विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, Deepak Thakuriज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ११:०५, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

भाषा र नेपाली भाषाको अध्ययन

सम्पादन गर्नुहोस्

प्र. नं. १. भाषाको परिचय दिई यसका विशेषताहरू उल्लेख गर्नुहोस् । संस्कृत भाषाको भाष् धातुमा आ प्रत्यय लागेर बनेको भाषा शब्दले केही बोल्नु वा केही भन्नु भन्ने अर्थ दिन्छ । कोशीय अर्थमा भाषाले वाणीलाई सङ्केत गर्छ । भाषालाई वाक्प्रतीक पनि भनिन्छ । संसारका सबै जीवित प्राणीका आवाजलाई भाषाका रूपमा स्वीकार गर्न सकिन्न । मानव उच्चारण अवयवद्वारा उच्चारित सार्थक ध्वनि मात्र भाषा हो । भाषा विचार विनिमयको साधन हो । भाषामा ध्वनि, वर्ण, शब्द, पदावली, उपवाक्य, वाक्य आदिको व्यवस्था हुन्छ । यसकै माध्यमबाट एक व्यक्तिका भावना, विचार, आवेग, संवेग आदि अर्को व्यक्तिसम्म पुग्छ । योबिना कुनै पनि सामाजिक व्यवहार सम्पन्न हुन्न । यसले नै व्यक्ति व्यक्तिलाई जोडेको छ । भाषा सधैं आर्जित र व्यवहारमा निर्भर रहन्छ । हरेक व्यक्तिले भाषा आर्जन गर्नुपर्छ । व्यक्ति सुरुवातमा भाषालाई प्रयोगबाट आर्जन गर्छ । उसमा शब्दभण्डार विकास हुँदै गएपछि औपचारिक शिक्षाका माध्यमबाट भाषाका संरचनाबारे ज्ञान विकास हुन्छ । त्यसपछि ऊ भाषालाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्छ । कथ्य र लेख्य गरी भाषाका दुई रूप हुन्छन् । कथ्य रुप भाषाको आदिम रुप हो । संसारका हरेक भाषा प्रारम्भमा कथ्य रुपमा थिए । यसको रुप परिवर्तन भइरहन्छ । जीवनयापनका क्रममा व्यक्ति तथा समुदायसँग सम्पर्कका लागि सहजीकरण गर्न सघाउँछ । यस रुपका वक्ता धेरै हुन्छन् । यसमा कुनै किसिमको व्याकरणिक नियम पालना गरिरहनुपर्ने जरुरत नहुने भएकाले वक्तालाई कथ्य भाषा निकै सहज लाग्छ । लिपिको विकास भएपछि लेख्य रुप विकास भएको हो । लेख्य रुपले भाषालाई स्थायित्व प्रदान गर्दै मानवीय विचार, विश्वदृष्टि, साहित्य आदिलाई संरक्षण र भण्डारण गर्न सघाएको छ । भाषाको स्वरुपसम्बन्धी पूर्वीय र पाश्चात्य मतलाई निम्नानुसार प्रस्तुत गरिएको छ ः

परा, पश्यन्ती, मध्यमा र बैखरी यी चारको समन्वयात्मक रूप भाषा हो । –ऋग्वेद उच्चारणद्वारा व्यक्त वाणी नै भाषा हो ।– पाणिनि उच्चारण अवयवद्वारा उच्चारित मानवीय अभिव्यक्ति नै भाषा हो ।– पतञ्जलि मनका भाव वा विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह नै भाषा हो । – नेपाली बृहत् शब्दकोश


विचार आत्माको मूल वा अध्वन्यात्मक बातचित हो, यही विचार ध्वन्यात्मक भएर ओठबाट प्रकट हुन्छ, त्यसलाई भाषाको संज्ञा दिइन्छ ।– प्लेटो भाषा तत्वको निश्चित समुच्चयबाट निर्मित र निश्चित लम्बाइ भएका वाक्यहरूको समुच्च हो ।– नोम चम्स्की स्वतन्त्र रूपमा उच्चारित ध्वनि सङ्केतहरू विचार, संवेग र चाहनालाई व्यक्त गरिने उच्चारण अङ्गद्वारा उच्चारित मानवीय व्यवस्थालाई भाषा भनिन्छ । – सपियर

कुनै विषयका सम्बन्धमा मानव उच्चारित अवयवबाट उच्चारित अर्थपूर्ण ध्वनि नै भाषा हो । भाषाले मानव मनको प्रकाशन गर्छ । भाषाकै माध्यमबाट कुनै व्यक्तिको मनोभाव, विचार, आशय, शारीरिक अवस्था आदि बुझ्न सकिन्छ । भाषाभित्र भाषिक व्यवस्था कायम हुन्छ । यही व्यवस्थाका कारण भाषा व्यवस्थित र वैज्ञानिक हुन्छ । भाषाका स्वरुपबारे चर्चा परिचर्चा गरेपछि यसका विविध अभिलक्षणहरू पहिल्याउन सकिन्छ । भाषाका प्रमुख विशेषताहरू निम्नानुसार रहेका छन् ः (क) भाषा वाक् प्रतीक हो भाषा मानव उच्चारित ध्वनिको समुच्च रूप हो । यही ध्वनिलाई प्रतीकका रूपमा वर्णमालामा उतारिएको हुन्छ । उदाहरणका लागि (ने प्आ ल्) यी तीन ध्वनिहरूको संयोजनबाट नेपाल शब्द निर्माण भएको छ । नेपाल शब्द नै वास्तविक नेपाल होइन, यो त नेपाललाई बुझाउने भाषिक सङ्केत तथा प्रतीक हो । सबै भाषामा प्रचलित शब्दले कुनै वस्तुको प्रतीकका रूपमा काम गरेको हुन्छ । हामी मान्छे शब्द प्रयोग गर्छौं । मान्छे शब्द नै यथार्थमा मान्छे होइन, यसले मान्छेलाई इङ्गित गरेका मात्र हो । तसर्थ भाषा वाक् प्रतीक हो । (ख) भाषा मानवीय वस्तु हो भाषा मानवीय वस्तु हो । भाषा मानवजातिको सम्पत्ति हो । मानवले मात्र भाषा प्रयोग गर्न सक्छ । अन्य प्राणीको पनि भाषा भए पनि त्यसलाई भाषा मानिँदैन । भाषा सिक्ने प्रक्रियामा केवल मानिस मात्र सहभागी हुन सक्छ । मानव उच्चारण अवयवले भाषिक व्यवहार सम्भव छ । कुनै व्यक्ति, वस्तु र घटनाबारे अभिव्यक्ति दिन मानिसले मात्र सक्छ । मानवले नै असङ्ख्य ध्वनि उच्चारण गर्न सक्छ, अन्य प्राणीले सक्दैन । तसर्थ भाषा नितान्त मानवीय वस्तु हो । (ग) भाषा परम्परित हुन्छ भाषा परम्परामा आधारित हुन्छ । यो एक कालखण्डबाट अर्को कालखण्ड र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरित हुँदै आउँछ । अगिल्लो पुस्ताले भावी पुस्तालाई भाषा सिकाउँछन् । यही क्रममा विश्वका सबै भाषा वृद्धि र विकास भएका हुन् । (घ) भाषा यादृच्छिक हुन्छ यादृच्छिक भनेको मानिएको हो । भाषाले कुनै वस्तु, ठाउँ, व्यक्ति र भावर्ला बुझाउन वाक्प्रतीक चयन गरेको हुन्छ । मान्छो बसोबास गर्ने स्थानलाई संस्कृत भाषामा गृह, अङ्ग्रेजी भाषा होम र नेपालीमा घर शब्द प्रयोग गरिएको छ । भाषापिच्छे वस्तुलाई विभिन्न नाम दिइएको हुन्छ । घरलाई अङ्ग्रेजीमा होम राख्नुको कुनै तर्क र कारण छैन । यो त मानिएको हो । व्यवहारमा नाकलाई ‘नाख’ मानिन थालियो भने कालान्तरमा यो शब्दले स्थायित्व लिन्छ । तसर्थ कुनै वस्तु वा व्यक्तिका लागि प्रयुक्त शब्द यादृच्छिक हुन्छन् । (ङ) भाषा व्यवस्था हो भाषा आफैंमा नियमबद्ध हुन्छ । हरेक भाषामा आआफ्ना नियमहरू हुन्छन् । भाषामा वर्ण, रू, पदावली, उपवाक्य, वाक्य, अनुच्छेद आदि तहमा अनेक नियम हुन्छन् । त्यस्तै शब्दनिर्माण प्रक्रिया पनि भाषाको रूपअनुसार फरक हुन्छ । नेपाली भाषामा कर्ता र क्रियापदको संयोगबाट वाक्य निर्माण हुन्छ । त्यस्तै अङ्ग्रेजीमा कर्ता, क्रियापद र कर्मको मेलबाट वाक्य निर्माण हुन्छ । मातृभाषीले दोस्रो भाषी वक्ताको भाषिक प्रस्तुति सुन्नेबित्तिकै हास्न थाल्छ । उसले भाषिक व्यवस्था नमिलेको पत्ता लगाउँछ । वास्तवमा भाषा व्यवस्थित हुन्छ । (च) भाषा सञ्चारको माध्यम हो भाषा सञ्चारको माध्यम हो । भाषाबिना एक व्यक्तिले अर्को व्यक्तिको मनोविज्ञान, भाव र विचार बुझ्न सक्दैन । भाषाकै कारण एउटा भूगोलमा जन्मेहुर्केको व्यक्ति फरक भूगोलका मानिससँग घुलमिल हुन सक्छ । यदि ऊ भाषामा दक्ष छैन भने सञ्चार हुनै सक्दैन । थारू समुदायमा हुर्केका बालबालिकाले नेपाली भाषा विद्यालय तथा समुदायबाट आर्जन गरेका हुन्छन् त्यसैले उनीहरू नेपाली भाषी वक्तासँग संवाद गर्न सक्छन् । सामाजिक सम्बन्ध नै भाषामा अडिएको हुन्छ । भाषा सञ्चारको प्राचीन तथा स्थायी माध्यम हो । (छ) भाषा उत्पादनशील हुन्छ भाषामा उत्पादनशील क्षमता हुन्छ । भाषाको सीमित नियमका माध्यमबाट असीमित शब्द तथा वाक्यहरू निर्माण गर्न सकिन्छ । बालबालिकाले सामाजिकीकरणको प्रक्रियामा भाषा सिक्छन् । उनीहरूले क्रमशः एकै किसिमका शब्द प्रयोग गरी अनेक वाक्य निर्माण गर्छन् । त्यस्तै भाषासम्बन्धी ज्ञान भएकाहरूले भाषाकै नियम प्रयोग गरी अनेक शब्द र वाक्य निर्माण गर्छन् । हामीले नेपाली भाषाका उपसर्ग र प्रत्ययको नियमबाट नयाँनयाँ शब्द निर्माण गर्न सक्छौँ । त्यस्तै वाक्य संरचना (कर्तांकर्मंक्रियापद)को नियमबाट असङ्ख्य वाक्य निर्माण गर्छौँ । नियम ः नामपद कर्म क्रियापद संयोग किताब पढ्छ । जोनको भाइ संयोग पत्रिका पढ्छ । (ज) भाषा परिवर्तनशील हुन्छ भाषा परिवर्तनशील हुन्छ । भाषा वक्तासँगै फिँजिएर विश्वका विभिन्न भागमा पुग्छ । यसै क्रममा भौगोलिक दूरीका कारण भाषाको शब्दभण्डा, व्याकरणलगायत पक्षमा परिवर्तन देखा पर्छ । पृथ्वीनारायण शाहकालीन नेपाली भाषाका क्रियापद र वर्तमानकालीन नेपाली भाषाका क्रियापदबीच आकाशपतालको भिन्नता पाइन्छ । कुनै समय नेपाली भाषा संस्कृत भाषाबाट निकै प्रभावित थियो भने अहिले अङ्ग्रेजी, हिन्दीलगायतका भाषाबाट प्रभावित छ । नेपाली भाषाले अङ्ग्रेजी शब्दलाई आगन्तुक शब्दका रूपमा रूपान्तरण गरिसकेको छ । यसरी भाषामा भौगोलिक दूरी र समयका कारण परिवर्तन भइरहन्छ । (झ) भाषामा उच्चारण र श्रवणको पूर्वापर सम्बन्ध हुन्छ । उच्चारण र श्रवणको पूर्वापर सम्बन्धले बोलाइ र सुनाइको अनुक्रमलाई बुझाउँछ । भाषिक व्यवहारका क्रममा वक्ताले बोल्छ । त्यसपछि वक्ताले उच्चारण गरेका ध्वनि श्रोताले सुन्छ । पहिला बोल्ने र पछि सुन्ने क्रम रहने भएकाले भाषामा उच्चारण श्रवणको पूर्वापर सम्बन्ध हुन्छ । (ञ) भाषा संरचना हो । भाषा निश्चित संरचनामा बाँधिएको हुन्छ । भाषाका संरचकअन्तर्गत ध्वनि, वर्ण, रूप, शब्द, पदावली, उपवाक्य र अनुच्छेद रहेका हुन्छन् । ध्वनि र वर्ण खण्डेतर संरचक हुन् भने शब्द, पदावली, उपवाक्य र अनुच्छेद खण्डीय संरचक हुन् । यी संरचककै कारण भाषाले एउटा निश्चित संरचना ग्रहण गरेको हुन्छ ।


