विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, पर्वत भट्टराईज्यू
हालसम्म नेपाली विकिपिडियामा ३१,४०२ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १४:३१, ३ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

पर्वत भट्टराई सम्पादन गर्नुहोस्

पर्वत भट्टराईको जन्म वि.सं. २०२० सालमा खोटाङमा भएको थियो। उनी पेशाले निजामती कर्मचारीको रूपमा मत्स्य विज्ञ हुन् भने साहित्य क्षेत्रमा पनि लामो समयदेखि सकृय छन्। साहित्यमा उनले पर्वत श्रृङ्खला, पर्वत शर्मा र पर्वत भट्टराई जस्ता नाममा अनेक सिर्जना गर्दै आएका छन्। कविता, निवन्ध र लेखहरू लेख्दै आएका भट्टराई मुलरूपमा दर्शनशास्त्रको विद्धार्थी भएकोले पछिल्लो समय उनी दर्शनशास्त्रका बारेमा लेख्दै आएका छन्। उनले भगवती माद्यमिक विद्यालय खोटाङबजारबाट प्रवेशिका गर्दै त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकतह र नेपालको इतिहासमा स्नातकोत्तरतह सम्मको अध्ययन पूरा गरेका छन्। निजामती सेवामा रही नेपाल सरकार, कृषि विकास मन्त्रालयको मत्स्य विकास अधिकृत भएर सो क्षेत्रमा विज्ञता हासिल गरेका छन्। उनले केन्द्रीय मत्स्य ह्याचरी, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलशय मत्स्य विकास कार्यक्रम, विकास निर्देशनालय र केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रमा मत्स्य विकास अधिकृत पदमा काम गरेर सो क्षेत्रमा योगदान पनि गरेका छन्। उनले मत्स्यपालन सम्भाब्यता अध्ययन, परियोजना निर्माण, मत्स्यपालन सम्बन्धी तालिम, प्राविधिक सेवाटेवा, माछाको सङ्कलन, पहिचान र जैविक विविधताको अध्ययनको काम गरेका छन्। भारत र श्रीलङ्काका प्रमुख मत्स्यपालन क्षेत्रहरुको दुई पटक अवलोकन भ्रमण समेत गरेका भट्टराईले नेपालका छैसठ्ठी जिल्लाको भ्रमण समेत गरेर ज्ञान हासिल गरेका छन्। उनको " रेन्बो ट्राउट माछा उत्पादन प्रविधि " नामक कृति प्रकाशित भएको छ। मदनमणी दिक्षित सम्पादित समिक्षा साप्ताहिकमा " नछेक निरन्तरतालाई " शिर्षकको पहिलो कविता प्रकाशित भए पछि फुटकर रूपमा कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोष्ट, मधुपर्क, राजधानी दैनिक, जुरमुर, उपासना, खोटाङ, साप्सुका सुसेली, लहर, मिर्मिरे, मुक्ति शन्देस, विचार, मातृभूमी, प्रकाश र अनेक साहित्यिक पत्रिकामा दर्शनशास्त्र विषयक लेख र कविताहरू प्रकाशित छन् भने लोकसम्वाद डट कम www.loksambad.com अनलाइन र दर्शन दृष्टि नामक त्रैमासिक पत्रिकामा दर्शनशास्त्रको स्तम्भकारको रूपमा लेख्दै पनि आएका छन्। हाल उनको एक उपन्यास, एक दर्शन सम्बन्धी पुस्तक, एक कविता संग्रह र एक माछा पालन सम्बन्धी अनुसन्धानमुलक पुस्तक प्रकाशनको तयारीमा छन्

लेखनमा उनी दर्शनशास्त्रमा केन्द्रित छन् र त्यस विषयका उनी निकै जानकार पनि मानिन्छन्।

पेशागत क्षेत्रभन्दा बाहिर उनी नेपाल दर्शनशास्त्र मञ्चको उपाध्यक्ष, खोटाङ सेवा समाजको पूर्व उपाध्यक्ष, सचेत नेपाल नामक सामाजिक संस्थाको अध्यक्ष तथा दर्शनशास्त्रको क्षेत्रमा क्रियासील संघ संस्थाहरुमा आबद्ध र सक्रिय पनि छन्। उनले दर्शन,  इतिहास,  संस्कृति, मत्स्यपालन, मनोरन्जन र अन्य विधाका लेख रचनाहरू प्रकाशित गर्दै आएका छन्। 202.51.80.140 (कुरा गर्नुहोस्) १४:२१, ९ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

धन्यवाद पर्वत भट्टराई (कुरा गर्नुहोस्) १२:०२, १७ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
मेरो छोटो परिचय
नाम: पर्वत राज भट्टराई
साहित्यमा प्रयोग गर्ने नामः पर्वत श्रृङ्खला र पर्वत भट्टराई
जन्म मितिः १० मार्च १९६३/ वि.सं. 2019/11/26
लिङ्गः पुरुष, राष्ट्रियताः नेपाली
स्थायी ठेगानाः साविक खोटाङबजार – ६, हाल खोटेहाङ – ७, खोटाङबजार
जिल्लाः खोटाङ, प्रदेशः एक
सम्पर्कफोनः ९८४१३७७८७६
सम्पर्क ठेगानाः तारकेश्वर नगरपालिका, वडा नं. ८, काठमाडौं, शिवमन्दिर
विद्युतीय हुलाकः parbat.bhatta@gmail.com
फेशबुक पेजः Parbat Bhattarai
वैवाहिक स्थिति: विवाहित
शैक्षिक योग्यता
प्रवेशिका तहः भगवती मा.वि. खोटाङबजार, सन् १९७९, विज्ञान, कृषि, गणित
प्रमाणपत्र तहः त्रिभुवन विश्वविद्यालय नेपाल, सन् १९८९, मानविकी तथा समाज विज्ञान (इतिहास, संस्कृति)
स्नातक तहः त्रिभुवन विश्वविद्यालय नेपाल, सन् १९९२, मानविकी तथा समाजशास्त्र (दर्शनशास्त्र र संस्कृति)
स्नातकोत्तर तहः त्रिभुवन विश्वविद्यालय, नेपाल, सन् २००२, नेपालको इतिहास पर्वत भट्टराई (कुरा गर्नुहोस्) १४:५१, २३ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
[१]https://www.loksambad.com पर्वत भट्टराई (कुरा गर्नुहोस्) ११:५१, २४ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
[२]https://annapurnapost.com पर्वत भट्टराई (कुरा गर्नुहोस्) ११:५४, २४ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्