टेकनाथ दहाल समकालीन लेखक हुन् । वि. सं. २०३९ वैशाख ३१ गते नुवाकाेट जिल्ला साविक जिलिङ गाविस वडा नं. १ दहालथाेकमा माता नानीमैया तथा पिता हरिप्रसाद दहालका कान्छा छाेराकाे रूपमा उनकाे जन्म भएकाे थियाे । २०५५ सालबाट साहित्यिक लेखनमा सक्रिय दहालकाे पहिलाे प्रकाशित रचना कविता हाे । वि.सं. २०५९ सालमा न्याय दर्शनमा शास्त्री तथा २०६२ सालमा नेपाली साहित्यमा स्नातकाेत्तर(एमए) गरेका दहालले एक वर्षे बिएडसमेत गरेका छन् । नेपाली भाषाकाे अध्ययनमा दखल राख्ने दहाल कुशल समालाेचक तथा सर्जक पनि हुन् । उनका पुष्पाञ्जली (२०६९) कथा सङ्ग्रह तथा विवर्तन(२०७७) उपन्यास प्रकाशित छ । पाठ्यपुस्तक लेखनमा पनि उनकाे सक्रियता रहेकाे छ । आधा दर्जन पाठ्यपुस्तकमा सहलेखन गरेका दहालले आधारभूत र माध्यमिक तहका विद्यार्थीका लागि छुट्टा छुट्टै निबन्ध सङ्ग्रह प्रकाशित गराएका छन् । हाल उनी नेपाल संस्कृत विश्वविद्यालयमा उपप्राध्यापक तहमा कार्यरत छन् ।