प्र. नं. २. भाषिक परिवारको सङ्क्षिप्त चिनारी दिनुहोस् । विश्वमा अनेक भाषाहरू अस्तित्वमा छन् । संसारमा रहेका भाषाको यकिन सङ्ख्या हालसम्म पत्ता लागेको छैन । भाषाशास्त्रीहरूको खोज र अनुसन्धानले विश्वमा करिब ६ हजार भाषा रहेको सङ्केत गरेको छ । भाषा लोप हुने र जन्मने प्रक्रिया चलिरहने भएकाले पनि भाषाको सङ्ख्या गणना गर्न नसकिएको हो । विश्वभरका भाषाको अध्ययन गरी तिनीहरूबीचको साम्य र वैषम्य विशिष्टताका आधारमा भाषालाई समूहीकृत गर्ने प्रक्रिया नै भाषाको पारिवारिक वर्गीकरण हो । भाषाशास्त्रीका अनुसार भाषालाई वर्गीकरण गर्ने आधारहरूमा महादेश, देश, धर्म, काल, संरचना, परिवार, प्रभाव आदि रहेका छन् । तर, भाषिक समानता र स्थानिक सामीप्यका आधारमा भाषाको पारिवारिक वर्गीकरण गर्ने चलन बढी प्रचलित छ । विल्हेलम हम्बोल्टले पहिलोपटक विश्वका भाषाको पारिवारिक वर्गीकरण गरेका थिए । यिनले भाषाका १३ वटा परिवार भएको मत सार्वजनिक गरेका थिए । यस्तै, रेइले एउटा परिवार र पार्टरिजले १० परिवार रहेको बताएका थिए । यसरी भाषाको पारिवारिक वर्गीकरणमा मतैक्य पाइँदैन । भाषाहरूको पारिवारिक सङ्ख्या १० मान्नेहरूको बाहुल्य रहेकाले विश्वका भाषालाई १० परिवारमा वर्गीकरण गरेर अध्ययन गर्ने चलन निकै लोकप्रिय छ ।

(क) भारोपेली भाषा परिवार भारोपेली भाषा विश्वकै सबैभन्दा ठूलो परिवार हो । यस परिवारको नामकरणका सम्बन्धमा एकमत देखिँदैन । यसलाई जर्मनिक, इन्डो केल्टिक, इन्डो हिट्टेली, जेफेटिक, ककेसियन, इन्डो युरोपियन, भारत जर्मनेली, भारत केल्टेली आदि नाम दिइए पनि ‘भारोपेली’ शब्द प्रचलनमा छ । शाब्दिक रूपमा हेर्दा भारोपेलीले भारत र युरोपमा बोलिने भाषाहरूको परिवार भन्ने अर्थ दिन्छ । यस परिवारले विश्वको ८० प्रतिशत भूभाग र आधा बढी जनसङ्ख्या समेटेको छ । भारोपेली भाषा परिवारका शाखालाई तलको चित्रमा यसरी प्रस्तुत गरिएको छ ।







भाषाविद् अस्कोलीले भारोपेली भाषालाई शतम् र केन्तुम गरी दुई भागमा वर्गीकरण गरेका हुन् । उनले मूल भारोपेलीबाट अन्य भाषाको विकास प्रक्रियामा भएको ध्वनि परिवर्तनलाई केन्द्रबिन्दु बनाएका छन् । उनले ‘क’ ध्वनि यथावत् रहनेलाई केन्तुम् र ‘श’ तथा ‘ज’ मा परिवर्तन हुनेलाई शतम् वर्गको नाम दिएका छन् । भारोपेली भाषा परिवारका विशेषताहरू यस प्रकार रहेका छन् ः प्रचीन र स्थूलता ध्वनि परिवर्तन शब्दभण्डारको व्यापकता एकाक्षरी धातुको बाहुल्य भाषिकाको बाहुल्य साहित्यिक रचनाको व्यापकता शब्दनिर्माणमा धातु, उपसर्ग, प्रत्यय, सन्धि र समास प्रयोग (ख) द्रविड भाषा परिवार द्र्रविड भाषाको मुख्य क्षेत्र भारत, श्रीलङ्का, पाकिस्तान र माल्दिभ्स हो । ईसापूर्व तेस्रो शताब्दीतिर ठुल्ठूला द्रविड राज्य स्थापित भए । यसैबेला द्रविड भाषाको वृद्धि र विकास भएको हो । विश्वभर करिब ३ करोड मानिसले द्रविड भाषा बोल्छन् । मुख्यतः भारतको दक्षिणी भागमा बोलिन्छ । द्रविड भाषामा विभिन्न समूहमा विभाजित छन् । तामिल, तेलगु, मलयालम, कन्नड आदि यस परिवारका मुख्य भाषा हुन् । द्रविड भाषा अश्लिष्ट योगात्मक भाषा हो । नेपालमा बोलिने झाँगड भाषा यसै परिवारअन्तर्गत पर्छ । यस भाषाका केही विशेषताहरू यस प्रकार छन् ः मूर्धन्य ध्वनिको बाहुल्यता स्वरान्त शब्दको बाहुल्यता छुट्टै सकारात्मक र नकारात्मक क्रियापदको व्यवस्था आगन्तुक शब्दहरूको प्रचुरता द्विवचन र त्रिलिङ्गको व्यवस्था (ग) मलय पोलिनेसियन भाषा परिवार मलय पोलिनेसियन भाषाको भौगोलिक क्षेत्र पश्चिम अफ्रिकाको मेडागास्करदेखि पूर्वमा मलयाद्वीपसम्म, उत्तरमा फर्मोसादेखि दक्षिणमा न्युजिल्यान्डसम्म फौलिएको छ । यस भाषालाई पूर्व र पश्चिम गरी दुई भागमा वर्गीकरण गरिएको छ । पश्चिमअन्तर्गत मलेनेसियाली, इन्डोनेसियाली र जावा भाषा बोलिन्छ भने पूर्वअन्तर्गत हवाइयन, समोअन, फिजी र न्युजिल्यान्डेली भाषा बोलिन्छ । यस भाषा परिवारमा हजार बढी भाषा रहेका छन् । यस परिवारका प्रमुख शाखाहरू निम्नानुसार छन् ः



मलय पोलिनेसियाली भाषा परिवारको समृद्ध भाषाका रूपमा मलेनेसियाली रहेको छ । यो इन्डोनेसियामा बोलिन्छ । यसै भाषा परिवारको दोस्रो समृद्ध भाषा फिजी हो । यस परिवारका अन्य लोकप्रिय भाषामा जावा, मओरी, इन्डोनेसियाली आदि छन् । यस परिवारका भाषाका विशेषताहरू यस प्रकार छन् ः अश्लिष्ट प्रयोगात्मक भाषा अनेकाक्षरी शब्द व्यवस्था ६ वटा लिङ्गको व्यवस्था बहुवचनका लागि द्वित्व शब्द प्रयोग विभक्तिको प्रचुरता पुरुषविहीन क्रिया प्रयोग बलाघात शब्दादिमा धातु दुई दुई अक्षरबाट निर्मित (घ) ककेसियाली भाषा परिवार ककेसियाली पर्वतको छेउछाउमा बोलिने भएकाले यस भाषा परिवारको नाम ककेसस राखिएको हो । यस परिवारका भाषा कृष्णसागर र क्यास्पियन सागरका मध्यवर्ती ककेस पर्वतका छेउछाउमा बोलिन्छ । यो परिवारमा तीसभन्दा बढी भाषा रहेका छन् । यस भाषा परिवारलाई दक्षिण र उत्तर गरी दुई वर्गमा विभाजन गरिएको छ । दक्षिण ककेसियालीअन्र्गत लाज, स्भान, जर्जियाली र स्भान भाषा पर्छन् । यीमध्ये जर्जियाली भाषा निकै समृद्ध छ । उत्तरी ककेसियालीअन्तर्गत चेचेन, कबर्दियन, अभर, अबर बासियन, इंगुस आदि भाषा पर्छन् । करिब १० लाख मानिस यस भाषाका वक्ताका रूपमा रहेका छन् । यस भाषा परिवारका भाषाका विशेषताहरू यस प्रकार छन् ः पाँचवटा वचनको व्यवस्था विभक्तिको प्रचुरता शब्दनिर्माणमा उपसर्ग र प्रत्यय प्रयोग व्यञ्जन वर्णको बाहुल्य सरल र तियक् कारकको व्यवस्था क्रियापदको बनोटमा जटिलता (ङ) अस्ट्रिक भाषा परिवार दक्षिण पूर्वी एसिया र त्यसका आसपासमा बोलिने भाषाहरूको परिवारलाई अस्ट्रिक भनिन्छ । यस परिवारलाई परिवारलाई आग्नेसियाली÷आग्नेय वा अस्ट्रिक भाषा परिवारका नामले पनि चिनिन्छ दक्षिण–पूर्व एसिया मुख्य थलो रहेको यस परिवारका भाषा अन्नाम, कम्बोडिया, बर्मा, थाइल्यान्ड, भारत हुँदै निकोेबार द्वीपसम्म फैलिएका छन् । यस भाषाका मुन्डा वा कोल, मोन–ख्मेरर र अन्नाम–मुआइ समूह प्रमख मानिन्छ । नेपालमा पनि यस परिवारको सतार÷सन्थाल भाषा बोलिन्छ । झापा र मोरङका दक्षिणी सीमावर्ती भूभागलाई यसको मुख्य क्षेत्र मानिन्छ । यस परिवारका प्रमुख भाषिक विशेषताहरू निम्नानुसार छन् ः मुख्यतः अश्लिष्ट योगात्मकता अर्ध व्यञ्जन ध्वनि व्यवस्था विभक्तिको काम उपसर्गबाट लिइने लिङ्ग निर्धारणका निम्ति मूल लिङ्ग निर्धारक शब्दको प्रयोग गरिने तीनओटा वचन प्रयोग शब्दान्तमा संयुक्त व्यञ्जन अभाव पुरुषअनुसार क्रियामा रूप भेद नपाइने

(च) युराल–अल्टाइली भाषा परिवार युराल–अल्टाइली भाषा युराल पर्वत र एसियामा अवस्थित अल्टाई पर्वतका बीचमा पर्ने टर्की, रसिया, साइबेरिया, हङ्गेरी, फिनल्यान्ड आदि देश र ती आसपासका क्षेत्रमा बोलिन्छ । भाषाको फैलावट र क्षेत्र विस्तारका हिसाबले यो भारोपेली पछिको ठूलो भाषा परिवार हो । यस भाषा परिवारका युराल र अल्टाई गरी दुई शाखा रहेका छन् । युरालअन्तर्गत फिनिस, इस्तोनियाली, हङ्गेरी, टन्ड्रा नेनेट्सलगायतका भाषा रहेका छन् । यीमध्ये हङ्गेरी भाषा हर दृष्टिले समृद्ध रहेको छ । अल्टाइलीअन्तर्गत तुर्की, अजर बैजानी, उजबेक, मङ्गोलियन, किरगिज र कजाक भाषा पर्छन् । यीमध्ये तुर्की भाषा निकै समृद्ध । युराल–अल्टाइली भाषा परिवारका विशेषताहरू यस प्रकार छन् ः अश्लिष्ट योगात्मक व्याकरणिक लिङ्ग व्यवस्था नभएको कारकीय सङ्ख्या अनिश्चित तीन किसिमका (ह्रस्व, दीर्घ र लुप्त) स्वर वर्ण समस्वरात्मकता (छ) अफ्रिकालाी भाषा परिवार अफ्रिका महादेशमा बोलिने भएकाले यस परिवारलाई अफ्रिकाली भाषा परिवार भनिएको हो । यस परिवारका भाषा पश्चिमी एसियामा पनि बोलिन्छन् । यस भाषा परिवारका पाँचवटा शाखाहरू रहेका छन्, जसलाई तलको चित्रमा प्रस्तुत गरिएको छ ः





