गाँजा बहुउपगुण करी बनस्पती
                          
                    गाँजा को इतिहास
        गाँजा लाइ मानब बिकास मा सबभन्दा पहिला प्रयोग गरिएको बिरुवा मानिन्छ । पृथ्वि मा रहेको हरेक चिज अमृत पनि हुन सक्छ बिष पनि । त्यसलाइ कसरी कुन तरिका ले प्रयोग गर्न भन्ने आफनो कुरा हो । गाँजा को आयुर्बेदिक नाउ बिजया हो । नेपाल मा दुइ थरी रैथान गाँजा पाहिन्छ । सेटिभा र इन्डिका । यसलाइ बिश्व कै उच्च गुणस्थरको गाँजा मानिन्छ । गाँजा अति उपयोगी आयुर्बेदिक औषधि अन्तर्गत पर्छ । 
      राज्य ले यसलाइ नष्ट गर्न होइन । ब्याबस्थित गरेर आय आर्जन बढाउन पर्छ । निति नियम कानुन सम्बत गाँजा लाइ नगदे बाली का रुपमा प्रयोग गरेर नेपाली को आयस्रोत बढाउन पर्छ । बैधखाना का प्रमुख बंशदिप शर्मा खरेल भन्छन् । सरकार ले पश्चिमा को दबाब मा गाँजा लाइ प्रतिबन्ध गर्यो । जसका कारण आयुर्बेदिक औषधि उत्पादन गर्न पनि गारो भएको छ । हामी ले ओैषधि बनाउन का लागी बिदेश बाट गा“जा आयत गर्न पर्न अबस्था छ । गा“जा डलर मा किनेर कौडि को भाउ मा बेचि रहेका छौ । सरकार को स्पष्ट् निति नभएका कारण । यो अबस्था आएको छ । 

चाइनिजि सर्जन ले सबभन्दा पहिला गाँजा लाइ मेडिकल एनेस्थेयिा का रुपमा प्रयोग गरेका थिए । इन्टरनेट मा सबभन्दा पहिलो अन लाइन बेचिएको चिज गाँजा नै हो ।

       गाँजा लाइ लागु औषध को रुपमा हेरिनु गलत हो डा. राम बाहादुर बोहोरा भन्नुहुन्छ । हाम्रो गाउ घर तिर भिर पाखा मा उम्रने एक प्रकार को आयुर्बेदिक बनस्पती लाइ गाँजा भनिन्छ । गाँजा स्त्रीलिङ्ग हो भने भाङ्ग चाहि पुलिङ्ग हो । यी दुइ को पराग सेचन भइ नयाँ बशं उत्पादन हुन्छ । भन्ने भनाइ आयुर्बेद बिज्ञ प्रशान्त बस्नेत ले बताउनु भयो । धार्मिक मान्यता अनुसार समुन्द्र मन्थन गर्दा अमृत निस्कियो । त्यसलाइ शुद्वि करण गर्न का निम्ति भगवान शिव ले आफनो शरिर बाट गाँजा उत्पादन गर्नु भयो । त्यहि अमृत भगवान शिव को शरिर बाट पृथ्वि मा झरेपछि गाँजा उम्रेको हो भन्ने भनाइ छ । गाँजा उत्पादन लाइ जगन्य अपराध मानीनु नेपाली परम्परा, संस्कृती, सामाजीक मान्यता तथा आयुर्बेदिक बिश्वासको बिरुद्व हो । 
                                  गाँजा को फाइदा 
         
      गाँजा लाइ बेद मा खुशि प्रदायक र मुक्तिदाता भनिएको छ । बुझने लाइ श्रीखण्ड नबुझने लाइ खुर्पा को बिड भने जस्तो गाँजा को महत्व नबुझने लाइ के भन्ने र खोइ । पश्चिमा हरु ले गाँजा को महत्व भरखर बुझदै छन् । हाम्रा पिता पुर्खा हरु ले यसको प्रयोग युगौ देखि गदै आएका हुन् । अति सर्बत्र बर्जयेत् अर्थात धेरै खायो भने असर गर्छ । हामी ले दैनिक बिहान बेलुका खाने खाना पनि चाहिने भन्दा बढि खायो भने असर गर्छ । 
