१.संघीय शासन प्रणाली लाई परिभाषित गर्दै यसका सबल र दुर्बल पक्षहरू लेख्नुहोस्। लेखक :- देबराज जैशि भट्टराई अछाम कमल बजार नगरपालिका 04 चाल्सा संघीय शासन प्रणाली:

सार्वभौमसत्ता कम्तिमा दुई तहका सरकार बीचमा विभाजन गरी शासन संचालन गरिने राज्यसंरचनाको स्वरुप संघीयता हो । संघीयता Self Rule र Shared Rule को समष्टि हो। संघीय शासन प्रणाली भनेको केन्द्रमा रहेको शक्तिलाई स-साना संघीय इकाईहरुमा निकायहरूमा बाँडफाँड गरी समन्वयात्मक ढंगबाट शासन संचालन गर्ने परिपाटी हो। राज्यको सार्वभौमसत्ता र राजकीयसत्तालाई व्यवस्था अनुसार केन्द्रीय सरकार, प्रान्तीय सरकार तथा स्थानीय सरकारमा विभाजन गर्ने गरी सञ्चालनमा ल्याइने शासन प्रणालीलाई नै संघीय शासन प्रणाली भनिन्छ। संघीय शासन प्रणाली मा शक्ति र अधिकारको बाँडफाँडको प्रबन्ध संविधान द्वारा नै स्पष्ट रुपमा गरिएको हुन्छ । संघीय शासन प्रणालीमा केन्द्रीयतथा प्रान्तीय दुवै निकायहरूमा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको व्यवस्था गरिएको हुन्छ। संघीय शासन प्रणालीका सबल पक्षहरू

संघीय संरचनामा शासन प्रणालीमा सबै वर्ग, क्षेत्र, लिंग तथा समुदाय को प्रतिनिधित्वलाई सुनिश्चित गरिएको हुन्छ । विविधता व्यवस्थापनका लागि यो शासन प्रणाली सबैभन्दा उपयुक्त हुन्छ। यसका सबल पक्षलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ :

शासनमा जनतालाई अधिकाधिक मात्रामा सहभागी गराउन सकिने, राष्ट्र विकासको गतिलाई तीव्रता दिन सकिने, राष्ट्रिय एकताको भावना मजबुत गर्दा राष्ट्र प्रेममा अभिवृद्धि हुने, स्थानीय स्वायत्तता लाई मूर्त रुप दिन सकिने, स्थानीय इच्छा आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न सहज हुने, Less Governance को सिद्धान्त लाई व्यवहार मा लागू गर्न सकिने, सबै जात जाति, भाषा भाषी, धर्मावलम्बी, संस्कृतिको जर्गेना र संवर्द्धन गर्न सम्भव हुने। संघीय शासन प्रणाली का दुर्लभ पक्षहरू :

संघीय शासन प्रणालीका माथि उल्लेखित विभिन्न सबल पक्षहरू हुँदा हुँदै पनि यसका केहि दुर्बलपक्षहरू पनि रहेका छन्, जसलाई देहाय बमोजिम उल्लेख गरिएको छ :

संघ र प्रदेश सरकार हरु बीच मतभेद हुनसक्ने, समन्वयात्मक कार्य प्रणाली अवरुद्ध हुन सक्ने, राष्ट्र विखण्डन हुन सक्ने सम्भावना, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न कठिनाई पर्ने, शासन प्रणाली अत्यन्त खर्चिलो र बोझिलो हुन सक्ने, अधिकार क्षेत्रको सम्बन्धमा विवाद उत्पन्न हुन सक्ने, स्रोत साधनमा कमजोर भएका प्रदेश र स्थानीय सरक