सामेली परिवारका भाषा मुख्यतः अफ्रिका र एसियामा बोलिन्छ । यस परिवारका सर्वप्राचीन भाषा हिब्रु र सर्वप्रसिद्ध अरबी भाषा मानिन्छन् । त्यस्तै हामेली भाषा उत्तरी अफ्रिकामा बोलिन्छ । यसका मिस्रेली, लिबियाली र इथियोपियाली गरी तीन शाखा रहेका छन् । बान्टु भाषा मध्य र दक्षिण अफ्रिकामा बोलिन्छ । यसका पूर्वी, मध्य र पश्चिम गरी तीन शाखा रहेका छन् । बुस्मन दक्षिण–पश्चिमी अफ्रिकाका बुस्मन जातिले बोल्छन् । यो दक्षिण–पश्चिम अफ्रिकाको अरेन्ज नदीदेखि नगामी तालसम्मको क्षेत्रमा बोलिन्छ । अफ्रिकाली भाषा परिवारका विशेषताहरू निम्नलिखित छन् ः श्लिष्ट योगात्मकता बहुवचनका अनगिन्ती प्रकार लिङ्गभेद नहुनु एकाक्षरी धातु व्यवस्था सरल र छोटा वाक्य व्यवस्था त्रिकारक प्रयोग समासशून्यता कलाबोधका लागि सहायक क्रिया प्रयोग (ज) चिनियाँ–तिब्बती भाषा परिवार मुख्यतः चीन, तिब्बत र बर्मामा बोलिने यस परिवारका भाषाहरू बङ्गलादेश, थाइल्यान्ड, नेपाल, भुटान, भियतनाम आदि देशमा पनि बोलिन्छन् । यस परिवारलाई विद्वान्हरूले भोट–बर्मेली र थाइ–चिनियाँ गरी दुई वर्गमा विभाजन गरेको पाइन्छ । चिनियाँ–तिब्बती परिवारको मुख्य भाषा चिनियाँ हो । यस भाषा परिवारका थाई चिनियाँ र भोट बर्मेली गरी दुई शाखा रहेका छन् । नेपालमा यस परिवारका तामाङ (मुर्मी), नेवार मगर, राई, किराँती, गुरुङ, लिम्बू, शेर्पा, चेपाङ, सुनुवार, थामी, धिमाल, जिरेल, लेप्चा, हायु आदि थुप्रै भाषा बोलिन्छन् । यस परिवारका प्रमुख भाषिक विशेषताहरू निम्नानुसार छन् ः अयोगात्मक भाषा एकाक्षरी भाषा व्याकरणको अभाव अनुनासिक ध्वनिको बाहुल्य लिपिगत एकता स्थानबाट शब्दको अर्थ निर्धारण हुने भाषा तानका माध्यमबाट अर्थभेद हुने भाषा अलग–अलग शब्दका लागि अलग–अलग चिन्ह हुने (वर्णमा अक्षर हुने) भाषा विभाषाको प्रचुरता निपातको अधिक प्रयोग (झ) अमेरिकाली भाषा परिवार अमेरिकाली भाषा परिवारका भाषाहरु अमेरिकामा बोलिन्छन् । यस भाषा परिवारअन्तर्गत अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, इटालेली पर्छन् । भौगोलिक दृष्टिले क्यानडामा प्रचलित, मेक्सिको र मध्य अमेरिकामा प्रचलित र दक्षिण अमेरिकामा प्रचलित गरी यस भाषा परिवारका तीन शाखा रहेका छन् । यसका विशेषताहरू यस प्रकार रहेका छन् ः प्रश्लिष्ट योगात्मकता शब्दद्वारा वाक्यात्मक कार्य सम्पादन स्वतन्त्र शब्दको प्रयोग निषेध (ञ) जापानी कोरियाली भाषा परिवार जापान र कोरिया आसपासाका क्षेत्रमा बोलिने भाषालाई जापानी कोरियाली भाषा परिवार भनिन्छ । यस परिवारमा जापानी र कोरियाली गरी दुई शाखा छन् । जापानी भाषा पूर्वी एसियामा करिब दुई करोडले बोल्छन् । यो जापानको राष्ट्रिय भाषा हो । त्यस्तै, कोरियाली भाषा उत्तर कोरिया र दक्षिण कोरियामा बोलिन्छ । यो सरकारी कामकाज र राष्ट्रिय भाषाका रूपमा रहेको छ । यस भाषा परिवारका विशेषताहरू निम्नलिखित छन् ः अतिह्रस्वको व्यवस्था आक्षरिक भाषा अक्षरमा समान आज्ञात लिङ्ग, वचन र पुरुषको स्पष्ट व्यवस्था अश्लिष्ट योगात्मक अनेकाक्षरी शब्द प्रयोग नामअनुसार सङ्ख्यावाचक शब्द प्रयोग

प्र. नं. २. भाषिक परिवारको सङ्क्षिप्त चिनारी दिनुहोस् ।

नेपाली भाषा भारोपेली भाषा परिवारको आर्य इरानेली शाखाबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै विकसित भाषा हो । यो विश्वकै समृद्ध भारोपेली भाषा परिवारभित्र पर्ने भाषा हो । सन् १८७० मा भाषाशास्त्री अस्कोलीले भारोपेली भाषा परिवारभित्रका भाषाहरूलाई केन्तुम र सतम गरी दुई भागमा वर्गीकरण गरेका छन् । केन्तुम वर्गअन्तर्गत केल्टेली, जर्मनेली, इटालेली, तोखारेली र ग्रिसेली शाखा पर्छन् । त्यस्तै, सतममा अल्बानियाली, आर्मेनियाली, बाल्टेली, स्लाभेली र भारत इरानेली शाखा पर्छन् । सतम वर्गभित्र पर्ने भारत इरानेली शाखाबाट इरानेली, दरद र भारतीय आर्यभाषा गरी तीन उपवर्ग छन् । नेपाली भाषा संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै नेपाली भाषाको उत्पत्ति भएको हो । प्राचीन आर्य भाषालाई वैदिक भाषा र लौकिक भाषा भनिन्थ्यो । ई.पू. १५०० शताब्दीदेखि ई.पू ६०० शताब्दीसम्मको समय वैदक संस्कृतको समय हो । वैदिक भाषामा लेखिएका ग्रन्थमध्ये ऋग्वेद सर्वप्राचीन ग्रन्थ हो । वैदक कालमै वेद, बाह्मण, आरण्यक र उपनिषद् रचिएका हुन् । वैदिक भाषापछि लौकिक भाषाको जन्म भएको हो । लौकिक भाषाकै माध्यमबाट महाभारत र रामायणजस्ता ग्रन्थ रचिएका थिए । वैदिक कालीन दुर्बोध्य भाषालाई सहजीकरण गर्ने क्रममा लौकिक भाषाको जन्म भएको हो । मध्यकालीन आर्यभाषामा पालि र प्राकृत गरी दुई भाषाको अस्तित्व थियो । प्राकृतबाट शौरसेनी, पैशाची, महाराष्ट्री, अर्धमागाधी र तिनका अपभ्रंश भाषाको विकास भयो । अपभ्रंश भाषाबाटै आधुनिक आर्यभाषाको जन्म भएको हो । आधुनिक आर्यभाषाअन्तर्गत हिन्दी, नेपाली, बङ्गाली आदि पर्छन् । नेपाली भाषा प्राकृतको कुन अपभ्रंशबाट उत्पत्ति भएको हो भन्ने सम्बन्धमा भाषाविद्बीच मतभेद रहेको पाइन्छ । रुडोल्फ होर्न नेपाली भाषाको उत्पत्तिसम्बन्धी चर्चा गर्ने पहिलो विदेशी विद्वान् हुन् । यिनले ‘गौडीय भाषाको तुलनात्मक व्याकरण’ कृतिमा आधुनिक आर्यभाषालाई पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी गौडी गरी चार भागमा बाँडेर नेपाली भाषालाई उत्तरी गौडीसँग सम्बन्धित रहेको प्रस्ट पारेका छन् । त्यस्तै, अब्राह्म ग्रियर्सनले ‘भारतीय भाषाको सर्वेक्षण’ कृतिमा नेपाली भाषाको सम्बन्ध राजस्थानीसँग रहेको उल्लेख गरेका छन् । राल्फ लिलि टर्नरले ‘नेपाली भाषाको मूल’ कृतिमा नेपाली भाषालाई हिन्दी भाषाभन्दा भिन्न र संस्कृत भाषाको भाषिकाका रूपमा चर्चा गरेका छन् । सूर्यविक्रम ज्ञवालीले ‘नेपाली भाषाको सङ्क्षिप्त इतिहास’ पुस्तकमा नेपाली भाषालाई संस्कृत भाषाबाट विकसित भएको बताएका छन् । बालकृष्ण पाखरेलले ‘राष्ट्रभाषा’ शीर्षकको पुस्तकमा नेपाली भाषाको उत्पत्ति शौरसेनी प्राकृतबाट भएको उल्लेख गरेका छन् । भाषाविद्हरूको मतलाई विश्लेषण गर्दा नेपाली भाषा संस्कृत भाषाबाट उत्पन्न खस प्राकृतअन्तर्गत खस अपभ्रंशबाट विकसित भाषा हो भन्ने निष्कर्ष प्राप्त हुन्छ । प्र. नं. ४. नेपाली भाषाका भाषिकाहरूलाई चिनाउनुहोस् । भाषाविकसितहुँदै जाने क्रममायसले ठूलो भूगोल ओगट्छ । यो समाजकाविभिन्नतहसम्म पुग्छ । यसरी भाषाको विकास प्रक्रियाकाक्रममा एउटै भाषिकाविविध रुप देखा पर्न थाल्छन् । विशेष गरी नेपालीभाषाका क्षेत्रीय, सामाजिक र प्रयोजनपरक गरी तीनकिसिमका भेदहरु रहेका छन् । बोधगम्यता, भौगोलिक दूरी, समयको अन्तरालआदिकाकारण भाषिकाहरुको जन्म हुन्छ । नेपालीभाषाकाभाषिकाहरुका सम्बन्धमाभाषाविद्हरुबीचएकमत देखिँदैन । ग्रियर्सन नेपालीभाषाकापाल्पा र दरै गरी दुई भाषिका रहेको स्विाकार्छन् भने राहुल सांस्कृत्यायनपूर्वी, केन्द्रीय, मादी र पश्चिमी गरी चारवटा भाषिका रहेको बताउँछन् । त्यस्तै चूडामणि बन्धु नेपालीभाषाकाभाषिकाहरु पूर्वी, केन्द्रीय र पश्चिमी गरी तीनवटा रहेको ठान्छन् । तर बालकृष्ण पोखरेल नेपालीभाषाका पाँचवटा भाषिकाहरु रहेको बताउँछन् । ती यस प्रकार छन् ः










(क) पुर्बेलीभाषिका पुर्बेलीभूगोल र जनसङ्ख्याका दृष्टिले सबैभन्दा ठूलो भाषिकाहो । यो पश्चिममा दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पादेखि पूर्वको मेचीहुँदै भारत, भुटान, बर्मा आदि देशमाबोलिन्छ । नेपालको वर्तमान स्तरीय या मानकभाषाको रुप यसै भाषिकाबाट विकास भएको हो । यसभाषिकाकाखसानी, पर्वती र गोर्खाली गरी तीनवटा उपभाषिकाहरु रहेका छन् ।पुर्बेलीभाषिका र मानक नेपालीभाषाबीचको तुलनात्मकअवस्थालाई यसरी प्रस्तुतगरिएको छ ः पुर्बेलीभाषिका मानक नेपालीभाषा हेर्च हेर्छ अर्नी खजा पस्सिम पश्चिम कण्डो पिठिउँ बुइनी बहिनी अम्बक अम्बा पद्दे पद्य धन्य धन्ने भैँसी भुइँसी सुपो नाङ्लो जान्च जान्छ