      बिभिन्न देश का बिभिन्न बैज्ञानीक हरु ले । बिभिन्न अध्ययन अनुसन्धान गरेर गाँजा सेवन गर्दा स्वाथ्य मा पार्न प्रभाव बारे उल्लेख गरेका छन् । हाम्रो देश मा भने हचुवा को भर मा गाँजा को बिषय मा नानाथरी आकलन गर्न गरिएको छ । कम्ति मा बुझेर जानेर केहि सिकेर त्यसको बिरोध गर्न पाए राम्रो हुन्थियो । हाम्रो रिति रिवाज लाइ पश्चिमा हरु अनुसरण गदै आएका छन् । हामी भने पुर्खा ले गदै आएको रिति रिवाज मेटाउन तल्लिन भएका छौ । उनीहरु हाम्रो धर्म संस्कृती पढेर । त्यसको बारेमा अनुसन्धान गरेर । यो ठिक रहेछ भन्ने प्रमाण दिदै छन् । हामी भने यसलाइ कु-संमस्कार भनि रहेका छौ । 
       हाम्रा पुर्बेज ऋषि मुनी तपस्वि ज्ञानी हरु ले गा“जा सेवन किन गरे ? के त उनीहरु मा ज्ञान नै थिएन त ? हामी ज्ञानी भएका छौ । गा“जा लाइ खराब भनि रहेका छौ । त्यसको बारेमा अनुसन्धान गर्नु छैन् । 
      गा“जा आफै मा खराब चिज भने होइन । यसलाइ प्रयोग कर्ता ले कसरी प्रयोग गर्छ भन्ने हो । पहिला पहिला हाम्रो गाउ घर तिर आमा, हजुर आमा ले औषधि लाक्छ भनेर गाँजा पोको पारेर राख्नु हुन्थियो । गाइ बाख्रा ले छेर्यो भने गाँजा खान दिइन्थियो । गाँजा खुवाए पछि ठिक हुन्थियो । यस्तो औषधि लाइ किन सदुपयोग गर्न सकिएन ?
        गाँजा लाइ औषधि को रुप मा प्रयोग गर्न सकिन्छ । भनेर बिभिन्न अनुसन्धान ले देखाइ सकेको छ । अमेरिकि स्टायानफोर्ड बिश्वबिधालय का अनुसन्धान कर्ता (डा.माइकल आइजन र एन्ड्यिु सन) का अनुसार गाँजा एक महत्वपुणर् औषधि हो । गाँजा ले बिभिन्न रोग प्रतिरोधात्मक क्षमता बृदि गर्न कुरा बिभिन्न अनुसन्धान हरु ले बताउदै आएका छन् । गाँजा को सेवन गर्दा बिभिन्न प्रकार को रोग हरु जस्तै आँखा को रोग, छारे रोग, निन्द्र नलाग्ने, अलजाइमर, शरिर मा दुखाइ, अपच र क्यान्सर जस्तो प्राण घातक रोग को समेत उपचार गर्न सकिन्छ भन्ने बिज्ञहरु ले बताएको छन् । 
        जर्नल अफ सेक्सुअल मेडिसिन ले गरेको एक अध्ययन अनुसन्धान अनुसार गाँजा सेवन गर्न भन्दा गाँजा सेवन नगर्न मा सेक्सुएल पावर कम हुन्छ । भन्ने तथ्य सार्बजनीक गर्यो । २००२ देखि २०१५ सम्म गाँजा सेवन गर्न २५ देखि ४५ बर्ष उमेर समुह का ५० हजार युवा हरु लाइ गरेको अध्ययन अनुन्धान अनुसार । जसले गाँजा सेवन गर्छ । उसको दाम्पत्य जिवन खुशि र सुखि भएको तथ्य सार्बजनीक गर्यो । रक्सि र गाँजा मा । गाँजा सेवन सुरक्षित रहेको । बैज्ञानीक हरु ले प्रमाणित गरि सकेका छन् । सुर्ति र रक्सि को ओभर डोज भएर । मान्छे मरेका खबर हरु छन् । तर गाँजा सेवन गरेर । अहिले सम्म बिश्व मा कोहि मान्छे मरेको खबर छैन । त्यसैले पनि गाँजा सेवन सुरक्षित छ । 
