तर पछि आफैले कुरा बुझ्नु भयो । समस्या आउदै आएन । यता हजुरवबुवा र आमाले त हामी कसरी छुट्टियौ भन्नेथाहा पाएर पनि जानकारी लिन समेत आबश्यक ठान्नु भएन यतिधेरै बिश्वास थियो वहाको हामीप्रति । हामीले बुवा–आमा तथा हजुरवुवालाई भनेजस्तो शुख–सयल दिन सकेनौ हाम्रो परिवारको रगतमा बग्ने स्वाभावको कारणले गर्दा सोचेजस्तोे चांडो आर्थिक प्रगति गर्न सकेनौ । यता बुवालाई संसारको सबै भन्दा राम्रो ठाउं त्यहि हिर्दिङ, त्यहिका रुखबुट्टा, रहनशहन, भेषभुषा, चराचुरुङ्गीका चिरवीरगर्ने आबाज तथा आफुले गरेका सामजिक योगदानहरुको माया लागिरहन्थ्यो । जरीबुट्टि बाहेक अरुकुराको खेतीगर्ने बारे वहाले सोच्दै नसोच्ने । एक दिन हामीलाई पनि लाग्यो । कठै यो देशको शिक्षा, हाम्रो बुवाले अबसर पाउनु भएको भए हामीलाई जरीबुट्टि पढाउनुहुने थियो होला । हो हामीले बिषेश केहि गरेनौ तर जे ग¥यौ फरक तरिकाले सहजता पुर्वक गर्ने प्रयास ग¥यौ । मलाई के लाग्छ भने यो प्रयासको सिको समाजका अन्य बर्ग समुदाय र राज्य संञ्चालकहरुले पनि गर्न सके पक्कै पनि राम्रो हुने थियो भन्ने लागि रहन्छ । उल्लेख्य कुरा त के भने गाऊलेहरुले जहिल्यै पनि हाम्रो सपनामा आंखा चिम्लेर साथ दिईरहे ।
मैले मेरो जीवनको उर्वर समय जागिरमा बिताएं एकसरो राम्रै लगाएं स्वदेश घुम्नपाएं तर अफुलाई जहिल्यै असन्तुष्ट, असफल, आर्थिक हिसाबले असाध्यै कमजोर अबस्थामा २३ बर्ष बिताए छु । भाइ बिबश थापाले चालुहालतमा रहेको कम्प्यूटर तथा साईवर पसल जसलाई आजको यूगले अपरिहार्य मानेको व्यापार बन्द गरेर कृषि पेशामा लागेको एक बर्ष बित्दा नबित्दै राष्ट्रपति कृषियोजना कार्यक्रमबाट जिल्ला प्रथम पुरस्कार हातपार्न सफलहुंदा माता–पिताको छातीको चौडाई बढेको महशुस किनपनि गरें भने हाम्रो एकमात्र उद्धेश्यभनेकै वहाहरुको नाम रोशनगर्नु थियो । केहि हदसम्म हामीेले योकाम गर्न सक्यौ । माता–पीता जिवीतै हुदा वहाहरुलाई सम्झने हाम्रो नौलो प्रयासको पहिलो सफलता थियो यो पुरस्कार । कम्प्यूटर पसल बन्द गरेकोमा गालीगर्नेहरु हेरेका हेरेकै भए । सिन्धुली जिल्लामै पहिलो पटक जमिनमुनी फल्ने श्याउ यसै डम्बर–पद्मा कृषि फर्मले भित्र्याएको थियो । जिल्लामै पहिलो पटक १० जना क्षेमताको सानो कृषी होमस्टे संञ्चालनमा ल्याउनुका साथै महिनामा एकदिन समाजलाई भन्ने कार्यक्रम यसै फर्मको प्रा¨णबाट सुरु गरिएको छ । जसको सपना देशमा आएको २०४५ को परिबर्तन पछिको सामाजिक काममा आएको बितिष्णालाई कम गर्दै लगेर समाजलाई सामाजिक काममा लगाव बढाउदै बितृष्णालाई बिकाशमा बदलेर रतनचुरा गा.बि.स.लाई देशकै नमूना बनाउने लक्ष्य अनुरुप रचनचुरा, बासेश्वर, तिनकन्या, रानीचुरी कमलामाई न.पा. देखी बासेश्वर सम्मको क्षेत्रफल ओगटेको बन क्षेत्रलाई अहिंश्रक बन्यजन्तु आरक्षणको रुपमा बिकाश गर्ने लक्ष्य लिईएको छ । त्यसै गरि रतनचुरा गा.बि.स.कै वडा नं. ९ मा अबस्थित महाकाली मन्दिरलाई धार्मिक पर्यटन स्थलको रुपमा बिकाश गर्ने र ग्रामिण भेगमा बासिन्दालाई बांसजन्य बस्तुबाट आए आर्जनको अबसर प्रदान गर्ने योजना रहेको छ ।