(अ) खसानीउपभाषिका सल्यान, रोल्पा, रुकुम, जाजरकोट, दैलेख, सुर्खेत, सिम्ता र यस आसपासका स्थानमाखसानीभाषाबोलिन्छ । यस उपभाषिकामा केन्द्रीय र पर्वतीको प्रत्यक्षप्रभाव परेको पाइन्छ । यस भाषिकाविशेषताहरु यस प्रकार छन् ः ‘ढ’ ध्वनिको ठाउँमा ‘ह्र’ध्वनिप्रयोग ‘ड’ ध्वनिको ठाउँमा ‘र’ ध्वनिमा परिवर्तन इच्छार्थको तृतीय पुरुषमा ‘ओइ’ प्रयोग ध्वनिविपर्ययको स्थिति (आ)पर्वतीउपभाषिका पर्वतीउपभाषिकाबोलिने भौगोलिक क्षेत्रअन्तर्गत धौलागिरि, लुम्बिनी र गण्डकी अञ्चल पर्छन् । यस उपभाषिकाविशेषताहरु यस प्रकार छन् ्ः कृदन्त‘ने’को ठाउँमा ‘नि’प्रयोग क्रियापदमाप्रयुक्त ‘औ’ का ठाउँमा ‘अम्’ प्रयोग अनुस्वारको ठाउँमा उँ आदेश हुने ‘छ’ ध्वनिको ठाउँमा ‘च’प्रयोग समीभवनको प्रवृत्ति आफ्नै मौलिकशब्दभएको (इ)गोर्खालीउपभाषिका गोर्खादेखि पूर्वतिर बाग्मती, नारायणी, जनकपुर, सगरमाथा, कोशी र मेचीअञ्चलमागोर्खालीउपभाषिकाबोलिन्छ । यसको विस्तार विदेशसम्मभएको छ । यस भाषिकाविशेषताहरु निम्नलिखित छन् ः स्वरमध्यगत ‘ह’लोप समीभवनको प्रवृत्ति ‘व’ध्वनि‘ओ’मापरिवर्तन ‘हरु’ध्वनिको ठाउँमा ‘एरु तथाअरु’मा परिवर्तन आफ्नै मौलिकशब्दभएको (ख) माझालीभाषिका विशेष गरी कर्णालीअञ्चलमाबोलिने भाषिका नै माझालीभाषिकाहो । यसलाई केन्द्रीयतथजुम्लीभाषिकासमेत भन्ने गरेको पाइन्छ ।यस भाषिकाकाअसिदराली, तिब्रीकोटी, हुम्ली, रास्कोटी आदिउपभाषिका छन् । माझालीभाषिका र मानक नेपालीभाषाबीचको तुलनात्मकअध्ययनलाई यस प्रकार प्रस्तुतगरिएको छ ः माझालीभाषिका मानक नेपालीभाषा चडो चरो गडो गरो हैनी स्वास्नी हासु सासू पर्ही पर्सी ल्हिनु लिस्नु हल्यान सल्यान छुई रजस्वला कुहिडो कुहिरो भ्या बिहा माझालीभाषिकाकाप्रमुखविशेषताहरु यस प्रकार छन् ः शब्दादिको ‘स’ ध्वनि‘ह’मा परिवर्तन केही र र ल ध्वनिमाविपर्यासको प्रवृत्ति ‘र’ध्वनिका ठाउँमा‘ड’ध्वनिप्रयोग स्थ, स्क, स्ट, स्त, स्प जस्ता संयुक्ताक्षर परिवर्तन आफ्नै मौलिकशब्दभएको (ग)ओरपच्छिमा भाषिका ओरपच्छिमाभाषिका मानक नेपालीभाषा तिम्मो तिम्रो एल्खै एक्लै झानो जान्छु उनुको उनको मैतुरी माइत गोसी देवर ग¥याको गरेको डोटीको चाखु¥या पर्वतदेखि पूर्वतिर बझाङ, बाजुरा र अछामा बोलिने भाषिका नै ओरपच्छिमा भाषिकाहो । यसका अछामी, बझाङी र बाजुराली गरी तीनवटा उपभाषिका रहेका छन् । यस भाषिकामामाझाली र परपच्छिामा भाषिकाको प्रभाव परेको छ । ओरपच्छिमा भाषिका र मानक नेपालीभाषाबीचको तुलनात्मकअध्ययनलाई हेरौँ ः ओरपच्छिमा भाषिकाविशेषताहरु निम्नलिखित छन् ः शब्दादिको ‘ज’ध्वनि ‘ध’मा परिवर्तन केही र र ल ध्वनिमाविपर्यासको प्रवृत्ति ‘र’ ध्वनिका ठाउँमा ‘ड’ ध्वनिप्रयोग सर्वनाममाउको प्रयोग आफ्नै मौलिकशब्दभएको (घ) मझपच्छिमा भाषिका डोटी र डडेल्धुरा मझपच्छिमा भाषिकाबोलिन्छ ।यस भाषिकालाई मध्यपश्चिमेलीभाषिकापनि भनिन्छ ।यसका डोटेली, डडेल्धुराली र डुम्राकोटी गरी तीनवटा उपभाषिका रहेका छन् । यस भाषिका केहीविशेताहरु परपच्छिमा र ओरपच्छिमा भाषिकासँग मेल खान्छ । मझपच्छिमा र मानक नेपालीभाषाबीचको तुलनालाई यस प्रकार प्रस्तुतगरिएको छ ः मझपच्छिमा मानक नेपालीभाषा उनरो उनको थ्यो थियो लगै÷ प्नि स्वानिन् आइमाईहरू धेकिबर देखेर पडन्छ पर्छ मझपच्छिमाभाषिकाकाविशेषताहरु निम्नलिखित छन् ः केही र र ल ध्वनिमाविपर्यासको प्रवृत्ति शब्दादिको ‘द’का ठाउँमा ‘त’प्रयोग क्रियाको अघि नै थपेर अकरण क्रियापदनिर्माण धातुमा संयोजित ‘एर’ प्रत्ययका ठाउँमा ‘बर’ प्रयोग आफ्नै मौलिकशब्दभएको (ङ) परपच्छिमा भाषिका परपच्छिमा भाषिकामहाकालीअञ्चलाकामल्लो, सोराड, बैतडी, दुहुँ, मार्मा, लेक जस्ता स्थानमाबोलिन्छ । यस भाषिकामाभारतमाबोलिने कुमाउभाषाको प्रत्यक्षप्रभाव रहेको छ । यस भाषिकालाई सुदूरपश्चिेलीभाषिकापनि भनिन्छ । यस भाषिका र मानक नेपालीभाषाबीचको भिन्नतालाई यसरी प्रस्तुतगरिएको छ

परपच्छिमा भाषिका मानक नेपालीभाषा नाइँथिन् छैन गद्द गर्न झानो जाँदो तम्÷तुम तिमी उनरो उनको उइको उसको सुणी सुनी थोलु ओठ परपच्छिमा भाषिकाकाविशेषताहरु निम्नलिखित छन् ः केही र र ल ध्वनिमाविपर्यासको प्रवृत्ति अधिकरण कारकाचार रुप रहेको क्रियाको अघि नाइथपेर अकरण क्रियापदनिर्माण मानवेतर नाममापनिलिङ्ग छुट्याइने आफ्नै मौलिकशब्दभएको


प्र. नं. ५. नेपालमा बोलिने प्रमुख भाषाहरूको परिचय दिनुहोस् । नेपाल बहुभाषी राष्ट्र हो । यहाँ भारोपेली, चिनियाँ तिब्बती, आग्नेली तथा द्रविडा भाषा परिवारका १२३ वटा भाषाहरु बोलिन्छ । वि. सं. २०५८ सालको जनगणनाले नेपालमा ९२ वटा भाषा बोलिने तथ्य सार्वजनिक गरेको थियो । वि. सं. २०६८ सालको जनगणनाले नेपालमा १२३ वटा भाषा बोलिने तथ्य सार्वजनिक ग¥यो । वि. सं. २०६८ को जनगणनमा उल्लिखित नेपालमा बोलिने भाषाहरू यस प्रकार छन् ः क्र. सं. भाषा जनसङ्ख्या १. नेपाली १,१८,२६,९५३ २. मैथिली ३०,९२,५३० ३. भोजपुरी १५,८४,९८५ ४. थारू १५,२९, ८७५ ५. तामाङ १३,५३,३११ ६. नेवार ८,४६,५५७ ७. मगर ७,८८,५३० ८. अवधि ५,०१,७५२ ९. वान्तवा १,३२,५८३ १०. गुरुङ ३,२५,६२२ ११. लिम्बू ३,४३,६०३ १२. बाज्जिका ७,९३,४१६ १३. उर्दू ६,९१,५४६ १४. राजवंशी १,२२,२१४ १५. शेर्पा १,१४,८३० १६. हिन्दी ७७,५६९ १७. चाम्लिङ ७६,८०० १८. सन्थाली ४९,८५८ १९. चेपाङ ४८,४७६ २०. दनुवार ४५,८२१