       गाँजा बाट तेल तथा कागज पनि उत्पादन गर्न सकिन्छ । गाँजा को रेसा बाट कपडा बनाउन सकिन्छ । पात बाट प्रांगारिक मल उत्पादन गर्न सकिन्छ । गा“जा बाट झोला पनि बनाइन्छ । गाँजा को बोट भएको ठाउ अति मलीलो र माटो मा उरबर्रा शक्ति बढि हुन्छ । भन्ने तथ्य कृषि अध्ययन बाट थाहा भएको छ । गाँजा ले पर्याप्त मात्र मा अक्सिजन प्रवाह गर्छ । भन्ने तथ्य पनि सार्बजनीक भएको छ । गा“जा ले बाताबरण स्वच्छ बनाउछ । 
           सन् २०१० मा ल्यान्सेटमा प्रकाशित गरिएको लेख अनुसार चुरोट र रक्सि मा भन्दा गाँजा मा असर कम छ । रक्सि तथा अन्य लागु औषध दुरर्बेसन बाट छुटाउन । गाँजा उपयुक्त माध्यम बन्न सक्छ । एक अध्ययन अनुसार हरेक साल चुरोट सेवन बाट मात्र बिश्व मा ६ मिलिएन मानिस मर्छन् । रक्सि सेवन बाट हरेक बर्ष २.५ मिलियन भन्दा बढि ले ज्यान गुमाएका छन् । तर गाँजा सेवन ले अहिले सम्म कसैले ज्यान गुमाएको थाहा छैन् । गाँजा बाट तेल तथा कागज पनि  उत्पादन गर्न सकिन्छ । बिश्व स्वाथ्य संगठन अनुसार गाँजा मा औषधि के गुण हुन्छ । बिश्व मा करिब २.५ प्रतिसत जनसंख्या गाँजा सेवन गर्छन् । यसको प्रयोग कर्ता दिनानु दिन बढि रहेका छन् । निद्रा नलाग्ने, नाक बाट पानी बगी रहने, शिघ्र स्खलन हुने, उच्च रक्तचाप भएको लाइ समेत गाँजा उपयुक्त हुन्छ भनेर सिह दरवार बैध्यखाना को रेकर्ड ले बताएको छ । अहिले जस्तो बिरामी बिहोस बनाउने एनेथेसिया थिएन । त्यतीबेला यहि गाँजा को प्रयोग ले बिरामी बिहोस बनाउने काम गरिन्थियो । गाँजा के प्रयोग अहिले गरिएको होइन सदियौ पहिला देखि गरिएको हो । पेट दुखेको बेला मा तातो पानी मा गाँजा पकाएर खायो भने ठिक हुन्थियो । क्यान्सर जस्तो घातक रोग को दुखाइ कम गर्न का लागी पनि गाँजा प्रयोग गर्न गरेको पाहिन्छ । पराप्त मात्र मा अक्सिजन प्रावाह गर्न पनि गाँजा को खेती गरिन्छ । गाँजा खेती भएको ठाउ मा माटो को उरभरा शक्ति बढछ । गाँजा को बोट बाट लुगा समेत बनाइन्छ भने नाम्ला हरु बनाउने काम पनि भएको पाइन्छ ।  कहिलै बिसो नभएको घाउ मा गाँजा को पात को लेप बनाएर लगाइदियो भने ठिक पाथ्र्यो । खाजा को तेल ले मसाज गर्यो भने शरिर मा भएको आलस्य पन दुर भएर स्फुर्ति बढछ भन्ने भनाइ प्रचलीत छ
                      नेपाल गाँजा सेवन कहिले देखि शुरु भयो
      नेपाल मा गाँजा सेवन कहिले बाट शुरु भयो भन्ने तथ्य कसैलाइ पनि थाहा छैन् । भन्ने गरिन्छ । दोस्रो बिश्व युद्व कै समय देखि । भारत, अमेरिका तथा युरोपिएन मुलुकमा नेपाल को गाँजा स्थापित भइसकेको थियो । बिश्व मा एक नम्बर को गाँजा नेपाल मै पाइन्छ । भन्ने पनि गरेको पाइन्छ । जब दोस्रो बिश्वयुद्व को समाप्त भयो । युद्व बाट थाकेका मान्छे हरु । कसरी आरम होला भनेर खोज्न थाले । शरिर लाइ आराम को निमित्त एउटै परपार्दो साधन भनेको गाँजा देखियो ।
         हिप्पी युगको शुरु संगै । काठमाडौ मा गाँजा खान गोरा हरु आउने गर्थे । गोरा हरु गाँजा खान आउने । र यतै लठ भएर बस्ने । काम धन्दा केहि नगर्न । भएपछि अमेरिकि सरकार लाइ टाउको दुखाइको बिषय बनेको थियो । उसको उदेश्य भनेको । नेपाल मा गाँजा लाइ । जसरी भएपनि प्रतिबन्ध लगाउने ।
       असन इन्द्रचोक नया सडक मा ३०, ३५ वटा गाँजा बेच्ने पसल हरु साइन बोर्ड राखेरै खुलेका थिए । बिदेशि पर्यटक हरु । स्वतन्त्र रुपमा गाँजा खानै का लागी । नेपाल आउने गरेका थिए । भन्ने तथ्य अहिले पनि छ । बिदेशि गाँजा खान आउने भएका ले । असन इन्द्रचोक का पसल हरु मा ब्यापार पनि मनग्य हुन्थियो । गाँजा ले नेपालको राजस्वमा ठुलो हिस्सा ओगटेको थियो । भन्ने गरिन्छ । तराइ का वार, पर्सा, सिरहा, धनुषा, महोतरी तथा मध्य पश्चिमका पहाडी जिल्लामा । नगदे बालीका रुपमा गाँजा खेती गर्न गरिन्थियो । यसलाइ राम्रो तरिका ले ब्याबसायीक खेति गर्न हो । भने राम्रो आम्दानी को स्रोत बन्न सक्छ । संसार भर यसकोे महत्व निकै ठुलो छ । तर हामी ले भने यसको महत्व बुझन सकेनौ ।  गाँजा लाइ प्रतिबन्ध होइन । प्रमुख आम्दानी को स्रोत बनाउन सक्न पर्छ । बिश्व मा उन्नत गाँजा उत्पादन हुने । नेपाल मा गाँजा खेती लाइ कानुन सम्बद निति सम्बद बनाएर । बिदेश मा निर्यात गर्न सक्यो भने । राम्रो आम्दानी को स्रोत बन्न सक्छ । गाँजा भन्ने बितिक्कै । हाम्रो समाज देखि घर परिवार र राज्य समेत ले तिरस्कार गरेको देख्दा अचम्म लाग्छ । पहिला गाँजा को महत्व बुझौ । त्यसपछि त्यसको फाइदा कति छ । बेफाइदा कति छ जाचौ । अनि मात्र निचोड नकाल्दा राम्रो होला । 
                      गाँजा लाइ कहिले देखि प्रतिबन्ध लगाइयो ? 
    सरकार ले १९६१ साल मा लाग’ औषध ऐन जारी गर्यो । त्यो सगै अर्का बर्ष गाँजा उत्पादन गर्न र आयत, निर्यात गर्न का लागी दर्ता गर्न पर्न नियम बनायो । त्यसपछ दर्ता गरेरै गाँजा उत्पादन गर्न थाले । सरकार ले बनायो नियम संगै गाँजा को निर्यात ले राजस्व को ठ’लो हिस्सा ओगटेको थियो भन्ने क’रा त्यसबेला को तथ्याङ्ग ले बताउछ । 
          दोस्रो बिश्वय’द्व पछि जब आर्थीक क्रान्ति श’रु भयो । नेपाल ले पनि गाँजा लाइ आम्दानी को स्रोत बनाएको थियो । २००८ साल मा प्रत्येक जिल्लामा १० बिगाह जमिन मा गाँजा उत्पादन गर्न पाइने भनेर कृषि मन्त्रालय अन’मती दिएको दियो । 