नेपाली नेपाली भाषा भारोपेली भाषा परिवारको सतम वर्गमा पर्ने आर्य इरानेली शाखाको भारतीय आर्यभाषा उपशाखाअन्तर्गत संस्कृत भाषाको खस प्राकृत हुँदै अपभ्रंशबाट विकसि भएको हो । नेपाली नेपालको राष्ट्रभाषा, माध्यम वा सम्पर्क भाषा तथा भारत, भुटानर बर्माको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो । यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ नेपालका करिब आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । देवनागरी लिपिमा लेखिने यो भाषामा दुई किसिमका वर्णमाला छन् । स्वर वर्णमा १२ र व्यञ्जन वर्णमा ३६ वटा वर्णहरू रहेका छन् । अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो । नेपालको कूल जनसङ््ख्याको ४४ दशमलव ६३ प्रतिशत जनताले नेपाली भाषा बोल्छन् । हाल भारत, रुस, अमेरिका, बेलायत, बेल्जियम, म्यानमार, जापान, जर्मनी आदि देशमा नेपाली भाषा बोलिन्छ । मैथिली नेपालमा बोलिने भाषाहरुमध्ये मैथिली दोस्रो ठूलो भाषा हो । यो भारतको उत्तरी बिहार र नेपालका सर्लाही, सिराहा, रौतहट, धनुषा, महोत्तरी, झापा र मोरङमा बोलिन्छ । यो संस्कृतिको मागधी प्राकृतबाट विकसित भएको भाषा हो । मैथिली भाषाको आफ्नै लिपि रहेको छ । यसको लिपिलाई मिथिलाक्षर वा तिरहुता लिपि भनिएको पाइन्छ । तर हिजोआज देवनागरी लिपिमा नै मैथिली भाषा लेखिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौं धारामा समावेश गरिएको हो । त्यस्तै, मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाका रूपमा राखिएको हो । विद्यापति मैथिली भाषाको आदिकवि हुन् । मैथिली भाषामा रेडियो तथा एफएम पनि स्थापित भएका छन् । यसकौ छुट्टै साहित्य रहेको छ । वि. सं. २०६८ जनगणनाअनुसार तीस लाख बयानब्बे हजार पाँच सय तीस जना यस भाषाका वक्ता रहेका छन् । भोजपुरी मागधी प्राकृतबाट विकसित भाषाका रूपमा भोजपुरी भाषा रहेको छ । विहारको पुरानो सहर भोजपुरमा बोलिने भएकाले यसको नाम भोजपुरी रहन गएको हो । यो भारतको विहार, वराणसी र नेपालका रौतहट, बारा, पर्सा, चितवन र रूपन्देहीमा बोलिन्छ । वि. सं. २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको ५ दशमलव ९८ प्रतिशतले भोजपुरी भाषा बोल्छन् । यस भाषामा दसौँ शताब्दीमा काव्य रचना भएको तथ्य फेला परेको छ । कुनै बेला कैथी लिपिमा लेखिने भोजपुरी भाषा वर्तमान समयमा देवनागरी लिपिमा लेखिन्छ । यस भाषाका सामाजिक र भौगोलिक भाषिकाहरू रहेका छन् । यस भाषामा प्राथमिक तहसम्मको शिक्षा बारा र पर्सा जिल्लामा सञ्चालित छ । थारू थारु समुदायमा बोलिने भाषा नै थारू भाषा हो । अंशुवर्माको समयको चापाागाउँको शिलालेखमा थारू शब्द उल्लेख भएको पाइएको हुँदा थारूहरू प्राचीन नेपालका आदिवासी भएको प्रष्ट हुन्छ । यो भाषा बंगाली भाषासँग मिल्दोजुल्दो छ । यो मागधेली प्राकृतबाट विकसित भाषा हो । मोरङ, चितवन, कपिलवस्तु, दाङ, देउखुरी, कैलाली, कञ्चनपुर, बर्दियालगायतका जिल्लामा थारू भाषा बोलिन्छ । यस भाषामा भोट बर्मेली भाषाका धेरै विशेषता मिले पनि यो भारोपेली परिवारको भाषा हो । नेपालको पश्चिममा भु(भागमा यि भाषा बाहेक पुर्बी थारु समुदाय मा चितवनिया थारू भाषा बोलिन्छ जुन पश्चिमि थारु भाषा भन्दा फरक हुन्छ। यो अन्य नेपाल मा बोलिने भाषा सङ्ग मेल खान्छ मैथिली भोजपुरी बङ्गाली आदि भाषा सङग मिल्छ । वि. सं. २०६८ सालको जनगणनाअनुसार कुल जनसङ्ख्याको ६ दशमलव ७ प्रतिशतले थारू भाषा बोल्छन् । तामाङ तामाङ जातिले बोल्ने भाषालाई तामाङ भाषा भनिन्छ । यस भाषाको मूल भौगोलिक क्षेत्रअन्तर्गत काठमाडौँ उपत्यका र यस आसपासका जिल्ला रहेका छन् । काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुली एवम् रामेछाप जिल्लामा समेत तामाङ भाषा बोलिन्छ । तामाङ भाषाका पुर्बेली र पश्चिमेली गरी दुई भाषिका रहेका छन् । यो तिब्बती लिपिमा लेखिन्थ्यो भने हाल देवनागरी लिपिमा लेखिन्छ । यस भाषामा साहित्य, चलिचित्र, पत्रपत्रिका, शब्दकोश आदि प्रकाशित छन् । वि. सं. २०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्याको ५ दशमलव १० प्रतिशतले तामाङ भाषा बोल्छन् । प्राथमिक तहसम्म तामाङ भाषामै काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चो, दोलखा र रामेछापमा पठनपाठन हुन थालेको छ । नेवारी नेवार जातिको मातृभाषाका रूपमा रहेको नेवारी भाषा जनसङ्ख्याका दृष्टिले छैटौँ ठूलो भाषा हो । काठमाडौँ उपत्यका नै मूल थलो रहेका नेवार जातिहरू पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानपछि देशका विभिन्न भागमा छरिएर बस्न थाले । यसैक्रममा नेवारी भाषा दोलखा, काभ्रे, सिन्धुली, पाल्पा आदि जिल्लामा बोलिन थालिएको हो । वि. सं. २०६८ सालको जनगणनाअनुसार कुल जनसङ्ख्याको ३ दशमलव १९ प्रतिशत जनताले नेवारी भाषा बोल्छन् । नेवारी भाषाको आफ्नै साहित्य रहेको छ । नेवारी भाषामा पत्रपत्रिकासमेत प्रकाशित भएका छन् । यसका साथसाथै एफएम र टेलिभिजनसमेत खोलिएका छन् । नेवारी भाषा रञ्जना लिपिमा लेखिन्थ्यो । हाल नेवारी भाषाका लागि देवनागरी लिपि प्रयोग गर्न थालिएको छ । यस भाषामा कक्षा १ देखि स्नातकोत्तर तहसम्मको पठनपाठन हुन्छ । बज्जिका बज्जिका मुख्यतः भारतको बिहारका चार जिल्लाहरू शिवहर, सीतामढी, मुजफ्फरपुर, वैशालीमा बोलिन्छ । नेपालको रौतहट र सर्लाही र यस आसपासका स्थानमा बज्जिका भाषा बोलिन्छ । वि. सं. २०६८ सालको जनगणनाअनुसार कुल जनसङ्ख्याको २ दशमलव ९९ प्रतिशत जनताले बज्जिका भाषा बोल्छन् । बज्जिका भाषामा पत्रपत्रिका प्रकाशनको क्रम चलिरहको छ ।

मगर मगर जातिका मानिसहरूले बोल्ने भाषालाई मगर भाषा भनिन्छ । यसलाई मगराती भाषा पनि भनिन्छ । गण्डकी क्षेत्रको तल्लो भेकतिर मगरहरूको आफ्नै स्वतन्त्र राज्य थियो । नेपालको एकीकरणपछि मगर जातिका मानिसहरू देशका विभिन्न भागमा बसोबास गर्न थाले । मगर भाषा देशका विभिन्न ठाउँमा बोलिए पनि यसको मुख्य भौगोलिक क्षेत्र भनै पाल्पा, स्याङ्जा, तनहुँ र गार्खा जिल्ला रहेको छ । यस भाषिका थुप्रै भाषिकाहरु रहेका छन् । मगर भाषामा साहित्य रहेको छ । मगर भाषाका आदिकवि जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा हुन् । यस भाषामा थुपै्र गीतहरू रेकर्ड भएका छन् । यस भाषामा कक्षा चारसम्म पठनपाठनसमेत हुन्छ । वि. स. २०६८ सालको जनगणनाअनुसार कुल जनसङ्ख्याको २ दशमलव ९७ प्रतिशतले मगर भाषा बोल्छन् । डोटेली भाषा वि. सं. २०६८ सालको जनगणनाअनुसार डोटी र डडेल्धुरामा बोलिने मझपच्छिमा भाषिकाको उपभाषिका डोटेलीले भाषाको मान्यता पाएको हो । यसको मुख्य क्षेत्र डोटी भए पनि डडेल्धुरा र यसआसपासका क्षेत्रमा समेत बोलिन्छ । यस भाषामा नेपाली, सिँजाली र कुमाउनी भाषाको प्रत्यक्ष प्रभाव रहेको पाइन्छ । वि. सं. २०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्याको २ दशमलव ९७ प्रतिशत जनताले यो भाषा बोल्छन् । भर्खर भाषाको मान्यता पाएकाले यस भाषाबारे भाषा वैज्ञानिक अध्ययन तथा अनुसन्धान हुन बाँकी छ । वक्ताका हिसाबले यो नेपालमा बोलिने नवौँ ठूलो भाषा हो ।


उर्दू उर्दू पाकिस्तानको राष्ट्र भाषा हो । यो नेपालमा बोलिने भाषाहरुमध्ये दसौँ ठूलो भाषा पनि हो । यस भाषालाई हिन्दी भाषाको शैलीगत भेदका रूपमा समेत लिइएको पाइन्छ । यस भाषामा अरबी र फारसी भाषाका शब्दको बाहुल्य रहेको पाइन्छ । साहित्यिक दृष्टिले यो निकै समृद्ध भाषा हो । नेपालमा यस भाषाका वक्ताहरू तराईका जिल्लाहरूमा रहेका छन् । वि. सं. २०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्याको २ दुशमलव ६१ प्रतिशत जनताले उर्दू भाषा बोल्छन् । हिन्दी हिन्दी भारतको राष्ट्र भाषा हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो । हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागहरूमा बोलिन्छ । सन् २६ जनवरी १९६५ मा हिन्दीलाई भारतको आधिकारिक भाषाको मान्यता दिइएको थियो । यस भाषामा पश्चिमी हिन्दी, पूर्वी हिन्दी, राजस्थानी, पहाडी र बिहारी उपभाषिका पर्छन् । वि. सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव २९ प्रतिशतले हिन्दी भाषा बोल्छन् ।

प्र. नं. ६ नेपालका संविधानहरुमा नेपालीभाषासम्बन्धीमान्यताहरुको चर्चा गर्नुहोस् । नेपालको संवैधानिकइतिहास हेर्दा नेपाल सरकार वैधानिककानुन, २००४ लाई नै पहिलो संवैधानिकव्यवस्था मान्नुपर्छ । यसपछि अन्तरिम संविधानविधान, २००७बन्यो । संविधान संशोधनतथानिर्माण गर्ने क्रम वि. सं. २०७२ सम्मचलेको पाइन्छ । वि. सं. २००४ देखि वि.सं. २०७२ सम्ममाकरिब आधादर्जन संविधानबनेका छन् ।नेपालमाहालसम्मजारी भएका संविधानहरु यस प्रकार छन् ः क्र.सं. संविधानहरु जारी वर्ष १. नेपाल सरकार वैधानिककानुन, २००४ २००४÷१०÷१३ २. अन्तरिम शासनविधान, २००७ २००७÷१२÷१९ ३. नेपालअधिराज्यको संविधान, २०१५ २०१५÷११÷०१ ४. नेपालको संविधान, २०१९ २०१९÷०९÷०१ ५. नेपालअधिराज्यको संविधान, २०४७ २०४७÷०७÷२३ ६. नेपालको अन्तरिम संविधान, २०६३ २०६३÷१०÷०१ ७. नेपालको संविधान, २०७२ २०७२÷०६÷०३ नेपाल सरकार वैधानिककानुन ः २००४ र अन्तरिम शासनविधान ः २००७मा नेपालीभाषासम्बन्धीकुनै किसिमकाव्यवस्था छैन । यीदुई विधान नेपालीभाषाको नीतिगतपक्षमामौन रहेका छन् । नेपालअधिराज्यको संविधान ः २०१५ मादेवनागरी लिपिमा नेपालीभाषा नेपालको राष्ट्रभाषा हुने भनेर उल्लेख गरिएको छ । यो संविधानले नेपालीभाषालाई प्राथमिकतादिँदै नेपालीभाषाको समेत लिपिनिर्धारण गरेको छ ।नेपालका संविधानमा नेपालीभाषासम्बन्धीव्यवस्थाहरुलाई निम्नानुसार प्रस्तुतगरिएको छ ः (क) नेपालअधिराज्यको संविधान, २०१५ देवनागरी लिपिमा नेपालीभाषा नेपालको राष्ट्रभाषा हुनेछ ।–धारा ७० (ख) नेपालको संविधान, २०१९ नेपालको राष्ट्रभाषा देवनागरी लिपिमा नेपालीभाषाहो । –भाग १, दफा ४ (ग) नेपालअधिराज्यको संविधान, २०४७ देवनागरी लिपिमा नेपालीभाषा नेपालको राष्ट्रभाषा हो । नेपालीभाषा सरकारी कामकाजको भाषाहुनेछ । –भाग १, धारा ६, दफा १ नेपालकाविभिन्नभागमामातृभाषाका रुपमाबोलिने सबै भाषाहरु नेपालका राष्ट्रिय भाषाहुन् । –भाग १, धारा १६, दफा २ प्रत्येक समुदायले बालबालिकालाई प्राथमिकतहसम्मआफ्नो मातृभाषामाशिक्षादिने गरी विद्यालय सञ्चालनगर्न पाउनेछन् । –धारा १८, उपधारा २ विभिन्नधर्म, जातजाति, सम्प्रदाय र भाषाभाषीहरुकाबीच स्वस्थएवम् सुमधुर सामाजिक सम्बन्धविकसित गरी सबैको भाषा, साहित्य, लिपि, कला र संस्कृतिको विकासद्वारा देशको सांस्कृतिकविविधताकायम राखी राष्ट्रिय एकता सुदृढ गर्ने नीति राज्यले अवलम्बनगर्नेछ । –धारा २६, उपधारा २ (घ) नेपालको अन्तरिम संविधान, २०६३ नेपालमाबोलिने सबै मातृभाषाहरु राष्ट्रभाषाहुन् । –भाग १, धारा ५, उपधारा १ देवनागरी लिपिमा नेपालीभाषा सरकारी कामकाजको भाषाहुनेछ । –भाग १, धारा ५, उपधारा २ प्रत्येक समुदायलाई कानुनमाव्यवस्थाभएबमोजिमआफ्नो मातृभाषामाआधारभूतशिक्षापाउने हकहुनेछ । –भाग ३, धारा १७, उपधारा १ नेपालमाबसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हकहुनेछ ।–भाग ४, धारा ३४, उपधारा ३ विभिन्नधर्म, संस्कृति, जाति, समुदाय, सम्प्रदाय र भाषाभाषिकाबीच समानताएवम् सहअस्तित्वकाआधारमा स्वस्थ र सुमधुर सामाजिक सम्बन्धविकसित गरी सबैको भाषा, साहित्य, लिपि, कला र संस्कृतिको विकासद्वारा देशको सांस्कृतिकविविधताकायम राखी राष्ट्रिय एकतालाई सुदृढ गर्ने नीति राज्यलअवलम्बनगर्नेछ ।–भाग ४, धारा ३४, उपधारा ३ (ङ) नेपालको संविधान ः २०७२ नेपालमाबोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् । –भाग १, धारा ६ देवनागरी लिपिमा लेखिने नेपालीभाषा नेपालको सरकारी कामकाजको भाषाहुनेछ । –भाग १, धारा ७, उपधारा १ नेपालीभाषाकाअतिरिक्तप्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यकजनताले बोल्ने एक वाएकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम सरकारी कामकाजको भाषानिर्धारण गर्न सक्नेछ । – भाग १, धारा ७, उपधारा २ भाषासम्बन्धीअन्य कुरा भाषाआयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिमहुनेछ । –भाग १, धारा ७, उपधारा ३ दृष्टिविहीन नागरिकलाई ब्रेल लिपितथाबहिरा र स्वर वाबोलाइसम्बन्धीअपाङ्गताभएकानागरिकलाई साङ्केतिकभाषाको माध्यमबाट कानुनबमोजिमनिःशुल्कशिक्षापाउने हकहुनेछ । –भाग ३, धारा ३१, उपधारा ३ नेपालमाबसोबास गर्ने प्रत्येक समुदायलाई कानुनबमोजिमआफ्नो मातृभाषामाशिक्षापाउने र त्यसकालागिविद्यालयतथा शैक्षिक संस्थाखोल्ने र सञ्चालनगर्ने हकहुनेछ । –भाग ३, धारा ३१, उपधारा ५ देशको सांस्कृतिकविविधताकायम राख्दै समानताएवम् सहअस्तित्वकाआधारमाविभिन्नजातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गरिनेछ ।–भाग ४, धारा ५१ (ग) बहुभाषिकनीतिअवलम्बनगर्ने । –भाग ४, धारा ५१ (ग) (७)