     अमेरिका को आदेश र सय’क्त राष्ट् संग कोे दबाब मा १९७० मा नेपाल मा गाँजा लाइ प्रतिबन्ध लगाइयो । त्यसपछि यसको किनबेच सबै बन्द भयो । क’नै बेला नेपाल को गाँजा दक्षिण एसिया कै सर्ब उत्कृट मानिन्थियो । बिदेशि पर्यटक गाँजा खानै का लागी नेपाल आउने गरेको तथ्य त हामी भनि सकेका छौ । 
       गाँजा भनेको के हो ? यसको फाइदा के छ ? बेफाइदा के छ ? पहिला त्यता ध्यान दिन पर्छ ।  बैज्ञानीक हरु पनि बिभिन्न अन’सन्धान गरेर गाँजा को ग’ण का बारेमा प्रकास पारी सकेका छन् । कसैले यो लाग’ औषध हो । यसलाइ प्रतिबन्ध लगाउन पर्छ भनेर लगाउन’ सरासर गलत हो । जति बेला गाँजा लाइ प्रतिबन्ध लगाइयो ( १९७० ) त्यो बेला र अहिले को समय र परिस्थति फरक छ । त्यती बेला आबस्यक थियो होला । प्रतिबन्ध लगाइयो । अहिले समय परिस्थति फरक छ । यसलाइ प’नर बिचार गर्न पर्छ । 
    अन्तराष्ट्यि दबाब कै कारण नेपाल ले सय’क्त राष्ट् संग सिङ्गल कन्भेन्सन अन नार्केटिक्स ड्ग १९६१ क्म हस्ताक्षर गरेको छ । नार्कोटिक्स ले गाँजा लाइ पनि जोखिमप’णर् लाग’ औषध मानेका ले नेपाल ले यसलाइ प्रतिबन्ध लगाउन परेको हो । नेपाल ले लाग’ औषध नियन्त्रण ऐन २०३३ जारी गरेपछि म’ल’क भर गाँजा लाइ प्रतिबन्ध लगाइयो । अब नेपाल सरकार ले यसबारेमा बिज्ञ हरु संग सल्लाह गरेर अगी बढन’ राम्रो होला ।   
                     गाँजा लाइ क’न क’न राष्ट्ले फ’क’वा गरे   
       बिश्वमा ३० भन्दा बढि राष्ट् ले गाँजा फ’क’वा गरेका छन् । उरुग्वे पहिलो राष्ट् हो जसले गाँजा सेवन गर्न का लागी कान’नी मान्यता दिइएको छ । नेदरल्याड, स्ेपेन, दक्षिण अफ्रिका, कोलम्बिया, जस्ता देश ले गाँजा फ’क’वा गरेका छन् । अष्ट्ेलिया, अष्टिे्या, जर्मन, इजरायल ले पनि गाँजा लाइ औषधि बनाउन प्रयोग गर्र्न सकिने भनेर कान’नी मान्यता दिएको छ । अमेरिका को दबाब मा नेपाल मा गाँजा लाइ  प्रतिबन्ध लगाइयो । अहिले अमेरिका कै २२ राज्य मा गाँजा लाइ औषधि का रुपमा प्रयोग गर्न सकिने भनेर फ’क’वा गरिएको छ । नेपाल मा भने अहिले सम्म गाँजा लाइ प्रतिबन्धित लाग’ औैषध कै रुपमा उल्लेख भएको छ । नेपाल ले सय’क्त राष्ट् संग को सिङ्गल कन्भेन्सन अन नार्कोटिक्स ड्क संग हस्ताक्षर गरेको का ले सन्धि सम्जौता बिपरित जान नसकेको पनि ह’नसक्छ । नार्कोेटिक्सले गाँजा लाइ लाग’ औषध भनेर प्रतिबन्ध लगाएको छ । नेपाल सरकार ले गाँजा को बिषय मा आपनो धारण प्रष्ट राख्न पर्यो । हामी लाइ दबाब दिएर प्रतिबन्ध लगाउन लगाउने अमेरिका कै कतिपय राज्य मा गाँजा ख’ल्ला भइसक्यो । हाम्रो राष्ट् भने काहा अल्मलीएको छ थाहा छैन् ।
                         रक्सि र गाँजा मा फरक 
      रक्सि तथा गाँजा द’बै नसाल’ पदार्थ ह’न् । स्वाथ्य का लागी द’बै हानीकारक छन् ।