प्र. नं. ७. नेपाली भाषाको स्तरीकरणका लागि भएका प्रयासहरू सविस्तार उल्लेख गर्नुहोस् ।

भाषा समग्र मानवको सम्पत्ति हो । हरेक भाषाका क्षेत्रीय, सामाजिक, प्रकार्यपरक आदि भेद हुन्छन् । नेपाली भाषा मियोबिनाको दाइँ हुने भएकाले प्रत्येक भाषाको मानकीकरण हुनैपर्छ । मानकीकरणले भाषालाई स्थिरीकरण गरी एकरूपता कायम गर्न सहयोग गर्छ । भाषाको मानकीकरण तथा स्तरीकरण गर्दा सम्बन्धित भाषाका भेदको अध्ययन तथा विश्लेषण गरी मानक स्वरूप निर्धारण गरिन्छ । यसका लागि छनोट, परिमार्जन, संहिताकरण, निर्धारण र स्वीकरण जस्ता चरणबद्ध प्रक्रिया अवलम्बन गरिन्छ । मानकीकरणबाट भाषाको कुनै एक रूपलाई आधिकारिकता प्रदान गरिन्छ । नेपाली भाषाको स्तरीकरणका लागि व्याकरण लेखन, शब्दकोश निर्माण, पत्रपत्रिका प्रकाशन, भाषासम्बन्धी अध्ययन अनुसन्धान, पठनपाठन, भाषिक आन्दोलन, गोष्ठी तथा सेमिनार आदिको मुख्य भूमिका रहेको छ ।

(क) व्याकरण लेखन भाषिक व्यवस्थाको अध्ययन नै व्याकरण हो । यसले वर्ण, शब्द, पद, पदवाली उपवाक्य, वाक्य, अनुच्छेद, क्रिया, काल, भाव, पक्ष, वाच्य, करण, अकरण आदिको नियम प्रस्तुत गर्छ । व्याकरणले कुनै पनि भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न मद्दत गर्छ ।नेपाली भाषाको स्तरीकरणका लागि व्याकरण लेखनले महत्वपूर्ण भूमिका खेलेको छ । व्याकरणकै माध्यमबाट भाषाको संरचनात्मक पक्षको अध्ययन गर्न भाषालाई स्थिरीकरण गर्न सहयोग गर्छ । नेपाली व्याकरण लेखनमा स्वदेशी तथा विदेशी विद्वान्हरूको सक्रियता रहेको पाइन्छ । सन् १८२० मा जेए एटनको व्याकरण ‘ए ग्रामर अफ द नेपालिज ल्याङ्ग्वेज’ पहिलो नेपाली भाषाको व्याकरण मानिन्छ । सन् १८८७ मा दार्जिलिङबाट प्रकाशित फादर टर्नबुलको ‘नेपाली ग्रामर एन्ड इङ्ग्लिस–नेपाली’ दोस्रो व्याकरण पुस्तक हो । यो व्याकरण दार्जिलिङमा रहेका अङ्ग्रेज कर्मचारी र फौजका अधिकारीलाई नेपाली भाषा सिकाउन प्रकाशित गरेका थिए । यसरी विदेशी विद्वान्ले आआफ्नो उद्देश्य पूरा गर्न नेपाली भाषाको व्याकरण लेखेको पाइन्छ । जयपृथ्वीबहादुर सिंहको ‘प्राकृत व्याकरण’ नेपाली विद्वान्बाट लेखिएको पहिलो व्याकरण हो। सिंहको प्राकृत व्याकरण (सन् १९१२) मा प्रकाशित भएको हो। उनले प्रारम्भिक स्तरका नेपाली पाठ्यपुस्तकहरू यही व्याकरणका आधारमा तयार पारेका थिए। त्यस्तैपण्डित हेमराजको ‘चन्द्रिका व्याकरण’ र विश्वमणिदीक्षिताचार्यको ‘गोर्खा व्याकरण बोध’ प्रकाशित भए। चन्द्रिकाको प्रकाशनपछि नेपाली लेखन पद्धति र भाषाको स्तरीकरण र मानकीकरणका लागि यसैलाई आधार मानिन थालियो । यसलाई व्याकरणको गुरुग्रन्थ मानेर सोमनाथ सिग्द्यालको मध्य चन्द्रिका प्रकाशित भई विद्यालयस्तरमा प्रयोग गर्न थालियो । यसपछि नेपाली भाषाको व्याकरण लेखनमा बाढी नै आएको छ । केही व्याकरणकार र तिनका पुस्तकहरू निम्नानुसार रहेका छन् ः क्र. सं. लेखक कृति प्रकाशन मिति १. पारसमणि प्रधान नेपाली व्याकरण सन् १९२० २. सोमनाथ सिग्द्याल लघु चन्द्रिका सन् १९३४ ३. गोपाल पाण्डे नेपाली रचना दर्पण सन् १९३७ ४. पुष्कर शमशेर नेपाली सजिलो व्याकरण सन् १९४४ ५. ज्ञानप्रसाद शर्मा रचना सहायक सन् १९४६ ६. कृष्णप्रसाद पराजुली राम्रो रचना मीठो नेपाली सन् १९६६ ७. मोहनराज शर्मा नेपाली व्याकरण सन् १९६७


जयपृथ्वीबहादुर सिंहबाट थालनी भएको नेपाली व्याकरण लेखन परम्परामा हालसम्मै असङ्ख्य लेखकहरूको उपस्थिति रहेको छ । विद्यालय तथा उच्च शिक्षाका अनिवार्य नेपाली विषयका सहयोगी पुस्तकका रूपमा व्याकरण लेख्ने प्रचलन निकै बढ्दो अवस्था छ । व्याकरणकारले नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा अविस्मरणीय योगदान पु¥याएका छन् । (ख) शब्दकोश निर्माण शब्दकोशले शब्दको मानक वर्णविन्यास र अर्थलाई निर्धारण गरेको हुन्छ । शब्दकोशले भाषाको स्तरीकरणका लागि सहयोग गरेको हुन्छ । शब्दकोशले शब्दको वर्णविन्यास र अर्थ निर्धारण गर्दछ । वि.सं. १९९८ मा प्रकाशित चक्रपाणि चालिसेको ‘बगली कोश’लाई नेपाली भाषाको पहिलो आधुनिक शब्दकोश मानिन्छ । नेपाली भाषाका एकभाषी, द्विभाषी र बहुभाषी कोश निर्माण गर्न चलन चलिरहेको छ । नेपाली शब्दकोश निर्माण गर्ने उल्लेख्य कोशकार र तिनको कृति यस प्रकार छन् ः

क्र. सं. कोशकार कृति प्रकाशन मिति १. चक्रपाणि चालिसे बगली कोश १९९८ २. चक्रपाणि चालिसे नेपाली पर्यायवाची कोश १९९८ ३. कृष्णप्रसाद ढुङ्गाना सङ्क्षिप्त नेपाली हिन्दी कोश २०१९ ४. केशवलाल कर्माचार्य सङ्क्षिप्त नेपाली शब्दकोश २०२० ५. सानो नेपाली कोश पारसमणि प्रधान २०३९ ६. नेपाली बृहद् शब्दकोश बालकृष्ण पोखरेल र अन्य २०४० ७. नेपाली साहित्यकोश ने.रा.प्र.प्र. २०५६ ८. कानुनी शब्दकोश शङ्करकुमार श्रेष्ठ २०५६ ९. पुष्कर शमशेर अङ्ग्रेजी नेपाली कोश भाग १, २ १९९३

(ग) पत्रपत्रिका प्रकाशन नेपाली भाषामै पत्रपत्रिका प्रकाशन भएपछि नेपाली भाषाको स्तरीकरण सहयोग पुगेको छ । पत्रपत्रिका एउटै किसिमको वर्णविन्यास प्रयोग गर्दै नेपाली भाषाको मानकीकरण निर्धारण गर्न सहयोग गरेका छन् । पत्रपत्रिकाले नेपाली भाषा र व्याकरणसम्बन्धी विश्लेषणात्मक लेख प्रकाशित गरी स्तरीकरणमा मद्दत गरेको पाइन्छ । नेपाली भाषाको स्तरीकरणका लागि भारतबाट पत्रपत्रिका प्रकाशन गरी नेपाली भाषा तथा साहित्यप्रेमीले सहयोग गरेका थिए । मोतिराम भट्टको अगुवाइमा भारतको बनारसबाट वि. स.ं १९४३ मा ‘गोर्खा–भारत जीवन’ प्रकाशित भयो । मोतिरामकै सक्रिय योगदानका कारण वि.स. १९५५ मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’को प्रकाशन सुरु भयो । सुधासागरपछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । नेपालकै जेठो समाचारमूलक अखबार गोर्खापत्र वि.स. १९५८ वैशाख २४ गते सोमबारदेखि साप्ताहिक रूपमा प्रकाशित हुन थाल्यो । यसको पहिलो तालुकवाल (व्यवस्थापक) पं. नरदेव पाण्डे थिए र दोस्रो जय पृथ्वीबहादुर सिंह  । वि.स. १९९१ सालदेखि ‘शारदा’ साहित्यिक मासिक प्रकाशित भयो । यसको प्रकाशन सुब्बा ऋद्धिबहादुर मल्लले गरेका थिए । राणा सरकारकाबाट सहयोग प्राप्त भए पनि मोतिराम भट्ट, भानुभक्त आचार्य, शम्भुप्रसाद जस्ता व्यक्तित्वको राम्रो पहिचान यसै पत्रिकाबाट भएको थियो । नेपाली भाषाको स्तरीकरण र स्थिरीकरणमा सहयोग गर्ने अन्य पत्रपत्रिकामा गार्खे खबर कागज (१९५५), सुन्दरी (१९६३), माधवी (१९६५), गोर्खाली (१९७२), चन्द्रिका (१९७४), गोर्खा संसार (१९८३), कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, राजधानीलगायत दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्विमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक, वार्षिक पत्रपत्रिका रहेका छन् ।

(घ) भाषिक आन्दोलन नेपाली भाषाको स्तरीकरणका लागि बेलाबेलामा देश र देशबाहिरबाट भाषिक आन्दोलन भए । यस क्रममा राममणि आचार्य दीक्षितको नेतृत्वमा थालिएको हलन्त बहिष्कार आन्दोलन (१९६५) सुरु भयो । पण्डितको ‘चन्द्रिका’ (१९६९) व्याकरणले हलन्त बहिष्कार आन्दोलनका मान्यतालाई पूर्णतः बेवास्ता ग¥यो । चन्द्रिकाकै मान्यतालाई स्वीकार गर्दै सोमनाथ सिग्द्यालले ‘मध्यचन्द्रिका’ (१९७६)लाई प्रकाशमा ल्याए, जुन व्याकरणले लामो समयसम्म व्याकरण र हिज्जेका क्षेत्रमा मानकको स्थान ओगट्यो । ‘चन्द्रिका’ व्याकरणको पदप्रकरणको सार खिची एक–दुई शब्दको परिवर्तन गरेर नेपाली भाषा प्रकाशिनी समितिले पाँच पृष्ठको ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (१९९१) पुस्तिका प्रकाशमा ल्यायो भने मृगेन्द्र शमशेरले ‘संवत् १९९२ सालदेखि परीक्षामा यही नियमबमोजिम शुद्धाशुद्धि जाँचिनेछ’ भन्ने आदेशात्मक सूचना जारी गरे । गोपाल पाण्डे ‘असीम’ र हृदयचन्द्रसिंह प्रधानका व्याकरण र वर्णविन्याससम्बन्धी पुस्तकहरुले पनि नेपाली भाषालाई शुद्ध लेख्न निकै सघाए । झर्रोवादी आन्दोलन (२०१३) ले उठाएका विभिन्न मागहरुमध्ये आगन्तुक शब्दको वर्णविन्यास अन्य नेपाली शब्दहरुका आधारमा ढालिनुपर्छ भन्ने माग पनि एक थियो । यही मागका आधारमा आगन्तुक शब्दलाई नेपालीकरण गर्ने सोचको प्रारम्भ भयो र यसले नेपाली वर्णविन्यासका क्षेत्रमा दीर्घकालीन प्रभाव पा¥यो । (ङ) शिक्षाको विस्तार वि.सं. १९१० मा स्थापित दरबार स्कुलबाट नेपालमा औपचारिक रुपमा पठनपाठन सुरु भएको हो । नेपालमा विद्यालय स्थापना हुने क्रम चलिरहँदा देव शमशेरका पालामा स्थापित विद्यालयमा नेपाली भाषालाई माध्यम भाषाका रुपमा प्रयोग गरिएयो । यसले नेपाली भाषाको माननीकरणका लागि उल्लेख्य योगदान पु¥याएको छ । वि. सं. १९७५ मा बी. ए. तहसम्म नेपाली विषय शिक्षण गर्ने व्यवस्था मिलाइयो । यसबाट पनि नेपाली भाषाको स्तरीकरणका लागि ठूलो बल पुग्यो । यसपछि नेपालमा शिक्षा नीति तर्जुमाका लागि आयोग गठन हुन थाले । वि. सं. २०१६ सालमा त्रिवि गठनपछि उक्त विश्वविद्यालयको ऐनमा नेपाली भाषालाई शिक्षण र परीक्षणको माध्यम बनाउँदै लैजाने र १५ वर्षभित्रमा उच्च शिक्षाका सबै विषयका सबै तहमा नेपाली भाषालाई शिक्षण परीक्षणको माध्यम भाषा बनाउने नीति ल्यायो । राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८) ले प्राथमिक तहदेखि उच्च तहसम्म नेपालीलाई नै माध्यम भाषा बनाइने राष्ट्रिय नीति तर्जुमा ग¥यो । यसरी नेपाली भाषाको मानकीकरणका लागि नेपाली विषयको पठनपाठनले प्रमुख भूमिका खेलेको छ ।

मर्त्यलाेकमा जिउँदाे मान्छे, दीपक ठकुरी (एमफिल नेपाली), अध्ययनपत्र

सम्पादन गर्नुहोस्

  • ढल्के अक्षर

‘जिउँदो मान्छेको करामत’ पौराणिक लोककथा हो । यसमा जिउँदो मान्छेले यमराज र विष्णुलाई त्राहिमाम बनाएको प्रसंगसँगै मानिसको चलाखीपनलाई प्रस्तुत गर्दै मानव बुद्धिमताको प्रशंसा गाइएको छ । प्रस्तुत कथालाई लोककथाका तŒव (कथानक, पात्र, परिवेश, उद्देश्य र भाषाशैली) का आधारमा निम्नानुसार विश्लेषण गरिएको छ । मृतकहरूको न्याय हुने पौराणिक सन्दर्भबाट ‘जिउँदो मान्छेको करामत’ लोककथाको आदि भाग प्रारम्भ भएको छ । यमराजले हात्तीको सल्लाहअनुसार पृथ्वीबाट मत्र्यलोकमा जिउँदो मान्छे ल्याउने योजना बुनेसम्मका घटनाक्रम आदि भागअन्तर्गत पर्छन् । यमदूतहरूले पृथ्वीबाट जिउँदो मान्छेलाई मत्र्यलोक पु¥याउँछन् । जिउँदो मान्छेले आफू यमराजको फन्दामा परेको थाहापाएपछि अकस्मात् योजना बुनेर यमराजको सिंहासन कब्जा गर्छ । यमराज भाग्दैभाग्दै विष्णुको शरणमा पुग्छ । विष्णुले यमराजलाई सृष्टिविपरीतका कृत्य नगर्न सल्लाह दिँदै राज्यसत्ता फिर्ता गराइदिन्छन् । यी घटनावली मध्य भागअन्तर्गत पर्छन् । कथाको अन्त्य भागमा जिउँदो मान्छेलाई पृथ्वीमा पठाइएको र यमराजले राज्यसत्ता पुनः सञ्चालन गरेका घटनाक्रम छन् । प्रस्तुत कथाको कथानक विन्यासमा आदि, मध्य र अन्त्यको क्रमबद्ध व्यवस्थापन पाइन्छ । कथानक रैखिक ढाँचाको रहेको छ । विषयवस्तु र घटनाक्रमबीच अन्योन्याश्रित सम्बन्ध छ । ‘जिउँदो मान्छेको करामत’ लोककथामा जिउँदो मान्छे, यमराज, यमदूत, विष्णु, जिउँदो मान्छेका तीनछोरा, नोकर र हात्ती पात्रका रूपमा प्रस्तुत भएका छन् । कथामा जिउँदो मान्छेलाई केन्द्रबिन्दु बनाएर कथानकीय कार्यव्यापार सम्पन्न भएको छ । जिउँदो मान्छे प्रमुख पात्र हो । उसले सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गरेको छ । ऊ परिस्थितिअनुसार झट्ट निर्णय गर्न सक्छ । उसले आफूमाथि अचानक आइपरेको समस्या समाधान गर्दै मत्र्यलोकमा मानवजाति प्रशंसित हुने गतिविधि प्रस्तुत गरेको छ । लिङ्गका आधारमा ऊ पुरुष पात्र हो । उसले एक व्यक्तिको मात्र नभई समग्र मानवजातिको प्रतिनिधित्व गरेकाले ऊ वर्गीय पात्र हो । ऊ मञ्चीय, बद्ध, अनुकूल र गतिहीन पात्रका रूपमा पनि कथामा प्रस्तुत भएको छ । समग्रमा उसले एक्काइसौं शताब्दीका ज्ञान, बुद्धि र आँटले भरिएका र सर्वत्र राज गर्न सफल मानवजातिको अगुवाइ गरेको छ । यमराज, यमदूत, विष्णु र हात्ती सहायक पात्रका रूपमा उपस्थित भएका छन् । यमराज प्रतिकूल पात्रका रूपमा उभिएको छ । उसले जिउँदो मान्छेलाई मत्र्यलोक लगेर प्राकृतिक नियमविपरीत कार्य गरेको छ । उसले ‘दुःख पाइस् मङ्गल आफ्नै ढङ्गले’ भन्ने नेपाली उखान चरितार्थ गरेको छ । ऊ पुरुष, बद्ध, गतिशील र मञ्चीय पात्र हो । समग्रमा उसले मानवजातिको बुद्धि, क्षमता र चलाखीपनअघि लाचार हुन विविश अलौकिक प्राणीको प्रतिनिधित्व गरेको छ । जिउँदो मान्छेको नोकर, चण्ड, अचण्ड र प्रचण्ड गौण पात्रका रूपमा उपस्थित भएका छन् । उनीहरू कथामा सन्दर्भका रूपमा मात्र प्रस्तुत छन् । प्रस्तुत कथामा मानवीय र मानवेतर पात्रको उपस्थिति छ । कथाले मानवीय पात्रलाई केन्द्रबिन्दुमा राखेको छ । कथाको विषयवस्तु र कथानकअनुरूप पात्र चयन गरिएको छ । ‘जिउँदो मान्छेको करामत’ लोककथामा लौकिक र अलौकिक परिवेश पाइए पनि अलौकिक परिवेशको प्रधानता छ । जिउँदो मान्छेको घर र वायुमण्डल लौकिक परिवेश हो भने मत्र्यलोक र विष्णुलोक आलौकिक परिवेश हुन् । यिनलाई स्थानिक परिवेशका रूपमा पनि लिन सकिन्छ । मृतकहरूले न्यायका लागि यमराजको सिंहासनअघि खडा हुनुपर्ने पौराणिक सन्दर्भ पनि कथामा परिवेशका रूपमा प्रस्तुत भएको छ । कथामा जिउँदो मान्छे र यमराजको मनोदशलाई चित्रण गरिएको छ । अचानकमत्र्यलोकमाआफूलाई पाउँदाजिउँदो मान्छेमा देखिएकानिराशा, भय, छटपटाहटकामाध्यमबाटउसकैमनोलोक चिहाउने प्रयत्नभएको छ । त्यस्तै अकस्मात् राज्यसत्तागुम्दा यमराजमा देखिएको चिन्ता, भय र लज्जाजस्तामनोभाव प्रस्तुतभएको छ । कथाले यमराज र मान्छेको मनोलोकको सफलचित्रण गरेको छ । आपत् पर्दा यमराजविष्णुकहाँ शरणलिनगएको र आफ्नो राज्यसत्ताबचाएको सन्दर्भबाटमानवसमाजमाव्याप्तचाकरीबाटज्यानजोगाउने, जागिर खाने र शासनसत्तालम्ब्याउने प्रवृतिलाई व्यङ्ग्यगरिएको छ । यमराजले सृष्टिको नियमविपरीत जिउँदो मान्छेलाई मत्र्यलोक लग्दादुःखपाएको र राज्यसत्तागुमाउनुपरेको घटनावालीकामाध्यमबाटमानवजातिलाई प्राकृतिकनियमविपरीत कार्य गर्नुहुन्नभन्ने उपदेश दिनु नै प्रस्तुतको कथाको उद्देश्य हो । साथै कथाले मानवजातिले मत्र्यलोकमा समेत तहल्कामच्याएको सन्दर्भ प्रस्तुतगर्दै मानवजातिको महिमागाएको छ । ‘जिउँदो मान्छेको करामत’लोककथामा सरल भाषाशैलीको प्रयोग भएको छ । कथामाप्रयुक्त संवादमाकथ्यभाषाको अधिकप्रयोग भएको नमुनालाई हेरौं ः ए यमे, यमे । पख्लास् भतुवा, आज तैँले चाहिँ राम्रै चाख्ने भइस् । तेरा पिँडुलानफर्काई त कहाँछोडुँला र ? पात्रको सामाजिक भूमिकाअनुसार संवादप्रयोग भएकाछन् । संवादले लोकमाविद्यमानभाषालाई आत्मसात् गरेको छ । यसले कथामानाटकीयतापनिथपेको छ । कथामाप्रयुक्तभाषाशैलीकथावस्तु र पात्रको सामाजिक भूमिकाअनुरूप छ । ‘जिउँदो मान्छेको करामत’लोककथामान्छेको बुद्धिमताको प्रशंसा गर्न संरचितमनोरञ्जनात्मककथाहो । यस कथामाकथानक, पात्र, परिवेश, उद्देश्य र भाषाशैलीको समुचितव्यवस्थापन छ । सृष्टिको नियममिचेर कार्य गर्दा आफैं लाई हानिहुने सन्देश दिँदामानवजातिलाई असल कृत्य गर्न उत्प्रेणादिनु नै कथाको मूल स्वर हो

म नेपाली पढ्दै पढ्दिनँ – दीपक ठकुरी

सम्पादन गर्नुहोस्
चित्र:म नेपाली पढ्दै पढ्दिनँ – दीपक ठकुरी
नेपाली भाषाासम्बन्धी लेख