सरकारले किन गाँजा लाइ प्रतिबन्ध लगायो ? रक्सि लाइ चाहि ख’ल्लम ख’ल्ला बेचबिखान गर्न छाडिदियो । बिश्व इतिहास को तथाङ्ग नै केलाउने हो भने । रक्सि खाएर प्रति बर्ष २.५ मिलियन मान्छे मरेको तथाङ्ग छ । तर गाँजा खाएर अहिले सम्म एकजना मान्छे मरेको पनि तथाङ्ग छैन् । यसके मतलब के त ? स्वाथ्य का लागी गाँजा राम्रो रहेछ कि रक्सि । बिज्ञ हरु को भनाइ सुन्ने मात्र होे भने पनि रक्सि ले मान्छे मा तनाब सृजना गराउछ । तर गाँजा ले मान्छे मा सालीनता उत्पन्न गराउछ । टोल छर छिमेक जाहा झगडा परेको हुन्छ । त्यहा रक्सि सेवन गरेरै झगडा परेको हुन्छ । गाँजा खाएर कहि झगडा परेको थाहा छैनन् । लागु औषध र डिप्रेसन जस्ता अति घातक रोग लाइ नियन्त्रण गर्न गाँजा उपयुक्त हो । भन्ने कुरा कतिपय मनोचिकित्सक ले बताएका छन् । रक्सि हानीकारक छ । त्यै पनि खुल्लम खुल्ला बिक्रि बितरण गरिन्छ । तर गा“जा के फाइदै फाइदा छ । त्यै पनि प्रतिबन्द लगाइएको छ ।

                      अन्तयमा 
       हरेक देश को आर्थीक पाटो आ आफनो हुनसक्छ । नेपाल  सरकार ले पनि गाँजा लाइ नियम संगत तरिका ले उत्पादन गर्न दिन पर्छ । दर्ता गरेरै गाँजा खेती गर्न दियो भने यसले आम्दानी के स्रोत बढाउछ । नगदे बाली का रुपमा गाँजा खेती लाइ सरकार ले प्रोत्सान गर्न पर्छ । गाँजा खेति गर्न देखि बिक्रि बितरण गर्न सम्मको निति नियम बनाएर । यसलाइ बिदेश निर्यात गर्न सक्यो भने आम्दानी को स्रोत राम्रो बन्न सक्ला । यसले रोजगारी बढाउछ । सरकार ले प्रतिबन्ध लगाउदा झन यसले नकरात्मक असर गरिरहेको छ । सरकारले प्रतिबन्ध लगाए पनि खाने ले खान छोडेका छैनन् । दिनप्रदिन खाने को संख्या बढि रहेको छ । बरु यसलाइ ब्याबस्थित गर्न सक्यो भने राम्रो हुन्छ होला । एक समय यस्तो पनि थियो । देश को प्रमुख आम्दानी को स्रोत भनेकै गाँजा थियो । गाँजा निर्यात ले राजस्व बढाएको थियो । पर्यटक लाइ भित्राउने यो एउटा राम्रो माध्यम पनि बन्न सक्छ होला । बिदेशि पर्यटक हरु भित्रे भने । होेटल ब्याबसाय देखि लिएर ट्भल लाइन समेत राम्रो हुन्छ । युवा देखी बृद्व सम्म ले कम मेहनत मा गर्न सक्ने गाँजा खेति का बारेमा सरकार ले चाडो सोचोस । आफनै देश मा रोजगारी को सृजना गर्न अनेक ठाउ हुदा हुदैे सरकार कता अल्मलीएको छ थाहा छैन् । गा“जा खेति गर्न का लागी मलिलो माटो चाहिदैन । खन जोत गरेर मल हाल्न पनि पदैन । र मेहेनत पनि त्यति सारो पदैन । हाम्रो गाउ घर तिर भिर पाखो मै गा“जा  उम्रिन्छ र सप्रन्छ पनि ।

अस्तु- सर्ब भबन्तु सुखिनामं सर्ब सन्तु निरामय सर्बे भद्राणि पस्यंन्तु माहा कस्संप दुःख भाव भवे । ॐ शान्ति,शान्ति,शान्ति ।

पुरुषोत्तम घिमिरे जोरपाटि काठमाडौ नजष्mष्चभउगचग२नmबष्।िअयm

यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्