‘खोइ गृहकार्य ?’ ‘ग¥या छैन सर,’ निकै बेरपछि जवाफ आउँछ । ‘किन गरिनौ ?’ म रिसाएझैं गर्छु । उनको आँखामा आँसु टिलपिलाउन थाल्छ । शिर निहुरिँदै जान्छ । थरथराउँदै उनी भन्छिन्, ‘मलाई नेपाली पढ्न आउँदैन ।’ म तीन छक्क पर्छु, कक्षा नौको विद्यार्थीलाई नेपाली पढ्न नआउने खबर सुनेर । चारैतिर हेर्छु । अनि पुनः ठोक्किन्छुु उनकै अनुहारमा । भन्छु झोकिँदै, ‘तिमीलाई के चाहिँ आउँछ ?’ ‘इंग्लिस, म्याथ, साइन्स..........,’ उनी अड्कीअड्की बोल्छिन् । म नेपाली किताब उनीअघि राखिदिन्छु । उनी किताब पल्टाउँदै जान्छिन् । डा. सुधा त्रिपाठीद्वारा लिखित ‘म को हुँ ?’ शीर्षकको निबन्धमा पुग्छिन् । म उनलाई पढ्न निर्देशन दिन्छु । उनले म को हुँ ? भन्न दुई मिनेट लगाउँछिन् । ओकार, उकार आदि ठम्याउन नसकेको देखेर कक्षा हासोले भरिन्छ । म टाउकोमा हात राखेर लामो सुस्केरा हाल्छु । दिन प्रतिदिन नेपाली अक्षर पढ्न नसक्ने विद्यार्थीको संख्या थपिँदै गएको छ । यो समस्या नेपालका निजी विद्यालयमा विकराल बन्दै छ भने सामुदायिक विद्यालयमा पनि फस्ट्याउँदै छ । नेपाली विषयलाई विद्यालय तहमा अनिवार्य विषयका रूपमा शिक्षण गरिन्छ । यसले विद्यार्थीमा भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । तर पाठ्यपुस्तकको उद्देश्य पूरा हुन सकेको छैन ।

विद्यार्थी  कविता आँखा चिम्लेर वाचन गरे पनि अन्य पाठ्यांश कनीकनी पढ्छन् । भाषिक सीपमध्ये सहज रूपमा बोलाइ सीप सिक्न सकिने भएकाले साथीभाइको आवाजलाई अनुकरण गर्दै जाँदा कविता कण्ठस्थ भएको हो । विद्यालयस्तरका विद्यार्थीले बोलेको ध्यान दिएर सुन्ने हो भने अनेक गल्ती भेटिन्छन् । उनीहरू  इंग्लिस, हिन्दी र नेपालीलाई मिश्रण गरेर बोल्छन् । भाषा तŒवको नियम भताभुंग पार्छन् । लिंग भेद त अस्तित्वहीन बन्दै गएको छ, उनीहरूको बोलाइ । 

विद्यार्थीहरू लेखाइ र पढाइ सीपमा कमजोर हुँदै गएका छन् । ९–१० कक्षामा पढ्ने विद्यार्थीले आफ्नो नामसमेत शुद्धसँग लेख्न सक्दैनन् । चुट्किलाले भन्दा दोब्बर हास्न पाइन्छ, नेपाली विषयका उत्तर पुस्तिका पढ्दा । सहज रूपमा आफ्ना अभिव्यक्ति लेख्न नसक्ने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपाली समाज क्रमिक रूपमा अंग्रेजीमय बन्दै छ । अंग्रेजी भाषा जान्नु बौद्धिकताको प्रतीकका रूपमा लिइन्छ । यस किसिमको सामाजिक मनोविज्ञानबाट प्रभावित हुने अभिभावक आफैं अंग्रेजी सिक्न दिलोज्यान दिन्छन् । उनीहरू आफ्ना सन्ततिले पनि अंग्रेजीमा दक्षता (फरर अंग्रेजी बोल्नु) हासिल गरोस् भन्ने चाहन्छन् । उनीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपाली विषयको अस्तित्व नामेट पार्नतर्फ क्रियाशील हुन्छन् । उनीहरू सन्तानले एकदुई वटा अंग्रेजी शब्द बोले हसिलो अनुहार पार्छन् र सन्तानलाई भौतिक सामग्रीद्वारा पुरस्कृत गर्छन् । अभिभावकको यस किसिमको गतिविधिले बालबालिकाले नेपाली विषय मूल्यहीन भएको स्वीकार्छन् । नेपाली विषय शिक्षक नै आफ्ना सन्तानले अंग्रेजीलाई बढी समय दिएको चाहन्छन् । अभिभावकका यस किसिमका गतिविधिले बालबालिकामा नेपाली विषयप्रति नकारात्मक दृष्टिकोण विकास हुँदै गएको छ ।

नेपाली विषयप्रति नकारात्मक धारणा बनाउन निजी विद्यालयले बालबालिकालाई सहयोग गरिरहेका छन् । निजी विद्यालयले नेपाली विषयलाई कम प्राथमिकता दिएकाले विद्यार्थीमा नेपाली विषय कम मूल्यको रहेको भान हुन्छ । विद्यालय परिसरमा नेपाली शब्द बोल्ने विद्यार्थीलाई विद्यालय प्रशासन, शिक्षकशिक्षिका र विद्यार्थीले नै शारीरिक, मानसिक र आर्थिक दण्ड गर्छन् । यस किसिमको दण्डले नेपाली सिक्नु र बोल्नु गलत कार्य भएको अवधारणा कलिला बालबालिकामा विकास हुँदै जान्छ । नेपाली भाषा बोलेबापत दिइने चरम याताना कारण विद्यार्थीमा नेपाली भाषा पढ्ने, बोल्ने र सिक्ने गतिविधितर्फ खासै चासो पाइँदैन । यसकारण नेपाली विषयको शैक्षिक गुणस्तर खस्कँदै गएको छ । विद्यालय प्रशासनले नेपाली विषय शिक्षक तथा शिक्षिकालाई समेत अंग्रेजी बोल्न बाध्य पार्न थालेका छन् । प्रधानाध्यापकहरू नेपाली विषय शिक्षकशिक्षकालाई सल्लाह दिँदै भन्छन्, ‘तपाईं पनि अंग्रेजी बोल्ने कोसिस गर्नुहोस् । यो त युनिभर्सल भाषा हो ।’ जवाफ आउँछ, ‘हुन्छ सर । म ट्राइ गर्छु ।’ नजानिँदो पारामा नेपाली विषय शिक्षकशिक्षिकाले अंग्रेजी सिकिरहेका छन् । अंग्रेजी सिक्नु हुँदैन, यो नेपाली भाषाको दुस्मन हो भन्न खोजेको होइन । विद्यालय प्रशासन, शिक्षकशिक्षिका र विद्यार्थी पनि नेपाली भाषाको अस्तित्व मेट्न जानीजानी या अन्जानमा लागिरहेका छन् । विद्यार्थीहरूले नेपाली विषयप्रति वितृष्णा देखाउनुमा विज्ञान र प्रविधिको पनि ठूलो हात छ । विद्यार्थीको मनोविज्ञान बुझेर बनाइका गीत, कार्टुन, मोबाइल खेल, तस्विर आदि कि हिन्दी कि अंग्रेजी भाषामा छन् । विद्यालयस्तरका केटाकेटी खुब कार्टुन हेर्छन्, कार्टुको कथा खरर भन्छन् । कार्टुनमा झै अभिनय गर्छन् । कार्टुनका संवाद कण्ठस्थ गर्छन् । जसलाई अंग्रेजी र हिन्दी भाषाको ज्ञान कम छ, त्यसले यी भाषा सिक्ने प्रयत्न गर्छ केवल कार्टुन बुझ्नका लागि । मोबाइलमा केटाकेटीका लागि उपलब्ध खेलका एप्स पनि अंग्रेजी भाषामै छ । विद्यार्थीले जता हेरे पनि अंग्रेजी देख्छ । त्यसैले उसले अंग्रेजीलाई स्पाइडर म्यानका रूपमा स्वीकार्छ । नेपाली भाषामा मनोरञ्जनात्मक कार्टुनहरू निर्माण गर्ने हो भने पनि नेपाली भाषाप्रति प्रेमभाव अंकुरण गर्न सकिन्छ विद्यार्थीहरूमा । शिक्षण सामग्री नेपाली भाषामैत्री नभएका कारण पनि विद्यार्थीले नेपाली भाषालाई महŒवपूर्ण मान्न सकेको छैन । भाषा ज्ञानप्राप्तिको माध्यम हो भनेर सबैले बुझ्नु खाँचो छ । विशेष गरी अभिभावक भाषाबारे यस्तो धारणा बनाउनुपर्छ । किनकि घर बालबालिकाको पहिलो विद्यालय हो । घरबाटै विद्यार्थीले रीतिरिवाज, चालचलन, संस्कृति र भाषा सिकेको हुन्छ । निरक्षर अभिभावकका लागि अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरी भाषाबारे स्पष्ट पार्न सकिन्छ । अभिभावकले आफ्ना सन्ततिलाई ठीकसँग भाषा सिकाउनुपर्छ । भाषा भाषाबीच तुलना गर्नाले बालबालिकामा नकारात्मक धारणा पैदा हुन्छ । तसर्थ अभिभावकले कहिल्यै कुनै पनि भाषाको विपक्षमा अभिव्यक्ति दिनु हुँदैन । विद्यालय प्रशासनले अंग्रेजी भाषा सिकाउने नाममा नेपाली भाषालाई उपेक्षा गर्नुहुँदैन । बरु राम्रोसँग अंग्रेजी वा नेपाली बोल्न, पढ्न र लेख्न सक्ने विद्यार्थीलाई पुरस्कृत गर्नुपर्छ । उनीहरूले आफ्ना भाषा र संस्कृतिलाई माया र इज्जत गर्न सिकाउनुपर्छ । भाषा ज्ञान आर्जनको माध्यम हो भनेर विद्यार्थीमा धारणा विकास गर्नुपर्छ । शिक्षण सिकाइका क्रममा नेपाली भाषामा लेखिएका शैक्षिक सामग्री पनि प्रयोग गर्नुपर्छ । नेपाली विषय शिक्षकशिक्षिकाको पनि नेपाली भाषाको संरक्षण र सवर्धन गर्न निकै ठूलो हात हुन्छ । शिक्षण गर्दा विद्यार्थीले नबुझेमा सरल पर्यायवाची शब्द प्रयोग गरेर बुझाउने कोसिस गर्नुपर्छ । विद्यार्थीसँग बोल्दा शतप्रतिशत विशुद्ध नेपाली भाषा प्रयोग गर्नुपर्छ । यसबाट पनि विद्यार्थीले नेपाली भाषामै राम्रोसँग वार्तालाप गर्न सकिन्छ भन्ने बुझ्छन् । जबसम्म नेपाली समाजको मनोविज्ञानबाट नेपाली भाषाप्रतिको वितृष्णा हट्दैन, तबसम्म नेपाली भाषा, कला, रीतिरिवाज र धर्म संस्कृति धराशायी हुन्छ । त्यसैले हामीमा गडेर रहेको नेपाली भाषाप्रतिको नकारात्मक दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । नेपाली कला, धर्म संस्कृति, रीतिरिवाज, भाषा आदि संरक्षण गर्ने पहिलो कदम प्रत्येक अभिभावक तथा घर मूलीबाट हुनुपर्छ । यसका लागि अभिभावक तथा घरमूलीले नेपाली भाषा, रीतिरिवाज, धर्मसंस्कृति आदिबारे बालबालिकासामु सधैं सकारात्मक धारणा राख्नुपर्छ । कुनै पनि भाषा शिक्षण सिकाइको माध्यमका साथै सञ्चार विनिमयको साधन हो । नेपाली भाषामै आकर्षक र मनोरञ्जनात्मक शैक्षिक सामग्री निर्माण गर्नेतर्फ सरोकारवालाहरूले सहयोग गर्नुपर्छ । विज्ञान र प्रविधिका क्षेत्रमा आबद्ध नेपालीहरूले नेपाली भाषा विज्ञान र प्रविधिका सामग्री आविष्कार गर्न उद्यत भए नेपाली भाषामै शिशु कक्षादेखि विश्वविद्यालयस्तरको पठनपाठन सुचारु गर्न सकिन्छ ।